धान खेतमा अभ्यास गरेर उपाधि विजेता
२४ मंसिर २०७९
•
३ मिनेट पाठ
धान खेतमा अभ्यास गरेर उपाधि विजेता
तस्बिरः २०औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधीको विजेता सारदा मावि।
सदरमुकाम सम्पन्न २०औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक सदरमुकाम बाहिरको विद्यालयले जितेको छ। शनिबार सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको प्रतियोगितामा प्रकाश माविलाई १–२ गोलले हराउँदै पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, छिस्वाङस्थित सारदा माविले गौमति विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको उपाधि चुमेको छ। 




१ गोलले अग्रता लिएको प्रकाश माविलाई रोक्दै सारदा माविले लगातार दुई गोल प्रहार गरेको थियो। प्रकाश माविका रिजन पुनले खेल सुरू भएको २० मिनेटमा गोल गदैं खेलमा अग्रताको अवस्थामा ६५ मिनेटमा सारदा माविका रुपक बुढाथोकीले बराबरी बनाएका थिए। दुवै गोल डेरीया र डेरीया नजिकबाट प्रहार गरिएको थियो। खेलको अन्तिम समयमा सारदाका निर्मल रोकाले थप १ गोल गर्दै उपाधि जिताउन सफल भएका थिए। 

खेल अवधिभर प्रकाश माविका खेलाडी आक्रमण देखिएपनि सारदाका खेलाडीले रणनीति बनाउँदै खेलेका थिए। यसै शैक्षिक सत्रदेखि कक्षा १० को पठनपाठन सुरु गरेको शारदाले सहभागिता जनाको दोस्रो प्रयासमै यसअघि ५ पटक जेसीजकप जितेको प्रकाश माविलाई हराउन सफल भएको छ। जेसीज कपमा दोस्रो पटक सहभागी भएको सारदा मावि १९ औ जेसीज कपमा समूह चरणबाटै बाहिरिएको थियो। समुदाय स्तरबाट चन्दा संकलन गरेर मावि तह सञ्चालन गरिएको शारदा माविका प्रअ खगेन्द्र सापकोटाले साँघुरो खेलमैदानमा गरेको अभ्यासका बाबजुद विद्यार्थी र प्रशिक्षकको नतिजाले उत्साही बनाएको बताए। ‘खेलाडीलाई न्यूनतम आधारभूत आवश्यकता समेत पूरा गर्न सकेका छैनौ,‘धान खेतको गहमा अभ्यास गरेर प्रतियोगितामा सहभागी भएका थिए’  प्रअ खत्रीले भने।  प्रतियोगितामा उपाधिका दाबेदार मानिएका विद्यालयलाई पन्छाउँदै खेलमा सहभागी भएको सारदाका खेलाडीलाई नयाँ र अनुभवको कम मानेर विपक्षीले कमजोरी सम्झिएको अवस्थामा उपाधि नै बोकेर विद्यालय फर्किएका छन्। 

विद्यालयमा नियमित अभ्यासको अभाव, अनुभवी खेल शिक्षकको कमी, फुटबल सम्बन्धी न्यूनतम ज्ञान समेत नभएको अवस्थामा विद्यार्थीले आफ्नै तरिकाले विभिन्न माध्यमबाट खेल अभ्यास सिक्दै प्रतियोगितामा सहभागी भएका थिए। विजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु। ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु। ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिएको म्याग्दी जेसिजका अध्यक्ष सन्दीप खत्रीले बताए। शारदा माविका सिमन सिउथानी उत्कृष्ट खेलाडी र देवेन्द्र पुर्जा उत्कृष्ट गोलरक्षको उपाधि पाएका थिए। प्रकाश माविका सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर, रिजन पुनले सर्वाधिक गोलकर्ता र मिडफिल्डर तथा सुमन पुनले उत्कृष्ट डिफेण्डरको उपाधि पाए। केवी एकेडेमी दरवाङका दीक्षित पुनले राईजिङ प्लेयर र बालमन्दिर आधारभूतकी बिर्सना चोखालले उत्कृष्ट कोचको उपाधि पाइन्। विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही नगद दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक दिनेश बानियाँले बताए। अनुसाशाषित टिम घोषित केवी एकेडेमी दरवाङलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार दिइएको थियो। सेमी फाइनलबाट बाहिरिएका बेनी सामुदायिक र किसानी चन्द्रकुन्ता मावि धारापानीले पाँच÷पाँच हजार रुपैयाँ पाएका छन्। सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डरलाई पुरस्कृत गरिएको थियो। फाइनल खेल अघि बैंकर्स संघ र जेसीजका पदाधीकारीहरुबीच मैत्रीपूर्ण फुटबल भएको थियो। 

बुधवारदेखि सुरु भएको प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए। म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको थियो।  यसअघि प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन्।घरेलु मैदान, नियमित अभ्यास र व्यवसायी खेलाडीहरूसंग समेत खेलमा सहभागी हुने सदरमुकाम बेनीका निजी विद्यालय यसपटक सेमिफाइनलमा प्रवेश नै नगरी बाहिरिएका थिए। जेसीज कपको इतिहारमा पहिलो पटक निजी विद्यालय क्वाटरफाइनलबाटै बाहिरिएको अवस्थामा सामुदायिक विद्यालयहरु सेमि र फाइनलमा भिडेका थिए।  
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
४ मिनेट अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस