कार्बनकाे सहज व्यापार गर्न बाटाे खुला
१७ मंसिर २०८२
•
५ मिनेट पाठ
कार्बनकाे सहज व्यापार गर्न बाटाे खुला
नेपालमा कार्बन उत्सर्जन घटाउन योगदान दिने परियोजनामार्फत यसको व्यापार गरी प्रत्यक्ष आम्दानी गर्ने बाटो खुलेको छ। चार वर्षदेखि स्थगनमा रहेको कार्बन व्यापार नियामवली–२०८२ लाई मन्त्रिपरिषद्ले सोमबार अनुमोदन गरेपछि बिनाझन्झट कार्बन व्यापारबाट प्रत्यक्ष आम्दानी गर्ने ढोका खुलेको हो।




सम्बद्ध अधिकारीका अनुसार कार्बन व्यापार नियमन र प्रोत्साहन गर्ने उद्देश्यले बनेको नियमावलीले कार्बन कारोबारमा व्यावसायिक निकाय अथवा निजी क्षेत्रको सहभागितलाई सुनिश्चित गरेको छ। स्वच्छ ऊर्जा कार्यक्रम र रेड प्लस कार्यक्रमअन्तर्गत कार्बन उत्सर्जन कटौती परियोजनामार्फत नेपालले हालसम्म झन्डै साढे ५ अर्ब रुपैयाँ (४ करोड अमेरिकी डलर) भित्र्याइसकेको छ। यसअघि हरेक कार्बन व्यापारसँग सम्बद्ध परियोजनालाई मन्त्रिपरिषद्ले छुट्टाछुट्टै अनुमोदन गर्ने झन्झटिलो व्यवस्था थियो।

मन्त्रिपरिषदले स्वीकृत गरेको उक्त दस्ताबेजअन्तर्गत सरकारी निकाय, सरकारी स्वामित्वमा भएका संघसस्था, व्यावसायिक निकाय तथा निजी क्षेत्रले कार्बन कटौती गर्ने दिशामा निश्चित प्रक्रिया पुर्‍याएर प्रस्तुत गरेका परियोजनालाई व्यावसायिक कारोबार गर्न अनुमति दिइनेछ। परियोजना प्रस्तावक निकाय अथवा संस्थाले सिधै तेस्रो पक्षसँग सम्झौता गरेर कार्बन व्यापार गर्न सक्नेछन्। सरकारले यसमा सहजीकरण गर्नेछ।

वातावरण संरक्षण ऐन, २०७६ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी बनाइएको उक्त नियमावली सरकारको गजेटमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ।

यो समग्र प्रक्रियाको सुरुमा प्रस्तावकले कृषि, वन तथा अन्य भूउपयोग, ऊर्जा सदुपयोग तथा दक्षता अभिवृद्धि, स्वच्छ उर्जा रूपान्तरण, नवीकरणीय ऊर्जा विकास, यातायात क्षेत्र, फोहोरमैला व्यवस्थापन तथा अनुकूलन र उत्थानशील लाभ हुने जस्ता क्षेत्रमा हरितगृह ग्यासको उत्सर्जन घटाउने वा वायुमण्डलमा भएको कार्बन अवशोषण बढाउने प्रक्रिया वा क्रियाकलापसहित आयोजना अवधारणापत्र (प्रोजेक्ट आइडिया नोट) प्रस्तुत गर्नेछन्।

परियोजना कार्यान्वयन हुने स्थानीय तहलाई व्यवस्थापन एकाइ मानेर बनाइने यो प्रारम्भिक दस्तावेजलाई वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिनेछ। त्यसपछि प्रस्तावकले विस्तृत परियोजना डिजाइन डकुमेन्ट मार्फत कार्बन मापन, रिपोर्टिङ, अनुगमन तथा प्रमाणीकरणको प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेछ। भेरा, एआरट्रिज, गोल्ड स्टान्डर्ड जस्ता अन्तर्राष्ट्रिय मापदण्डअनुरुप कार्बन उत्सर्जन कटौती साँच्चै भएको हो वा होइन भनेर तेस्रो पक्षबाट मूल्याँकन भइसकेपछि प्राप्त प्रमाणपत्र लिएर प्रस्तावक निकाय पुनः वन तथा वातावरण मन्त्रालयमा पुग्नेछ र उसले दस्तावेजमा उल्लेख भएअनुरुप प्रतिटन कार्बन क्रेडिटका लागि एक सय रुपैयाँ सरकारलाई बुझाउनुपर्नेछ।

यो प्रक्रिया पूरा गरेपछि मन्त्रालयले उक्त संस्थालाई आधिकारिक प्रमाणपत्र दिनेछ। यसैगरी मन्त्रालय वा मन्त्रालयले तोकेको निकायले कार्बन व्यापारलाई व्यवस्थित रूपले अभिलेख राख्न राष्ट्रिय कार्बन रजिस्ट्री बनाउनुपर्ने व्यवस्था नियमावलीमा छ। राष्ट्रिय कार्बन रजिस्ट्रीको व्यवस्था नभएसम्मका लागि कार्बन क्रेडिट र कार्बन क्रेडिटको बिक्री र स्थानान्तरणको अभिलेख राख्न मन्त्रालयले पेरिस सम्झौता वा सो सम्झौताअन्तर्गतका संयन्त्रले नेपाललाई उपलब्ध गराएको अन्तर्राष्ट्रिय रजिस्ट्रीको प्रयोग गर्न सक्नेछ।

यसरी नियम अनुसार प्रतिटन कार्बन उत्सर्जन कटौती र आयोजना दस्तुर जस्ता नेपाल सरकारको कोषमा दाखिला गर्नुपर्ने रकमबाहेक प्रस्तावक निकायले कार्बन व्यापारमा सम्झौता गर्ने अर्काे पक्षबाट आम्दानी गर्न सक्नेछ। यसबाट एकातिर जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार मानिने कार्बन उत्सर्जन कटौती भई वातावरण स्वच्छ हुनेछ भने अर्काेतिर यो कार्य गरेवापत आम्दानीको बाटो खुल्ने छ। नेपाल सरकार र कार्बन क्रेडिट खरिद गर्ने विदेशी सरकारबिच भएको कार्बन व्यापार सम्झौतामा कार्बन क्रेडिटको मूल्य निर्धारण भएकोमा कार्बन क्रेडिटको मूल्य सोही सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ।

नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहअन्तर्गतका वा तिनीहरूको स्वामित्वमा रहेका सरकारी संस्था वा निकाय वा गैरसरकारी संस्था वा निजी क्षेत्रले ज्ञानको हस्तान्तरण, प्रविधिको विकास तथा हस्तान्तरण र स्थानीय जनताको क्षमताको विकास गर्न सामुदायिक लाभ र वातावरण संरक्षणको उद्देश्य लिई गैरबजारमुखी कार्बन व्यापार आयोजना विकास गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था नियमावलीमा छ।

यो नियमावली कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालय ‘निर्धारित राष्ट्रिय निकाय’ रहनेछ । मन्त्रालयका सचिवको नेतृत्वमा निर्देशक समिति, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको नेतृतवमा कार्बन व्यापार व्यवस्थापन समिति गठन हुनेछन्।

‘यो नियमावली कार्बन व्यापारका लागि कोसेढुंगा हो’, रेड कार्यान्वयन केन्द्रका प्रमुख तथा वन मन्त्रालयका सहसचिव नवराज पुडासैनीले भने। उनले यो नियमालीमार्फत नेपाल पक्ष राष्ट्र भएको पेरिस सम्झौताको धारा ६.२, ६.४ र ६.८ को कार्यान्वयन सुनिश्चित भएको बताए। पुडासैनीका अनुसार नियमावलीले स्वेच्छिक कार्बन बजारलाई समेत कार्यान्वयनमा ल्याएको छ भने ऊर्जा क्षेत्रमा काम गर्ने निजी क्षेत्रलाई कार्बन व्यापारमा भाग लिन अवसर दिएको छ।

ब्राजिलको बेलेममा सम्पन्न कोप–३० बाट अनुमोदन भएको ‘ट्रोपिकल फरेस्ट फरइभर फेसिलिटी’ले पनि वन संरक्षणमामार्फत अन्तर्राष्ट्रिय सहयोग भित्र्याउने ढोका खुलेको छ। वन क्षेत्रमा लगानी–वित्त बढाएर हरितगृह ग्यास उत्सर्जन घटाउने ‘लिफ कोएलिसन’ अन्तर्गत नेपालमा कार्यान्वयनमा रहेको परियोजनालेसमेत कार्बन क्रेडिट विक्री गरी आम्दानी भिœयाउन सक्ने सहसचिव पुडासैनीले बताए।

कोप–३० सम्मेलनका क्रममा ५० मेगावाट क्षमताको मध्य मस्र्याङदी जलविद्युत् परियोजना र भरतपुर महानगरपालिकाले फोहोर प्रशोधन परियोजनाअन्तर्गत कार्बन क्रेडिट विक्री गरी आम्दानी भित्र्याउने परियोजना काम भैरहेको जानकारी दिएका थिए।

कार्बन, कार्बन क्रेडिट र कार्बन व्यापार

कार्बन व्यापार नियामवली–२०८२ मा कार्बन भन्नाले पृथ्वीको सतहको तापक्रम वृद्धि गर्न सघाउ पुर्‍याउने कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडलाई लिनुपर्ने र यो शब्दले अन्य हरितगृह ग्यासलाई समेत समेट्ने उल्लेख छ।

यसैगरी ‘कार्बन–क्रेडिट’ भन्नााले हरित गृह ग्यासको उत्सर्जन न्यूनीकरण भएको परिमाणलाई मापन गर्ने एकाई सम्झनुपर्छ र यसले प्रत्येक कार्बन क्रेडिटमा एक टन कार्बनडाइअक्साइड वा सो बराबरको अन्य हरितगृह ग्यास उत्सर्जन घटाउने कार्यलाई समेत जनाउँछ।

यसैगरी कार्बन व्यापार भन्नाले ऐन तथा स्वीकृत नियमावली र पेरिस सम्झौताबमोजिमको कार्बन क्रेडिटिङ गर्ने संयन्त्रअन्तर्गत रहेर वा स्वेच्छिक कार्बन बजारमा कार्बन क्रेडिटको खरिद बिक्री गर्ने कार्यलाई सम्झनुपर्छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस