२४ वर्षदेखि कमेरोटार जग्गा एकीकरण आयोजनाको कथा उस्तै
११ साउन २०८३
•
२ मिनेट पाठ
२४ वर्षदेखि कमेरोटार जग्गा एकीकरण आयोजनाको कथा उस्तै
भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको कमेरोटार जग्गा एकीकरण आयोजना सुरु भएको २४ वर्ष नाघिसकेको छ । तर आयोजनाको काम अझै सम्पन्न हुन सकेको छैन । मध्यपुर थिमि नगरपालिकाको वोर्डबाट २०५९ जेठ ३० गते जग्गा एकीकरण आयोजना सञ्चालन गर्न माग गर्ने निर्णयसहित एकीकरणको काम सुरु भएको थियो ।




‘आयोजना अन्तर्गत ४८ वटा मुद्धाहरु भए, आयोजना सञ्चालन गर्दाका बेला आयोजना सञ्चालक मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं हालका संघीय सांसद् मदनकृष्ण श्रेष्ठले आयोजनाको प्रगति बिवरण जानकारी दिन सोमबार आयोजनाको कार्यालय मध्यपुर थिमिमा गरेको पत्रकार सम्मेलनमा भने, मुद्धा मात्रै होइन, अनेक कारणले आयोजनाको काम ढिला भएको हो ।’  

उनका अनुसार ४८ मध्ये हालसम्म मुद्धाको फैसला भएको छ । बाँकी तीनवटामध्ये दुई वटा सर्वोच्च अदातालमा विचाराधिन र एउटा भक्तपुर जिल्ला अदालतमा मुतल्वीमा रहेको छ ।  

निमित आयोजना प्रमुख दिगम्वर गोजा श्रेष्ठले आयोजनाको काम अझै बाँकी नै रहेको जानकारी गराए । मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन कार्यालय भक्तपुरद्वारा सञ्चालित आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले गराए । आयोजनाको भौतिक काम सकाउन अझै केही वर्ष लाग्ने जानकारी उनले गराए ।  

कार्यबाहक आयोजना उपभोक्ता समितिका अध्यक्ष ओम श्रेष्ठले आयोजना ढिलाईका अनेक कारणहरुको बेलिविस्तार लगाए । उनले काठमाडौं उपत्यकामा नगरपालिकाहरुबाट सञ्चालनमा रहेका २५ वटा यस्तै आयोजनाहरु पनि नसकेको भन्दै अनेक कारणले ढिलाई हुने गरेको स्मरण गरे ।  

पर्याप्त सडक, ढल तथा वर्षा पानी निकासको व्यवस्था नहुँदा भविष्यमा अव्यवस्थित बस्ती विस्तार हुने जोखिम देखिएपछि नेपाल सरकार र मध्यपुर थिमि नगरपालिकाले कमेरोटार क्षेत्रमा जग्गा एकीकरण आयोजना लागू गर्ने निर्णय गरेको थियो । पूर्वमा राजकुलो, पश्चिममा अरनिको राजमार्ग हुँदै पुरानो बाहखा बजार, उतरमा काठमाडौं भक्तपुर पुरानो पिच सडक र दक्षिणमा अरनिको राजमार्गको सिमानाको दुई हजार ८३ रोपनी क्षेत्रफलमा आयोजनाको काम सुरु भएको थियो । आयोजनाको काम सुरु भएपछि व्यवस्थित शहरीकरण र आवासीय विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको थियो । तर, योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आयोजना अझै पूर्णता नपुग्दा स्थानीयवासी निराश छन् ।

आयोजना छिटो सम्पन्न गरी व्यवस्थित सडक, ढल, हरियाली तथा सार्वजनिक सेवा उपलब्ध गराउन उनीहरूले सम्बन्धित निकायसँग स्थानीयले माग गर्दै आएका छन् । यही मागका साथ स्थानीयले एक महिना अगाडि एक हप्तासम्म निरतर आन्दोलनसमेत गरेका थिए ।

शहरी विकास विज्ञहरूका अनुसार जग्गा एकीकरण आयोजना सफलतापूर्वक सम्पन्न भए व्यवस्थित बस्ती विकास, सार्वजनिक पूर्वाधार विस्तार, जग्गाको मूल्य वृद्धि तथा दीर्घकालीन शहरी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्नेछ । तर, कमेरोटार आयोजना २४ वर्षसम्म पनि पूरा हुन नसक्दा योजनाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ ।
अर्को समाचार
भक्तपुर कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र
१७ पौष २०८०
•
२ मिनेट पाठ
भक्तपुर कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र
मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।




तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्त सम्ममा सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो।

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गा धनीहरुलाई पीडित बनाएको भन्दै कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ नेतृत्वका पीडित उपभोक्ताहरुले यस्तो माग गरेका हुन्।

विसं २०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म यथावतै रहेको तर उपभोक्ता समितिनै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हित विपरीत काम गरेको संयोजन समाजका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए।  

उनका अनुसार मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सुरु भएको अभियानमा सहरी विकास मन्त्रालयसहित सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाइ सकिएको समितिका एकराज भण्डारीले बताए।सो उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २० वर्षदेखि अर्बौंको जग्गा बिक्री गरेर कुनै पनि हिसाब नराखेको, वषौं देखि आयोजनाको अडिट नगरेको, करोडाँै रुपैयाँ बैठक भत्तामै सकेको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ।
तीन वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता नपाएको, खानेपानीको पाइप पुर्‍याइएको तर पानी वितरण नगरिएको, ५३ रोपनीमा हरियाली क्षेत्र र खेलमैदान बनाउने भनिए पनि त्यो जग्गासमेत बिक्री गरेर ३६ रोपनी मात्र बनाएको, दुई हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा १२ इन्च डायामिटरको पाइप हाल्नुपर्नेमा आठ इन्च डायमिटरको ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको समाजका मोहनसिंह प्रधानले बताए। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस