उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी
२२ पौष २०८२
•
४ मिनेट पाठ
उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी
कुनाईघाटमा बेलिब्रीज लगाउन स्थलगत अनुगमन गर्दै मन्त्री राईलगायत प्राविधिक टोली । तस्विरः महेश्वर चामलिङ राई/नागरिक
उदयपुर र खोटाङको सीमास्थल कुनाईघाटको बतासेमा बेलिब्रीज जडान हुने भएको छ । उदयपुरतर्फ लिमचुङबुङ गाउँपालिका १ बाँसबोटे र खोटाङतर्फ हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमबीच रहेको सुन नदीको कुनाईघाट बतासेमा बेलिब्रीज जडान गर्न लागिएको हो ।  




त्यहाँ बेलिब्रीज जडान गर्नका लागि संभाव्यता अध्ययन गर्न आएको प्राविधिक टोलीले काम अघि बढाईहाल्ने जनाएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई सोमबार प्राविधिक टोलीसहित स्थलगत अनुगमनमा आएका थिए । स्थलगत भ्रमणपछि उनले यसैवर्ष बेलिब्रीज जडानको काम अघि बढाउने गरि इस्टीमेट तयार गर्न प्राविधिकलाई निर्देशन दिएका छन् ।  

मन्त्रीसहित कुनाईघाट आएको प्राविधिक टोलीले सोमबार नदीको पानीको सतह, चौडाई र गहिराई नापेर इस्टीमेट तयार गर्न लागेको मन्त्रालयका ईन्जिनियर सरगम राईले बताए । उनका अनुसार मन्त्रालयले बेलिब्रीज निर्माण शीर्षकमा चालु आर्थिकवर्षमै बजेटको व्यवस्था गरेको छ । त्यसैले छिट्टै बेलिब्रीज निर्माण प्रक्रिया अघि बढाउन मन्त्री राईबाट निर्देशन आएको उनले बताए ।  

‘मन्त्रीज्यु आफै स्थलगत अनुगमन गरेर फर्कनुभएको छ, उहाँले तत्काल काम अघि बढाउन पनि निर्देशन दिनुभएको छ’ इन्जिनियर राईले भने ‘हामीले निर्देशन अनुसार बेलिब्रीज हाल्ने उचित स्थान निक्र्यौल गरेर प्राविधिक इस्टीमेट बनाउन तुरुन्त लागेका छौँ ।’ ठाउँ यकिन भएर इस्टीमेट गरेपछि मन्त्रालयले ठेक्का आव्हान गर्ने उनले बताए ।  

प्राविधिक टोलीसँगै पुगेका मन्त्री राई बेलिब्रीज बनाउने उचित स्थान पत्ता लगाउन नदीको लगभग ३ सय मिटर तल–माथि पैदल भ्रमण गरेका थिए । बेलिब्रीज लगाउन नदीको चौडाई साँघुरो हुनुपर्ने भएकाले त्यस्तै स्थान पत्ता लगाउन आसपासको अवलोकन गरेका थिए । कुनाईघाट बतासेस्थित साविक झोलुङ्गे पुलभन्दा २ सय मिटर उत्तर नदी साँघुरिएको ठाउँमा बेलिब्रीज जडान गर्नु उचित हुने निश्कर्ष टोलीले निकालेको छ ।  

टोलीले पानीको सतह, गहिराई र नदीको चौडाई नाप्न त्यहाँ विभिन्न प्रक्रिया अपनाएको इन्जिनियर राईले बताए । बेलिब्रीज बनाउन नदीको चौडाई ५० मिटरभन्दा बढी हुन नहुने भएकाले साँघुरिएको ठाउँ भए उत्तम हुने र ५० मिटरभन्दा बढी चौडाई भएको ठाउँमा ढुङ्गा माटो पुरेर ५० मिटर कायम गर्नुपर्ने प्राविधिकको भनाई छ ।  

कुनाईघाट उदयपुरको लिमचुङबुङदेखि खोटाङको त्रिधार्मिकस्थल हलेसी जोड्ने महत्वपूर्ण नाका हो । सदरमुकाम गाईघाटदेखि मुर्कुची–माझखर्क–बाराहा–बाँसबोटे हुदै पुगिने कुनाईमा पक्की पुल अभावमा नदी वारपार गर्न वर्षौँअघि निर्मित जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्न बाध्य हुनु परेको छ ।  

कुनाईघाटबाट त्रिधार्मिकस्थल हलेसी ९ किलोमिटर उत्तरमा अवस्थित भएकाले सो नाका भएर हलेसी दर्शन गर्न जाने भक्तजन पर्यटक बाक्लो हिड्ने गरेका छन् । माझखर्कदेखि बाराहा, बाँसबोटे हुँदै आधा घण्टामा कुनाईघाट पुगिन्छ । रौतामाई, लिमचुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिकाको मध्येभागमा पर्ने माझखर्कदेखि बाराहा–कुनाईघाट हुँदै हलेसी पुग्न सवारी यात्रामा जम्माजम्मी १ घण्टा भए पुग्छ ।  

माझखर्क पुग्न ताप्लीदेखि २ घण्टा लाग्छ भने गाईघाटदेखि ३ घण्टा, उदयपुरगढीदेखि अढाईघण्टा र रौतामाईदेखि १ घण्टा लाग्छ । माझखर्क पुगेपछि त्यहाँबाट कुनाई हुँदै हलेसी पुग्न १ घण्टा काफी भएकाले यो नाकामा पक्की पुल अनिवार्य भएको हलेसी तुवाचुङ नगरप्रमुख बिमला राई बताउँछिन् । यो नाका भएर हलेसीमा भक्तजन पर्यटक बढाउन सके लिमचुङबुङ र हलेसी दुवै स्थानीयतहलाई फाईदा हुने मेयर राईको अनुमान छ ।  

लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले पनि यो नाकामा पक्की पुल लगाउन जरुरी रहेको बताउँदै पक्की नहुँदा बेलिब्रीज भए पनि तत्काल निर्माण गर्नुपर्ने बताए । ‘यहाँ पक्की पुलको अत्यन्त खाँचो छ, पक्की पुल बनाउन नसक्दा बेलिब्रीज भए पनि निर्माण गर्न सके आउजाउ सहज हुन्छ’ अध्यक्ष राईले भने ‘बेलिब्रीज भए ६ महिना भए पनि माझखर्क–कुनाई भएर हलेसी दर्शन गर्न आउने भक्तजन पर्यटकलाई सहज बनाउन सकिन्छ ।’  

देशको दक्षिणीभेग र तराई हुँदै हलेसी दर्शन गर्न आउने आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकका लागि सिराहाको लाहान, गोलबजार, मिर्चया, सिन्धुलीको भिमान तथा उदयपुरको गाईघाट हुँदै जान आउन सजिलो छ । गाईघाट, लाहान, गोलबजार, मिर्चयाबाट माझखर्क–कुनाई, पश्चिमतर्फ जयरामघाट र पूर्वतर्फ धाब्लाङघाट तथा वंशीलाघाट नाका भएर हलेसी आउजाउ गर्न सहज भए पनि जयरामघाटबाहेक अन्य ठाउँमा पक्की पुल नहुँदा समस्या पर्दै आएको छ ।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस