करेन्ट लागेर विहीवार सर्लाहीमा एकजनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेही पुलनजिकै न्यू माँ राजदेवी खाद्य उद्योगमा भुस लिन गएको ट्रकले करेन्ट लागेर तीन जना घाइते भएकामा एकजनाको मृत्यु भएको हो।
विहीवार बिहान पौने सात बजेको समयमा रौतहटबाट भुस लिन पुगेको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्न ट्रकमाथि लगाइएको त्रिपाल हटाउने क्रममा ११ हजारको भोल्टेज भएको तारमा करेन्ट लागेर ट्रकका सहचालक रौतहटको वृन्दावन नगरपालिका ७ का ३० वर्षीय दिनेश पासवान, २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि हरिवनस्थित नमुना अस्प्तालमा पठाइएकोमा उपचारकै क्रममा ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको छ। अन्य दुई जनाको उपचार अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको ट्रक र ट्रकका चालक पर्साको वीरगंज महानगरपालिकाका ३० वर्षीय शेख लाल महम्मदलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।