नीलबाराही क्षेत्र संरक्षण अभियान: नगरपालिका र स्थानीयबिच विवाद
१७ साउन २०८२
•
२ मिनेट पाठ
नीलबाराही क्षेत्र संरक्षण अभियान: नगरपालिका र स्थानीयबिच विवाद
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक नीलबाराही क्षेत्र जोगाउने विषयमा मध्यपुर थिमि नगरपालिका र स्थानीयबिच विवाद उत्पन्न भएको छ । स्थानीयले जनश्रमदान आह्वान गरी मन्दिर जोगाउने कार्य गर्दै आएका थिए । तर प्रशासन तथा नगरपालिकाले माटो ओसारपसार गर्न रोक लगाएपछि जनश्रमदान कार्य फितलो बन्न पुगेको छ ।




श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिको अगुवाइमा मन्दिर जोगाउने भन्दै मन्दिर वरपर सवैतिर बोरामा माटो भरेर जग बसाउन जनश्रमदान चल्दै आएको थियो । तर यसअघि माटो ल्याउँदै गरेको चाँगुनारायण नगरपालिकाबाट माटो ओसारपसारमा रोक लगाइदिएको छ । यसअघि नगरपालिका क्षेत्रका एक जना व्यक्तिले माटो दिँदै आएका थिए। त्यसका लागि चाँंगु नपाले अनुमति दिँदै आएको थियो । तर अहिले स्थानीय प्रशासन लगायतसँंग छलफलपछि माटो ओसारपसार बन्द गरिदिएको छ । व्यक्तिको जग्गाको माटो भए पनि एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न स्थानीय निकायसँग अनुमति लिनुपर्ने व्यवस्था यहाँं छ ।

मध्यपुर थिमि नगरपालिका र स्थानीयबिच यसअघि नै मनमुटाब थियो । नगरपालिकाले सरकारी बजेटबाटै काम गर्ने बताउँदै आएको थियो । तर दस वर्ष बित्दा पनि कुरा मात्रै गरेको काम नगरको भन्दै स्थानीयले श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समिति गठन गरी जनश्रमदानको काम थालेका थिए ।  

स्थानीयले दजनाै‌ गाडीहरू राखेर दैनिक सयौँ टिप माटो ल्याएर काम गर्दै आएका थिए । तर अहिले माटो ल्याउन बन्द गरिदिएको स्थानीयको काममा अवरोध सृजना गरिदिएको हो ।

माटो ल्याउन बन्द गरे पनि स्थानीयले जनश्रमदानलाई नरोक्ने बताउँदै आएका छन्। माटो विना जनश्रमदान नहुने भएकाले श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिले कसैको घर आदि इत्यादि भत्काइ माटो फाल्नुपर्ने छ भने नीलबाराही क्षेत्रमा ल्याउन आग्रह गरेको छ ।  

विवादपछि शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका र श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिबिच छलफल हुने कार्यक्रम थियो । तर छलफल सुरु नभई टुङ्गियो । छलफलका लागि मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठ, सिडिओ, सहायक सिडिओ, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका पदाधिकारीहरू बिहानै छलफल स्थल नीलबाराही पुगेका थिए । तर उनीहरु समय नभएको भन्दै एकछिनमै हिँडेका थिए । त्यही कारण एक आपसमा राम्ररी छलफल नै नसकी जनप्रतिनिधिहरू छुटिन हतारमा दौडिए ।  जनश्रमदानको लागि हिँडेका अभियन्ताहरूमध्ये एक भक्तपुरका सूर्य श्रेष्ठ नगरपालिकाका प्रतिनिधिहरूलाई नीलबाराहीसम्म ल्याउन हजार कोसिस गरेर सफल भएको तर कुनै निष्कर्ष विना नै कुराकानी सकिएको बताए । 
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस