नेपाल सरकारको अन्तःशुल्क स्टिकर नै भारतबाट तस्करी ? सीमामा बरामद १ लाख २० हजार स्टिकरले उठायो गम्भीर प्रश्न
१६ असोज २०८३
•
५ मिनेट पाठ
नेपाल सरकारको अन्तःशुल्क स्टिकर नै भारतबाट तस्करी ? सीमामा बरामद १ लाख २० हजार स्टिकरले उठायो गम्भीर प्रश्न
सुन्दा अचम्म लाग्न सक्छ, भन्दा पत्याउन गाह्रो पनि हुन सक्छ। तर नेपालमा मदिरा तथा अन्य अन्तःशुल्क लाग्ने वस्तुको नियमन र राजस्व संकलनसँग जोडिएको एउटा घटनाले राज्यको कर प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।




नेपाल सरकारले मदिराका बोतलमा प्रयोग गर्ने अन्तःशुल्क स्टिकर भारतबाट अवैध बाटो हुँदै नेपाल भित्र्याउँदै गरेको अवस्थामा रौतहटमा ठूलो परिमाणमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरिएको छ।

सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध स्टिकर बरामद भएपछि अन्तःशुल्क स्टिकरको सुरक्षा, आपूर्ति प्रणाली र यसको सम्भावित दुरुपयोगबारे बहस सुरु भएको छ।

रौतहटको परोहा नगरपालिका वडा नम्बर ३, तेजापाकड नजिक भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवाको टोलीले ठूलो परिमाणमा अन्तःशुल्क स्टिकर बरामद भएको सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख एसपी चेतराज जोसिले बताए।

टाउकोमा भारतबाट तस्करीको सामग्री ल्याउँदै गरेको अवस्थामा तस्करहरूले सशस्त्र प्रहरीको टोलिलार्इ देखेपछि उक्त सामग्री फालेर भागेका थिए।

तस्करले फालेर गएका सामग्री चेकजाँच गर्दा आन्तरिक राजस्वको स्टिकर भेटिएपछि आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, सिमरामा बुझाएको जनाएको छ।

एक लाख २० हजार स्टिकर, मूल्य १ करोडभन्दा बढी

बरामद भएका स्टिकर सामान्य कागजका टुक्रा होइनन्। ती नेपाल सरकारको आन्तरिक राजस्व विभागबाट जारी हुने ५० यूपी १८० एमएल साइजका मदिराका बोतलमा टाँसिने अन्तःशुल्क स्टिकर भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा ६ रोल स्टिकर छन्। प्रत्येक रोलमा करिब २० हजारका दरले कुल १ लाख २० हजार थान स्टिकर रहेको बताइएको छ।

सशस्त्र प्रहरीका अनुसार प्रतिस्टिकर ८८ रुपैयाँ २० पैसाका दरले गणना गर्दा बरामद स्टिकरमा उल्लेखित अन्तःशुल्कको मूल्य करिब १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबर हुन्छ।

अर्थात्, एउटा सानो रोलमा बेरिएका देखिने यी स्टिकरको पछाडि करोड रुपैयाँभन्दा बढीको राजस्व दायित्व जोडिएको छ।

यही कारण बरामदगीले एउटा महत्त्वपूर्ण प्रश्न जन्माएको छ—यदि यी वास्तविक सरकारी अन्तःशुल्क स्टिकर हुन् भने ती भारत हुँदै अवैध रूपमा नेपालसम्म कसरी पुगे? र यदि नक्कली हुन् भने सरकारी स्टिकरजस्तै देखिने गरी यति ठूलो परिमाणमा कसरी तयार भए? 

मदिरा उद्योगमा स्टिकरको भूमिका के हो?

नेपालमा अन्तःशुल्क लाग्ने मदिरा उत्पादन गर्ने उद्योगका लागि अन्तःशुल्क स्टिकर राजस्व प्रशासनको महत्त्वपूर्ण हिस्सा रहेको छ। 

मदिरा उत्पादन भएपछि निर्धारित प्रक्रिया पूरा गरी बोतलमा अन्तःशुल्क स्टिकर टाँसिन्छ र त्यसैमार्फत उक्त उत्पादनमा लाग्ने राजस्वको हिसाब तथा नियन्त्रण प्रणालीसँग जोडिन्छ।

मदिरा उद्योगमा स्टिकर टाँस्ने प्रक्रिया समेत राजस्व प्रशासनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। त्यसैले स्टिकरको गैरकानुनी प्रयोग वा त्यसको नक्कली उत्पादनले राज्यको राजस्वमा मात्रै असर पार्दैन, बजारमा वैधानिक रूपमा उत्पादन गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्ने अवैध कारोबारलाई समेत बल पुग्न सक्छ।

अझ महत्त्वपूर्ण कुरा सरकारी अन्तःशुल्क स्टिकर नै अवैध रूपमा सीमापारि पुगेर फेरि नेपाल प्रवेश गरेको पुष्टि भएमा यो सामान्य तस्करीको विषय मात्र रहने छैन।

यसले सरकारी राजस्व प्रणालीभित्रको स्टिकर उत्पादन, भण्डारण, वितरण, अभिलेख तथा प्रयोगसम्मको सुरक्षाबारे प्रश्न उठाउनेछ।

एकातिर वैधानिक उद्योग, अर्कोतिर अवैध कारोबारको जोखिम

मदिरा उद्योगले उत्पादनको लागतसँगै अन्तःशुल्क, मूल्य अभिवृद्धि करलगायतका कर तथा नियामकीय दायित्व वहन गर्दै बजारमा उत्पादन पठाउँछ।

उद्योगले राज्यलाई कर तिरेर उत्पादन बिक्री गर्ने भएकाले अन्तःशुल्क स्टिकरको वैधानिकताको माथि महत्त्वपूर्ण प्रश्न उठेको छ।

यही स्टिकर नक्कली वा अवैध रूपमा बजारमा पुग्न थालेमा कर तिरेर उत्पादन गर्ने उद्योग र कर छल्ने उद्देश्यले सञ्चालन हुने अवैध कारोबार बीचको सीमा धमिलिन सक्छ।

विशेष गरी सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा मदिरा भित्रिने र नेपालबाट भारततर्फ विभिन्न वस्तुको तस्करी हुने गरेको पृष्ठभूमिमा अन्तःशुल्क स्टिकरको यस्तो बरामदगीलाई गम्भीरतापूर्वक हेरिनुपर्ने उधोगिहरुको कथन छ।

बरामद स्टिकर कुनै मदिरा उद्योगसम्म पुग्ने तयारीमा थिए कि अन्य कुनै प्रयोजनका लागि ल्याइँदै थिए भन्ने विषय पनि अनुसन्धानको महत्त्वपूर्ण पाटो बन्न सक्छ।

सरकारी स्टिकरको ‘सुरक्षा चक्र’ माथि प्रश्न

अन्तःशुल्क स्टिकर सामान्य राजस्व कागजात होइन। यसको उत्पादनदेखि सम्बन्धित उद्योगसम्म पुग्ने र प्रयोगपछि अभिलेख व्यवस्थापन हुने प्रक्रियामा विभिन्न तहको नियन्त्रण रहने अपेक्षा गरिएको छ।

भारतबाट नेपाल भित्र्याइएको अवस्थामा ठूलो परिमाणमा स्टिकर भेटिनु आफैँमा अनुसन्धानको विषय हो।

अनुसन्धानबाट यी स्टिकर सक्कली भएको प्रमाणित भयो भने प्रश्न अझ गम्भीर बन्नेछ—राज्यको नियन्त्रणमा रहनुपर्ने स्टिकरको आपूर्ति शृङ्खलामा कहाँबाट चुहावट भयो?

र यदि ती नक्कली भएको पुष्टि भयो भने अर्को प्रश्न उस्तै गम्भीर हुनेछ—सरकारले प्रयोग गर्ने अन्तःशुल्क स्टिकरको डिजाइन, सुरक्षा विशेषता वा पहिचान प्रणाली नक्कल गरेर यति ठूलो परिमाणमा स्टिकर तयार गर्ने गिरोह कहाँसम्म फैलिएको छ?

प्रत्येक स्टिकरलाई ५० यूपी १८० एमएल मदिराको बोतलमा प्रयोग हुने आधार मान्दा, ती सबै स्टिकर प्रयोग भएको अवस्थामा ठूलो परिमाणको मदिरा बजारमा पुग्न सक्ने सम्भावना रहन्छ। त्यसमा करको हिसाब जोडिँदा राज्यको राजस्व जोखिमसमेत उल्लेख्य हुन सक्छ।

सशस्त्र प्रहरीले उल्लेख गरेको १ करोड ५ लाख ८४ हजार रुपैयाँ स्टिकरमा गणना गरिएको अन्तःशुल्क दरका आधारमा निकालिएको मूल्य होः वास्तविक राजस्व क्षति भएको हो वा होइन भन्ने कुरा अनुसन्धान र सम्बन्धित निकायको परीक्षणबाट निर्क्योल हुनुपर्ने विषय रहेको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस