विपद् उद्धारका लागि भक्तपुरमा १६ खुल्ला ठाउँंहरुको पहिचान
२९ असार २०८२
•
३ मिनेट पाठ
विपद् उद्धारका लागि भक्तपुरमा १६ खुल्ला ठाउँंहरुको पहिचान
मनसुनजन्य विपद्को सम्भावनासँंगै भक्तपुर जिल्लामा विपद्बाट उद्धार गरिएकाहरुको सुरक्षित स्थानान्तरणका लागि १६ खुल्ला ठाउँंहरुको पहिचान गरिएको जनाइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको आइतबार भक्तपुरमा वसेको बैठकले जिल्लाका चार वटा नगरपालिका क्षेत्रहरुमा यी ठाउँंहरुको पहिचान गरिएको जानकारी गराइयो ।




जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका संयोजक एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवाला नगरपालिकाका प्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुवीच भएको बैठकमा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रहरुमा यी ठाउँहरुको पहिचान गरिएको जानकारी गराइयो ।

बैठकमा विपद् व्यवस्थापनका योजनाहरुबारे जानकारी दिंदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले जिल्लाका चार वटै नगरपालिका क्षेत्रका विभिन्न ठाउँंहरु पहिचान गरेको जानकारी दिए । उनले ठूलो आपतविपत आएर सयौं मानिसहरुलाई सुरक्षित ठाउँंमा स्थानान्तरण गर्नुपरेमा ती खुल्ला ठाउँंहरुको पहिचान गरिएको जानकारी गराए ।

बैठकमा जिल्लाका चारवटै नगरपालिकाबाट प्रतिनिधित्व गरी आएका प्रतिनिधिहरुले आआफनो नगरपालिकाको विपद् पूर्वको तयारीबारे जानकारी गराएका थिए । साथै जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुले गरेका विपदपूर्वको आआफनो कायालयहरुले गरिरहेको पूर्व तयारीबारे पनि कार्यक्रममा जानकारी गराइएका थिए ।

बैठकमा जिल्लाको चाँंगुनारायण नगरपालिका विपद् व्यवस्थापन एकाइ प्रमुख दिनेश थापाले नगरपालिका क्षेत्रमा हुनसक्ने सम्भावित बाढीपहिरोबाट जोगाउन नगरपालिका क्षेत्रभित्र रहेका तव्याखुसी (खोला)मा रहेका माटोकस्सर निकालेर खोला खुल्ला गरी सफा गरेको जानकारी गराए । यसले बाढी आउँंदा बस्ती डुवानमा नपरी बाढी खोला भएरै सलल वग्ने उनको भनाई थियो । साथै तारजाली तयारी अवस्थामा राखिएको पनि उनले बताए । भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका प्रमुख रामकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिकाबाट प्रतिनिधित्व गरी आएका नवराज गिरीलगायतले पनि आआफनो नगरपालिका क्षेत्रका सम्भावित क्षेत्रहरुको पहिचान गरी भैपरी आएमा गरिरहेको पूर्वतयारीहरुबारे बैठकमा जानकारी गराए ।

भक्तपुरमा सवैभन्दा ठूलो लामो हनुमन्ते खोला छ । यो खोलामा मनसुन (वर्खा) मा बाढी आउँंदा प्रत्येक वर्ष विभिन्न क्षेत्रहरु डुवानमा पर्दै आएको छ । यसका साथै जिल्लाका विशेष गरी सूर्यविनायक र चाँंगुनारायण क्षेत्रका जताततै जथाभावी गरिएका अवैध प्लटिंगले गर्दा पहिरो आउने र ज्यान लिने गर्र्दै आएको छ । यही कारण जिल्लामा वाढीपहिरो, भुक्षयलगायतका कारण प्रत्येक वर्ष मानिसको मृत्यु हुँदै आएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले विपद् बाजा बजाएर आउँंदैन भने जस्तै विपद आएपछि उद्धार गर्नुभन्दा विपद् पूर्व नै आवश्यक तयारी गरी वस्नका लागि बैठक बोलाएको जानकारी गराए । विपद्को बेला सवैले आआफनोतर्फबाट सहयोगका लागि पनि उनले सवैसँंग अनुरोध गरे ।

“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” को दफा २(ठ) अनुसार विपद् भन्नाले “कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक विपद् सम्झनुपर्छ” भन्ने उल्लेख छ । नेपाल विपद्को दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ । नेपालको भूबनोट, कमजोर भौगर्भिक अवस्था, वर्षा, जलवायु परिवर्तन आदिका कारणबाट नेपालका विभिन्न नदीनालामा बाढी, जलाधार क्षेत्रमा पहिरो, भूक्षय बढ्न गई हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । त्यस्तै खडेरी, आगलागी र महामारी जस्ता प्रकोपले नेपाललाई बर्सेनि सताउने गरेको छ ।

नेपालको संविधानले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ । संविधानले संघ, प्रदेश र स्थानीय तीनवटै तहको सरकारलाई विपद् व्यवस्थापनको दायित्व दिएर जिम्मेवार बनाएको छ । सशक्त र प्रभावकारी कार्य गर्न मार्गदर्शन गरेको छ । “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” छ । सो ऐनसँग सम्बन्धित नियमावली २०७६ छ । सो ऐनको दफा १० बमोजिम गठन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० छ । तर पनि प्रत्येक वर्ष विपद्बाट मानवीय तथा ठूलो मात्रामा भौतिक संरचना ध्वस्त हुने क्रम निरन्तर जारी छ ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस