एचआइभी संक्रमित नै यौन व्यवसायमा संलग्न
२९ असार २०८२
•
२ मिनेट पाठ
एचआइभी संक्रमित नै यौन व्यवसायमा संलग्न
सुर्खेत प्रहरीले गत जेठ ३० गते वीरेन्द्रनगरका तीन वटा होटलबाट यौन व्यवसाय गराउने र संलग्न २९ जनालाई पक्राउ गर्‍यो। शुक्रबार मध्यराति पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा राख्यो। शनिबार बिहानै यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू मध्ये एक महिलाले एचआइभीको औषधि मागिन्।




यौन व्यवसायमा संलग्न महिलाले एचआइभीको औषधि मागेपछि प्रहरीले उनीमाथि विशेष अनुसन्धान सुरु गर्‍यो। ‘३३ वर्षीया ति महिला सात वर्षदेखि यौन व्यवसायमा रहेको खुल्यो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले भने, ‘उनले आफूलाई पहिलो श्रीमानले एचआइभी सारेको बताएकी थिइन्।’

प्रहरीका अनुसार उनका पहिलो श्रीमान् भारतमा मजदुरी गर्थे। एचआइभी संक्रमित पहिलो श्रीमानको मृत्यु भएपछि उनले अर्का एचआइभी संक्रमितसँग विवाह गरिन्। दोस्रो श्रीमानबाट तीन बच्चाको जन्म भयो। ति महिलाका अनुसार बच्चाहरूमा एचआइभी संक्रमण छन्।

दोस्रो श्रीमानको पनि मृत्यु भइसकेको छ। दोस्रो श्रीमानको मृत्युपछि आफू यौन व्यवसायमा आएको उनको भनाइ छ। ‘कमाउने अरू माध्यम छन्, दोस्रो विवाह गरेको श्रीमानको पनि मृत्यु भयो,’ उनले बयानमा भनेकी छन्, ‘अरू पेसा व्यवसाय नभएपछि यसतर्फ लागेकी हुँ।’ केही समयसम्म अरुको होटलमा यौन व्यवसाय गर्ने उनले तीन वर्षअघि आफैँ होटल सञ्चालनमा ल्याइन्। आफूसँगै पहाडी जिल्लाहरूबाट आएका किशोरीहरूलाई उनले यो व्यवसायमा संलग्न गराइन्।

प्रहरीका अनुसार आफैँ संक्रमित भएको व्यक्तिले थप अन्य व्यक्तिमा रोग सार्नमा भूमिका खेलेकाले उनलाई छुट्टै मुद्दा दर्ता गरिएको थियो। प्रहरीले उनीविरुद्ध संक्रामक रोग फैलाउन नहुने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अरूलाई भने सामाजिक सदाचार, बेश्याबृत्ति सम्बन्धी मुद्दा चलाइएको थियो।

प्रहरीले हालसम्म पक्राउ गरेका मध्ये एक बालिका थिइन्। ‘यौन व्यवसायमा संलग्नहरू अधिकांश छिटो पैसा कमाउने उद्देश्यले लागेको देखिन्छ,’ उनले भने, ‘कर्णालीका माथिल्ला जिल्लाहरूबाट रोजगारी र अवसरको खोजीमा वीरेन्द्रनगर झरेकाहरू नै यो पेसामा संलग्न देखिन्छन्।’

पक्राउ परेका केही महिलाहरूले कोरोनाका कारण व्यवसाय धरासायी बनेपछि यौन व्यवसायको बाटो रोजेको बयान प्रहरीलाई दिएका थिए। 
अर्को समाचार
सामाजिक लाञ्छना र तिरस्कारको भयले खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
०३ माघ २०८१
•
१ मिनेट पाठ
सामाजिक लाञ्छना र तिरस्कारको भयले खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ।




स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन्। तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ। यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए।

सामाजिक लाञ्छना र तिरस्कारको भयका कारण कतिपय सङ्क्रमित अझै खुल्न सकेका छैनन्। कतिपयले दमौली अस्पतालमा नआई अन्यत्र गएर औषधि सेवन गर्ने गरेको अधिकारीको भनाइ छ। उनले भने, 'यहाँ चिनिने र समाजमा पहिचान खुलेमा लाञ्छना र अन्य समस्या हुनसक्छ भन्ने डरका साथै अज्ञानताका कारण कतिपय उपचार गर्न आउँदैनन्।'

एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको बताए। 'समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,' उनले भने, 'संस्थाले यस्तालाई सहजीकरणको काम गरिरहेको छ। नजिकको अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेमा समस्या हुन्छ भनेर एचआइभी सङ्क्रमित त्रासमा छन्। कतिपय त रोग लुकाएर बस्न बाध्य छन्, यो राम्रो होइन।'
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस