रौतहट गरुडास्थित झाझ खोला नजिकबाट प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ।
मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग३च ६८९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो।
उक्त नेपाली नम्बरको कार इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी हुक्याउँदै भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएका छन्।
रातो कलरको ब्रेजा कारमा प्रतिबन्ध लागू औषध लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना गरुडा प्रहरीमा आएको थियो। गरुडा प्रहरीले थापेको चेकिङ छलेर तीव्र गतिमा हुइँकिदै भागेका चालकले कारलाई खेतमा झारेर भागेका थिए। अहिले प्रहरीले क्रेनको सहाराले कारलाई निकालेको छ। कारभरि बाहिरबाट गाँजा रहेको देखिए पनि गाँजाको यकिन परिमाण प्रहरीले खुलाउन सकेको छैन।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले झाझ खोला नजिक रहेको खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उखु बारी हुँदै भागेको बताउँदै प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च अभियान सुरु गरेको बताए। गाँजाबारे गहन रूपमा अनुसन्धान भैइरहेको र गाडीको सहाराले कारोबारीसम्म पुग्ने प्रहरीको अनुमान छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...