सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा
२१ कार्तिक २०८३
•
३ मिनेट पाठ
सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा
पूर्वाधार विकास मन्त्रालयले मंगलबार गरेको सरुवामा सात ठुला सडक आयोजनामा तोकिएको दरबन्दीअनुसार डिभिजन इन्जिनियर (उपसचिव) लाई नपठाई इन्जिनियर (शाखा अधिकृत) लाई निमित्त र कामु प्रमुखको जिम्मेवारी दिइएको छ।




मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा हाइवे उपसमूह राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका ७९ कर्मचारीको सरुवा गरेको थियो। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार उक्त सरुवा हेर्दा उपसचिवहरूमा फिल्डमा गई डिभिजन प्रमुख या आयोजना प्रमुखको जिम्मेवारी लिनेभन्दा पनि मन्त्रालय, विभाग तथा विभिन्न निर्देशनालयमा गई सकेसम्म कम जिम्मेवारी लिने प्रवृत्ति देखियो। ‘यसबाट सात/सात ठाउँमा शाखा अधिकृतहरूलाई निमित्त या कामु आयोजना प्रमुखको जिम्मेवारी दिनुपर्‍यो। यता मन्त्रालय, विभाग र निर्देशनालयमा उपसचिवहरू खचाखच भएका छन्,’ ती कर्मचारीले भने।

सडक विभागका महानिर्देशक  डा. विजय जैसीले निमित्त र कामुको जिम्मेवारी दिइएका आयोजना प्रमुखहरू एक/दुई महिनामै उपसचिवमा बढुवा हुन लागेको बताउँदै बढुवाका मुखमा रहेका कर्मचारीलाई मात्र जिम्मेवारी दिइएको बताए।

देवेन्द्र भट्टराईलाई पुल सेक्टर सुर्खेतबाट सरुवा गरी कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट खण्डको जिम्मेवारी दिइएको छ। वसन्तकुमार गाईलाई तमोर कोरिडोर सुभाङ खोला दोभान ओलाङचुङगोला सडक योजनाबाट सेती राजमार्ग दक्षिण खण्ड (लोङे थामलेक सडक आयोजना) मा, नेत्र देवकोटालाई महाकाली पुलबाट सडक डिभिजन साँफेबगरमा सरुवा गरिएको छ।

राजकुमार यादवलाई सडक विभागबाट धनगढी, खुटिया, हसनपुर, गडसेरा, दीपायल सडक योजना, भुवनेश्वरप्रसाद यादवलाई सहिदमार्ग सडक योजनाबाट तमोर कोरिडोर, सुभाङखोला दोभान, ओलाङचुङगोला सडक योजना र अच्युत विलास पन्तलाई पन्थ हिटी कटहर, हर्मी सालिमटार सडक योजनाबाट सगरमाथा राजमार्ग गाईघाट दिक्तेल सडक योजनमा सरुवा गरिएको छ।

शान्तराम पाण्डेलाई सडक डिभिजन दाङबाट सेती राजमार्ग उत्तरखण्ड थानलेक चैनपुर सडक योजनामा सरुवा गरिएको छ। यी सातै निमित्त र कामु आयोजना प्रमुखहरू शाखा अधिकृत हुन्।

सडक विभागका अनुसार यी योजनाहरू ठुल्ठुला रकम छुट्याइएका योजना हुन्। यीमध्ये केही योजनामा त अर्बभन्दा बढी बजेट छुट्टयाइएको छ। ठुल्ठुला आयोजनाहरूमा आयोजना प्रमुखहरू दरबन्दीअनुसार नखटाई निमित्तले चलाउँदा कार्यसम्पादनमै असर पर्ने विज्ञहरू बताउँछन्। ‘कुनैकुनै ठाउँमा उपसचिवले नै हस्ताक्षर गर्नुपर्ने भनी नियममै व्यवस्था गरिएको हुन्छ। त्यस्तो ठाउँमा निमित्त आयोजना प्रमुख अथवा शाखा अधिकृतले हस्ताक्षर गर्न मिल्दैन,’ विभागका एक उच्च कर्मचारी भन्छन्, ‘त्यस्   तो अवस्थामा समस्या आउन सक्छ। केही ठाउँमा सार्वजनिक खरिद नियमावली कार्यान्वयन गर्न समस्या आउन सक्छ। विशेष गरी निमित्तले चलाएका आयोजनामा समग्र आयोजना हेर्ने दृष्टिकोणमै फरक पर्छ। सहसचिवले निमित्त सचिव चलाएजस्तै हो।’

मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार खासगरी दुर्गम ठाउँमा आयोजनाहरू निमित्तका भरमा चलाउनुपर्ने बाध्यता छ। ‘उपसचिवसरहका वरिष्ठ इन्जिनियरहरू दुर्गममा जान मान्दैनन्। गए पनि फर्किन्छन्। खाली ठाउँमा निमित्त पठाउनुपर्ने बाध्यता छ,’ उनले भने।

सिनियर इन्जिनियरहरू काठमाडौंलगायत सुगम ठाउँका आयोजनामा बस्ने प्रवृत्तिले दुर्गमका आयोजना निमित्तका भरमा चलेको उनको भनाइ छ। पूर्वाधार विकास मन्त्रालयको हाइवे उपसमूहमा उपसचिव सरहका कर्मचारीहरूको कुल दरबन्दी १३८ जनाको छ। तीमध्ये पूर्वाधार विकास मन्त्रालयमा मात्र ११ जना उपसचिवको दरबन्दी छ।

हाल मन्त्रालयमा एक सिटमा पनि उपसचिवको दरबन्दी रिक्त छैन, सबै भरिएको छ। यसैगरी विभाग र निर्देशनालयहरूमा दरबन्दी रिक्त छैन, जबकि काठमाडौं बाहिर भने ठाउँठाउँमा दरबन्दी रिक्त छ।

सडक विभाग मातहतका योजना तथा डिभिजन कार्यालयहरूमा यसअघि नै तीन योजना तथा डिभिजन प्रमुखहरू निमित्तिका भरमा चलेका छन्। अब अरू सात वटा योजना तथा डिभिजनमा कामु तथा निमित्त थपिएका छन्।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस