मधेशमा किसानका दु:ख : आफ्नै बीउ फिर्ता लिन फेरि तिरे १४ हजार ६९० रुपैयाँ
१० मंसिर २०८३
•
४ मिनेट पाठ
मधेशमा किसानका दु:ख : आफ्नै बीउ फिर्ता लिन फेरि तिरे १४ हजार ६९० रुपैयाँ
रौतहटमा चार जना किसानले खेतमा छर्नका लागि भारतबाट खरिद गरेर ल्याएको गहुँको बीउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि आफ्नै बीउ फिर्ता पाउन पुनः १४ हजार ६ सय ९० रुपैयाँ तिरेका छन्।




रौतहटको गढीमाई नगरपालिका–३, गम्हरियाका चार जना किसानले भारतको घोडासहनबाट ल्याएको चार बोरा गहुँको बीउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको थियो। भन्सार कार्यालयले लिलामसम्बन्धी सूचना प्रकाशित गरेपछि पीडित किसानहरूले लिलाम प्रक्रियामा सहभागी भई १४ हजार ६ सय ९० रुपैयाँमा उक्त बीउ सकार गरेका हुन्।

सरकारले समयमै मल र बीउ उपलब्ध गराउन नसक्दा किसानहरू भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ। त्यसमाथि खेतीपातीका लागि सीमापारिबाट एक–एक बोरा गहुँको बीउ ल्याउँदासमेत सुरक्षाकर्मीको कारबाहीमा पर्नुपर्ने अवस्था छ।

भारतको घोडासहनस्थित आफन्तको घरमा छठ पर्वको प्रसाद पुर्‍याएर फर्किने क्रममा किसानहरूले खेतमा छर्नका लागि एक–एक बोरा गहुँको बीउ खरिद गरेर ल्याएका थिए।

आइतबार सरमुजवा बीओपीअन्तर्गत पर्ने बङ्कुल नाकाको बसिर चोक हुँदै घर फर्किरहेका गङ्गा राउत, जादोलाल ठाकुर, बिन्देश्वर राउत र केदार राउतलाई सशस्त्र प्रहरीले रोकेको थियो।

आफन्तलाई छठको प्रसाद पुर्‍याएर फर्किने क्रममा कोशेलीका रूपमा गहुँको बीउ ल्याउँदै गरेका उनीहरूबाट सशस्त्र प्रहरीले चार बोरा बीउ नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको थियो। त्यसपछि भन्सार कार्यालयले लिलामसम्बन्धी सूचना जारी गरेको थियो। अन्ततः आफ्नै खेतमा छर्न ल्याएको बीउ फिर्ता पाउन भन्सार कार्यालयमा पुनः रकम बुझाएर बीउ लिनुपरेको पीडित किसान गङ्गा राउतले बताए।

अर्का पीडित किसान केदार राउतले आफन्तलाई छठको प्रसाद पुर्‍याएर फर्किने क्रममा बीउ ल्याउँदै गर्दा सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरूलाई तस्करको संज्ञा दिँदै अपमानजनक व्यवहार गरेको र दुर्व्यवहारसमेत गरेको आरोप लगाए।

‘मलखाद र बीउ ल्याउँदा सुरक्षाकर्मीले दुःख दिँदैनन् भन्ने सुनेका थियौँ। त्यसैले दिउँसै खुला नाकाबाट ल्याइरहेका थियौँ। तर, हामीलाई तस्कर भन्दै अपमान गरियो र बीउसमेत खोसियो,’ अर्का पीडित किसान जादोलाल ठाकुरले बताए।

‘भारतीय पक्षले आफन्तको घरबाट फर्किंदा ल्याएको कोशेलीमा कुनै अवरोध गरेन। आफ्नै देशका सुरक्षाकर्मीले हामीलाई तस्करको आरोप लगाएर बीउ खोसे। खेतीका लागि ल्याएको बीउसमेत गुमाउनुपर्दा निकै दुःख लाग्यो,’ गङ्गाले भने।

एआईजीको निर्देशनविपरीत बीओपीको कारबाही

केही महिनाअघि सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले किसानलाई मलखाद र बीउ ल्याउँदा अनावश्यक दुःख नदिन सीमा सुरक्षा पोस्ट (बीओपी)हरूलाई सार्वजनिक रूपमै निर्देशन दिएका थिए। किसानले भारतबाट एक बोरा मल ल्याउँदा अवरोध नगर्न र मल ल्याउने क्रममा किसानलाई दुःख दिएको जानकारी आए तत्काल कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए।

तर, रौतहटमा चार जना किसानले खेती प्रयोजनका लागि ल्याएको एक–एक बोरा गहुँको बीउ नियन्त्रणमा लिएर भन्सारमा बुझाइएपछि उक्त निर्देशनको कार्यान्वयनमाथि प्रश्न उठेको छ।

सशस्त्र प्रहरी बल बीओपी सरमुजवाका इन्चार्ज प्रहरी निरीक्षक अच्युत सुवेदीले भने तस्करी गरेर ल्याउँदै गरेको बीउ नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको दाबी गरेका छन्। दिउँसै चार जनाले गहुँको बीउ ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले स्वीकार गरेका छन्।

खेती प्रयोजनका लागि एक–एक बोरा बीउ ल्याइरहेका किसानलाई तस्करीमा संलग्न ठहर गर्ने आधार के थियो भन्ने विषयमा स्थानीयस्तरमा प्रश्न उठेको छ। एआईजीको सार्वजनिक निर्देशन र बीओपीको कारबाहीबीच देखिएको विरोधाभासले सशस्त्र प्रहरीको सीमा क्षेत्रमा अपनाइने कार्यशैलीमाथि थप बहस सिर्जना गरेको छ।

रातिको तस्करीमा मौनता, किसानमाथि दिउँसै कडाइ

स्थानीय बासिन्दाका अनुसार रौतहट र सर्लाहीका विभिन्न सीमा नाकाबाट रातिको समयमा अवैध सामान ओसारपसार हुने गरेको छ। तर, खेतीपातीका लागि आवश्यक मल र बीउ ल्याउने सर्वसाधारण किसानले भने दिउँसै सास्ती खेप्नुपरेको उनीहरूको आरोप छ।

रौतहटका बङ्कुल, रामपुरखाप, जयनगर, लतमरी, मठिया, महुलिया, औरैया, बन्जरहा, महादेवपट्टी र बेलबिछवा नाकाबाट अवैध सामान भित्रिने गरेको स्थानीयको दाबी छ। सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेको आरोपसमेत स्थानीयले लगाउँदै आएका छन्। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

त्यस्तै, सर्लाहीको बलरा, छनकी, मधुवनी, अर्नाहा, छतौना, बहादुरपुर, फेनहार, भाडसर, मलङ्गवा, त्रिभुवननगर, संग्रामपुर, पर्सा र नारायणपुर नाकाबाट समेत रातिको समयमा तस्करी हुने गरेको स्थानीयको भनाइ छ।

सरकारले कृषि उत्पादन वृद्धि र किसानलाई सहुलियत दिने नीति लिएको दाबी गर्दै आए पनि समयमै मल र बीउ उपलब्ध गराउन नसक्दा किसानहरू सीमापारिको बजारमा निर्भर हुनुपरेको गौर टिकुलियाका अगुवा किसान रामनरेश रायले बताए।

आफ्नै खेतमा छर्नका लागि खरिद गरेर ल्याएको बीउसमेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि भन्सारबाट फिर्ता लिन थप रकम खर्च गर्नुपर्ने अवस्था आउनु निन्दनीय भएको समनपुरका किसान रवीन्द्र सहनीको भनाइ छ।

किसानलाई कृषि सामग्रीमा सहज पहुँच उपलब्ध गराउने सरकारी नीति र सीमा क्षेत्रमा सुरक्षाकर्मीको व्यवहारबीच देखिएको यो विरोधाभासले गम्भीर प्रश्न खडा गरेको छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस