कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव
०६ मंसिर २०८३
•
५ मिनेट पाठ
कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव
निर्धारित समयभन्दा २ दिन लम्बिएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) ले पर्वतीय मुद्दा संस्थागत रूपमा अघि बढाउन २ बर्से कार्ययोजना प्रस्ताव गरेको छ।




कोपका अध्यक्षताको तर्फबाट आइतवार सबेर प्रस्तावित गरिएको तेस्रो र खास विरोध नभएको अवस्थामा अन्तिम जस्तै रहेको मस्यौदा निर्णयमा पर्वत र जलवायु परिवर्तनलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धि (यूएनएफसीसीसी)) अन्तर्गतका कार्यन्वयन सम्बन्धी सहायक निकाय (एसविआई) र वैज्ञानिक तथा प्राविधिक परामर्शसम्बन्धी सहायक निकाय (एसबीएसटीए) अन्तर्गतको कार्ययोजनामा राखिने छ। यसले पर्वतीय जलवायु संकटलाई वैज्ञानिक अध्ययन र प्रमाणमा मात्र सीमित नराखी अनुकूलन, जलवायु वित्त, विपद् जोखिम न्यूनीकरण, संस्थागत क्षमता तथा कार्यान्वयनसँग जोड्ने अपेक्षा गरिएको छ।

यी दुई निकाय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धि (यूएनएफसीसीसी)) अन्तर्गतका प्राविधिक तथा वार्ता गर्ने सहायक निकाय हुन् र भएकाे सम्झौताका निर्णय कार्यान्वयन गर्न, वैज्ञानिक आधार तयार गर्न र सदस्य राष्ट्रहरूलाई वार्तामा सहयोग गर्न कार्य यिनले गर्दै आएका छन्।

नोभेम्वर ९ देखि शुरू भई दुई सातासम्म चलेको सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने  र जलवायु वित्त सुनिश्चितताको विषयमा सहमती हुन नसक्दा थप २ तन्किएको हो। अध्यक्षको प्रस्तावलाई आइतवार मध्यान्हसम्म अन्य पक्षराष्ट्रहरूसँग राय लिएपछि आजै टुङ्ग्याउने तयारी छ।

पछिल्लो  संशोधित मस्यौदाले जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्र, पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायको जोखिम बढ्दै गएको स्वीकारेको छ र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका विद्यमान कार्यप्रवाह र अजेन्डा उपयोग गरेर कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको छ।

दुई दिनअघि अर्थात् नोभेम्बर १९ को मस्यौदाभन्दा आइतवार सार्वजनिक गरिएको  प्रस्ताव फरक छ। त्यसअघिको मस्यौदामा पर्वतीय कार्यक्रमलाई नैरोबी कार्ययोजनाअन्तर्गत राख्ने प्रस्ताव गरिएको थियो तर यसरी राख्दा कार्यक्रमको दायरा र संस्थागत पहुँच सीमित भएर कमजोर हुन सक्ने भन्दै प्रस्तावका पक्षधरहरूले अस्विकारेका थिए।

नयाँ मस्यौदा प्रस्तावले पर्वतीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथा प्राविधिक छलफल कार्यान्वयनका मुद्दासँग जोड्ने अपेक्षा छ। अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्यांक तथा अवलोकन प्रणाली र पूर्वसूचना प्रणालीलाई कार्यक्रमका प्रमुख क्षेत्रका रूपमा प्रस्ताव गरिएको छ। वार्तामा सलग्न नेपाली अधिकारीले यो निर्णयको स्वागत गरेका छन्।

”कोप प्रक्रियामा पहिलोपटक नेपाल र भुटानले यो अजेन्डा प्रस्ताव गरेका हुन्। अब हामीले यसको कार्यान्वयनका लागि आफ्नो तर्फबाट स्पष्ट मार्गचित्र तयार गरी अगाडि बढ्नुपर्छ,” कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले भने।

नेपाल र भुटानले यूएनएफसीसीसी प्रक्रियामा पर्वतीय जलवायु परिवर्तनका मुद्दा थप बलियो मान्यता दिन माग गर्दै आएका छन्। उनीहरूले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनलाई स्थायी एजेन्डाका रूपमा राख्नुपर्ने, छुट्टै कार्यकार्यक्रम बनाउनुपर्ने र पर्वतीय क्षेत्रका लागि आवश्यक जलवायु वित्तमा विशेष ध्यान दिनुपर्ने प्रस्ताव अघि सारेका थिए।

यी दुई हिमाली मुलुकले हिमनदी पग्लने क्रम, हिमताल विस्फोटबाट हुने बाढी (जीएलओएफ), जलप्रणालीमा परिवर्तन, अति वृष्टि तथा अन्य चरम मौसमी घटना र पर्वतीय समुदायमाथि बढ्दो जोखिमलाई छुट्टै र निरन्तर अन्तर्राष्ट्रिय सम्बोधन आवश्यक पर्ने विषयका रूपमा उठाउँदै आएका छन्।

जलवायु परिवर्तन विज्ञ डा. विमल रेग्मीले पर्वतीय कार्यक्रमलाई दुवै सहायक निकायअन्तर्गत राख्ने प्रस्तावलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन्।

‘एसबीआई र एसबीएसटीएअन्तर्गत दुईवर्षे कार्यक्रम हुनु महत्त्वपूर्ण उपलब्धि हो। दुवै सहायक निकायमा यो विषय समावेश र संयोजन हुनु राम्रो हो,’ रेग्मीले भने।

रेग्मीका अनुसार पर्वतीय जलवायु परिवर्तन वैज्ञानिक चुनौती मात्र होइन, कार्यान्वयन, वित्त, न्याय र शासन व्यवस्थासँग पनि जोडिएको विषय हो।

मस्यौदाले सन् २०२७ को जुनमा हुने एसबीएसटीए-६६ र सन् २०२८ को जुनमा हुने एसबीएसटीए-६८ का अवसरमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी दुई संवाद आयोजना गर्ने प्रस्ताव गरेको छ। त्यसपछि कोप ३२ मा आगामी सम्मेलनको अध्यक्षताको निर्देशनमा पर्वतीय जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय संवाद आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ।

यी संवादको निष्कर्ष समेटिएको प्रतिवेदन पेरिस सम्झौताअन्तर्गत पक्ष राष्ट्रहरूको बैठकको दसौं सत्र (सीएमए १०) मा प्रस्तुत गर्ने व्यवस्था पनि मस्यौदामा प्रस्ताव गरिएको छ तर जलवायु परिवर्तन विज्ञ रेग्मीले प्रस्तावित दुई वर्षे कार्यक्रम स्पष्ट कार्यादेश, संस्थागत व्यवस्था, अपेक्षित उपलब्धि र दीर्घकालीन संस्थागत विकासको मार्गसहित अघि बढ्न नसके अस्थायी प्राविधिक अभ्यासमा सीमित हुन सक्ने चेतावनी दिएका छन्।

‘मुख्य चिन्ता पनि यही हो - दुई वर्षे कार्यक्रम दीर्घकालीन राजनीतिक प्रतिबद्धता बन्नुको सट्टा अस्थायी प्राविधिक अभ्यासमा सीमित हुन सक्छ,’ उनले भने।

रेग्मीका अनुसार यूएनएफसीसीसीअन्तर्गत निरन्तरता पाउने, पर्याप्त स्रोतसाधनसहित अघि बढ्ने र संस्थागत मान्यता प्राप्त पर्वतीय एजेन्डा निर्माण गर्नु रणनीतिक लक्ष्य हुनुपर्छ र  यस्तो एजेन्डा पेरिस सम्झौतासँग जोडिएको हुनुपर्दछ।

मस्यौदाले विद्यमान संयन्त्रमार्फत सहयोग जुटाउँदै महासन्धि र पेरिस सम्झौताअन्तर्गत पहिले भएका कामलाई आधार बनाएर अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्यांक तथा अवलोकन र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

विज्ञका अुनसार प्रस्तावित कार्यक्रमको अन्तिम कार्यादेश, संस्थागत व्यवस्था र उपलब्धिले यो पहल दीर्घकालीन संयन्त्र बन्ने वा समयसीमित कार्यक्रममै रहने भन्ने निर्धारण गर्नेछ।  
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस