अशोक यादवलाई ६ दलको समर्थन, शनिबार सर्लाही बन्दको घोषणा
२८ असार २०८२
•
२ मिनेट पाठ
अशोक यादवलाई ६ दलको समर्थन, शनिबार सर्लाही बन्दको घोषणा
जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवको समर्थनमा सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको छ।




नेता यादवमाथि प्रहरीले लाएको झुठा मुद्दा खारेज गर्नुपर्ने र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको हो। जसपा सर्लाहीका कार्यकर्ताहरूले सदरमुकाममा प्रदर्शन गर्दै नेता यादवको पक्षमा तथा एसपी खड्काको विपक्षमा नारा लगाएका थिए।

जसपा नेता यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी जारी गराइसकेको छ। गत हप्ता जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला जिल्लाभरका प्रहरी तैनाथ गरिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले नेता यादवलाई पक्राउ गर्न सकेको छैन।

गत हप्ता सर्लाहीको मलंगवामा रहेको पूर्वाधार कार्यालयमा प्रहरीको निगरानीमा राति कमिसन दिनेलाई मात्र चेक बनाउने काम गरेको विषयमा नेता यादव र एसपि खड्काबिच गालीगलौज भएको थियो। गालीगलौज लगत्तै सर्लाही प्रहरीको टोली राति नै जसपा नेता यादवलाई पक्राउ गर्न उनको घर पुग्दा प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए।

नेता यादवमाथि लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने र एसपी खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै गत शनिबार पनि जसपाले मलंगवामा प्रदर्शन गरेको थियो।

घटनाको छानबिनको माग गर्दै सर्लाहीमा कार्यरत विभिन्न पाँच दलले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनको चेतावनी पनि दिएका थिए।

मलंगवामा शुक्रबार भएको प्रदर्शनपछि जसपा सर्लाहीका सचिव सोहन झाले सर्लाही प्रहरीले नेता यादवमाथि लगाएको झुठो आरोप तत्काल फिर्ता नलिए शनिबार बलंगवा बजार बन्द गर्ने र जिल्लाभरको यातायात ठप्प पार्ने चेतावनी दिएका छन्।

यो समाचार तयार पारुन्जेल मलंगवा सदरमुकाममा बन्दको असर नदेखिएको सर्लाहीका प्रहरी प्रवत्ता डिएसपी सरोज राइले बताए।

अशोक यादवलाई ६ दलको समर्थन

अध्यक्ष यादवमाथि सर्लाही प्रहरीद्वारा लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने माग राख्दै सर्लाहीका विभिन्न छ दलले समर्थन जनाएका छन्। उनीहरूले सर्लाही प्रहरी प्रमुखमाथि नै कारबाहीको माग गरेका छन्।

सर्लाहीको मलंगवामा यादव र सर्लाही प्रहरी प्रमुख भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने र यादवमाथि लगाइएको मुद्दा तत्काल खारेज हुनुपर्ने लगायतका माग राख्दै जनता समाजवादी, नेपाल समाजवादी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी र जनमत पाटीले संयुक्त रूपमै प्रेस वत्तव्य जारी गर्दै नेता यादवको समर्थनमा उत्रिएका हुन्।

गत हप्ता सर्लाहीको मलंगवामा रहेको पूर्वाधार कार्यालयमा प्रहरीको निगरानीमा राति कमीसन दिनेलाई मात्र चेक बनाउने काम गरेको विषयमा नेता यादव र एसपी खड्काबिच गालीगलौज भएको थियो। गालीगलौज लगत्तै सर्लाही प्रहरीको टोली राति नै जसपा नेता यादवलाई पक्राउ गर्न उनको घर पुग्दा प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए। जसपा अध्यक्ष यादवमाथि सर्लाही प्रहरीले अपराधिक उपद्रव मुद्दा दर्ता गरेर अदालत मार्फत पक्राउ पुर्जी जारी गरेपछि नेता यादव फरार छन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस