विराटनगरकी ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर–१२ का ३५ वर्षीय संजन कामतलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। कात्तिक १५ गते पीडित नाबालिकाका आफन्तले मौखिक सूचना दिएपछि कामतलाई पक्राउ गरिएको थियो। १६ गते पीडितले कामतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दिएका थिए।
११ गते बिजुली बनाउन पुगेका कामतले घरमा कोही नभएको मौकामा नाबालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ। कामतविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए।