प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा
२६ भदौ २०७९
•
२ मिनेट पाठ
प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ।  




पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उनले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिए।

उनले भने, 'हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट पूरा गरिनेछ।'

भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सङ्गठनका प्राथमिकताका क्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराए।  

सबैको सामूहिक प्रयासबाट सेनाको सुदृढीकरण तथा सबलीकरण हुने भएकाले समयानुकूल व्यवसायीकरण हुँदै जाने बताउँदै उनले नेपाली सेना सबै नेपालीको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गरे।

मुलुकमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको सो अवसरमा उल्लेख गरियो। नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो।

सेनाको मूल्यमान्यताको सम्वद्र्धन र प्रवद्र्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आआफ्नो दायित्व पूरा गर्न पनि सेनापतिले निर्देशन दिनुभएको प्रवक्ता नारायण सिल्वालले बताए।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाइ सुरक्षा, विकट र संवेदनशील क्षेत्रमा मतपत्र ढुवानीसहित मतदानस्थलको बाहिरी सुरक्षामा सेनाको व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न पनि उनले निर्देशन दिए।

सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना अघि बढिरहेको छ। सो अवसरमा प्रधानसेनापति शर्माले सेनाको कफी टेबल बुक र ‘लिडर रिडिङ कलेक्सनको विमोचनका साथै उत्कृष्ट लेखकका स्रष्टालाई पुरस्कार प्रदान गरे।
अर्को समाचार
म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी
२१ असोज २०८०
•
३ मिनेट पाठ
म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी
प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।




प्रधानमन्त्रीको पुष्पकमल दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा आएकाहरूको तालिमको अवसरलगायतको वृत्ति विकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको हो।

‘तीन वर्षका लागि विशेष पद थप गरिएका सहायक रथी अधिकारीलाई तालिम विभागजस्तो महत्वपूर्ण विभागको जिम्मेवारी दिनुले सेनाभित्रै असझदारी उत्पन्न भएको छ। हाँलाई माओवादीबाट समायोजनमा आएका लडाकुको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ यो विभागमा ल्याइएको हो,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने, ‘उहाँलाई यहाँ ल्याउनुमा राजनीतिक नेतृत्वको मुख्य हात रहेको छ।’

नेपाली सेनाको विशेष पदमा कार्यरत रहेका अधिकारीको ३१ भदौमा सुटुक्क तीन वर्ष पदावधि थप गरिएको थियो। उनको पदावधि भदौ ३१ गते सकिँदै थियो। तर, मन्त्रिपरिषद् बैठकले तीन वर्ष थप गर्दै सेवा अवधिलाई निरन्तरता दिएको थियो। माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन भएका थिए।

अहिले माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सकारले सैनिक नियमावलीअनुसार उनको विशेष पद सिर्जना गरेर पदावधि थप गर्दै सेवालाई निरन्तरता दिएको थियो। उनको म्याद थप गरेको निर्णय नै केही समय गोप्य राखिएको थियो।
नेपाली सेनाका उच्च अधिकारीका अनुसार प्रधानसेनापति शर्माले बेलायत भ्रमणमा जानुअघि सेनाको महत्वपूर्ण विभागमा सरुवा गरेर अर्को त्यस्तै महत्व राख्ने विभागमा काज सरुवा गरेका थिए। उनी आइतबार बेलायत गएर २६ असोजमा स्वदेश फर्कनेछन्। आइतबार प्रधानसेनापति शर्मा बेलायती प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा बेलायत भ्रमणमा निस्कन लागेका हुन्।

बेलायत जानुअघि शुक्रबार नै प्रधानसेनापति शर्माले सहायक रथी अधिकारीलाई काज सरुवा गरेर महत्वपूर्ण विभाग दिएका हुन्। सो विभागले सैनिक अधिकृतको सरुवा,बढुवा र वृत्ति विकास सम्बन्धी काम गर्छ।

त्यस्तै, उनी काजमा गएको तालिम विभागले बढुवा लागि अवसर प्राप्त हुने किसिमका तालिको अवसर सिर्जना गरी अधिकारीलाई खटाउने गरेको छ। उनलाई एकैपटक दुईवटा जिम्मेवारी दिइएको छ। यसले गर्दा नेपाली सेनामा रहेका र समायोजनमा आएका माओवादी निकट रहेका लडाकुलाई मालिल्लो तहसम्म पुर्‍याउने अवसर प्राप्त हुने सैनिक अधिकारीको दाबी छ।

सहायक रथी अधिकारीको पछिल्लो पटक थप गरिएको तीन वर्षे पदावधि विवादमा परेकै बेला प्रधानसेनापतिले सैनिक सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी दिएपछि सेनाभित्रै तरंग उत्पन्न भएको छ। ‘उहाँले म्याद थप गर्ने विषयमा प्रधानमन्त्रीसँग अडान राख्न नसके पनि सरुवाको विषयमा भने अडान राख्नुहोला भन्ने थियो तर महत्वपूर्ण जिम्मेवारी दिएर बेलायत भ्रमण जानु लाग्नुभयो, बेलायतपछि उहाँ चीन भ्रमणमा जाँदै हुनुहुन्छ।

सैनिक सचिवको जिम्मेवारीमा उहाँ (अधिकारी) नै रहने भएकाले सेनाको परम्परागत वृत्ति विकासमा असर पर्ने सम्भावना बढेर गएको छ,’ सेनाका एक उच्च अधिकारीले भने।

तत्कालीन समयमा शिविरमा राखिएका १९ हजारभन्दा बढी लडाकुमध्ये तीन हजार एक सय ३१ जनाले सेनामा समायोजन रोजेका थिए। त्यसमध्ये एक हजार तीन सय १३ लाई मात्र समायोजनको बाटो खुलेको थियो।
सैन्य कमाण्डर यमबहादुर अधिकारीको नेतृत्वमा माओवादीले आफ्ना लडाकुलाई समायोजनमा पठाएको थियो। समायोजनमा गएका अधिकारी हाल नेपाली सेनाको सहायक रथी भएका छन्।

त्यस्तै, लडाकुबाट छिरेका १३ सेनानी, ३० सहसेनानी र २४ उपसेनानी भइसकेका छन्। सेनामा लडाकुबाट गएकामध्ये अधिकृत ७०, पदिक ५९ र जवान एक हजार एक सय ८४ जना छन्। उनीहरू सेनाको विभिन्न युनिट तथा सबयुनिटमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ। सेनाले समायोजमा परेका लडाकुलाई वरिष्ठता, सेवाअवधि, शिक्षालगायत आधारमा पद दिएको थियो। 
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस