थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना
०१ असोज २०७९
•
२ मिनेट पाठ
थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन्। पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन सुरु गरेका हुन्।  




सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमितासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापा चर्चामा आएका थिए। तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने क्रममा उनले कमान्ड कन्सेप्टलाई एक वर्षमै स्थगित गर्दै पुरानै आठ पृतना हेडक्वार्टरको संरचनामा फर्काएका छन्। शर्माले सरकारलाई दिएको परामर्शपछि भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरानै संरचना ब्युँतिने भएको हो। योसँगै अब नेपाली सेनाका ७ प्रदेश तथा एक राजधानी गरै पुरानै आठ पृतना हेडक्वार्टर पुनःस्थापित हुनेछन्।

सेनाका प्रवक्ता सहायक रथी नवराज सिलवालले सेना पुरानै संरचनामा गए पनि कमान्ड कन्सेप्टबाट नबाहिरिने बताए। ‘कमान्ड कन्सेप्ट जारी नै रहन्छ। मात्र हुबहु कार्यान्वयनमा तत्काल नजाने हो। राज्य सक्षम भएका बेला जाने बाटो खुला नै रहन्छ,’ उनले  भने । तर त्यसो गरिँदा संघीय संरचनालाई भने ध्यान दिइने उनको  भनाइ थियो । ‘देश संघीय संरचनामा भएकाले व्यावहारिक रूपमा संघीयताअनुकूलको संरचना पनि चाहिन्छ भन्ने बुझाइ भएको छ,’ उनले भने।

नयाँ अवधारणाको कमान्ड कन्सेप्टमा जाने क्रममा नयाँ बन्ने गण, गुल्म, नयाँ पूर्वाधार संरचना, हातहतियार तथा खरखजानामा धेरै खर्च लाग्ने भन्दै प्रवक्ता सिलवालले भने, ‘जुन अहिलेको देशको अर्थतन्त्रले पनि धान्न नसकिने देखियो। यसो हुनुभन्दा पुरानै स्थापित संरचनामा फर्किंदा प्रदेशसँग समन्वय गरेर काम गर्न सघाउ पनि पुग्ने र थप आर्थिक भार नपर्ने भएपछि सेना पुरानै संरचनामा फर्किने समीक्षामा पुगेको हो।’ सेनाले २०७८ साउन १ देखि कमान्ड कन्सेप्टमा आफूलाई लगेको थियो। २०८३ सम्म पूर्ण रूपमा यो कन्सेप्टमा सेनालाई रूपान्तरण गरिसक्ने गरी पुराना ८ पृतना खारेज गरेको थियो। कमान्ड कन्सेप्टलाई ‘थ्री प्लस–वान’ कमान्डका आधारमा संरचना गरिएको थियो। जसमा पूर्वी–कमान्ड, मध्य–कमान्ड र पश्चिम–कमान्ड गरी तीन र उपत्यका–कमान्ड गरी सैनिक मुख्यालयअन्तर्गत चारवटा कमान्ड–कन्ट्रोल रहने व्यवस्था थियो।

पुरानो संरचनामा जाँदा सैनिक दरबन्दीमा धेरै फेरबदल नहुने सैनिक प्रवक्ता सिलवालले बताए। ‘कमान्ड कन्सेप्टमा जाँदा पनि हाम्रो दरबन्दी थप भइसकेको थिएन। अब पृतना हेडक्वार्टरको संरचनामा जाँदा पनि धेरै थपघट केही हुनेछैन,’ उनले भने। तर, संरचनागत रूपमा आवश्यक कमान्डअनुसारका अधिकृतको पदमा भने केही हेरफेर हुनसक्ने सेनाले जनाएको छ। ब्युँतिने पृतना हेडक्वार्टरको नेतृत्व पहिलेजस्तै सहायक रथीले गर्ने जनाइएको छ। शर्माले यसअघि पनि सैनिक नेतृत्वमा हँुँदा थापाले गरेका तमाम निर्णय उल्टाएको सैनिकस्रोत बताउँछ। ‘तीमध्ये यो सबैभन्दा ठूलो निर्णय हो,’ स्रोतले भन्यो, ‘यसअघि सैनिक बढुवामा भएको तलमाथि, विवादास्पद निर्णय र कारबाहीको निर्णय उल्टाउनुभएको थियो।’
अर्को समाचार
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
१४ वैशाख २०८१
•
१ मिनेट पाठ
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरू तर्फ गरी झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ।




जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

विस्तृत विवरणसहितः

भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस