न्याय माग्दामाग्दै थाकिन् निहारिका
२८ साउन २०७९
•
४ मिनेट पाठ
न्याय माग्दामाग्दै थाकिन् निहारिका
निहारिका राजपुत।
शीतलनिवासको भव्य महलभित्र बस्छिन्, राष्ट्रपति विद्यादेवी भण्डारी। त्यही महलअघि शुक्रबार एक महिलाले आत्मदाहको प्रयास गरिन्। ती महिलाले शरीरमा एक बोतल पेट्रोल खन्याइन्, अर्को बोतल खन्याउने तरखर गर्दै थिइन्। त्यसपछि सायद सलाई कोरेर शरीरमा आगो लगाउने योजनामा थिइन् उनी। त्यत्तिकैमा प्रहरीले झम्टेर उनलाई बचायो। न्यायको भिख माग्दामाग्दै थाकेर उनी आत्मदाहको स्थितिमा पुगेकी हुन्। न्यायका लागि उनले परिवारको साथ खोजिन् तर तिरस्कृत मात्र भइन्, अदालत धाइन्, उल्टै अपमान खेपिन्, सरकारसँग महिनौं गुहार मागिन् तर त्यसले पनि सुन्दै सुनेन।




यसरी महिनौंको चित्कार कसैले नसुनेपछि उनी आत्मदाहको स्थितिसम्मुख पुगेकी हुन् ‘कुमारी आमा’ अर्थात् सोनालकुमारी सिंह (निहारिका राजपुत) । जलेश्वर नगरपालिका-८, महोत्तरीकी २१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्यायको भिख माग्दै भौंतारिइरहेकी छन्। उनीसँग बलात्कारबाट रहेको गर्भबाट जन्मिएको दुई वर्षीय छोरा समेत छ। यसरी साढे दुई वर्षसम्म एक्लै न्यायका लागि भौंतारिँदा पनि न्याय मिल्ने छाँटकाँट नदेखिएपछि उनी आत्मदाहको स्थितिमा पुगेकी हुन्।

के थियो घटना?

निहारिका धनुषाको जनकपुरधाममा डेरा बसी होटल म्यानेजमेन्ट पढ्दै थिइन्। त्यसपछि धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–३ की एक साथीसँग उनको निकट मित्रता भयो। उनले निहारिकालाई सधैंजसो आफ्नो घर लग्थिन्। त्यही क्रममा ती साथीका दाइ २२ वर्षीय शिवराज श्रेष्ठसँग निहारिकाको चिनजान भयो।

२०७६ कात्तिक ६ गते शिवराजले नसालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाले बताउँदै आएकी छन्। उनका अनुसार बलात्कारपछि शिवराजले नग्न तस्बिर लिएको र त्यहीँ तस्बिर सार्वजनिक गर्ने भन्दै धम्क्याउने गरेका थिए। नजिकका जानकारका अनुसार निहारिकालाई शिवराजले माया गर्ने भन्दै फकाएर राखेका थिए। समस्या त्यतिबेला उत्पन्न भयो, जब निहारिकाको पेटमा गर्भ बस्यो। गर्भबारे निहारिकाले जानकारी गराउँदा शिवराजले उल्टै तिरस्कार गरे।

सम्पन्न परिवारकी छोरी निहारिकाले हिम्मत जुटाएर आफ्ना अभिभावकसँग सत्यता बताइन्। तर परिवारले घटना बाहिर ल्याउन मानेन, उल्टै समाजमा इज्जत जाने डरले गर्भपतन गराउन दबाब दियो। परिवारले दिएको दबाब आफूले नमानेको केही समयअघि नागरिकसँग उनले बताएकी थिइन्। त्यसपछि भने उनलाई आफ्नै परिवारले समेत बहिष्कार गर्‍यो।

यसरी आफूमाथि अन्याय भएको महसुस गरेर निहारिकाले २०७६ फागुन १९ गते शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइन्। जसमा ‘ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको’ बेहोरा उल्लेख छ। जाहेरीमा बलात्कारपछि रहेको गर्भ फाल्न शिवराजले पनि दबाब दिएको खुलाइएको छ।

जाहेरी दर्तापछि शिवराजलाई प्रहरीले पक्राउ गर्‍यो। थुनछेक बहसमा जिल्ला अदालत धनुषाले शिवराजलाई पुर्पक्षका लागि जेल चलानसमेत गरेको थियो। जिल्ला अदालतले यो मुद्दा टुंग्याउन लामो समय लगाइदियो। यही क्रममा २०७७ भदौ ५ गते निहारिकाले छोरो जन्माइन्।लामै प्रतीक्षापछि २०७८ माघ २४ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले मुद्दाको फैसला सुनायो। जुन फैसलामा निहारिका बलात्कृत नभएको भन्दै शिवराजले सफाइ पाए र पुर्पक्षका लागि थुनामा रहेका उनी छुटे।

सडकमा सत्याग्रह

आफूमाथि अन्याय भएको र अदालतले समेत गलत फैसला गरेको भन्दै निहारिका अदालतपरिसरमै अनशन बसिन्। जहाँ प्रहरीले हस्तक्षेप गरेपछि उनको अनशन बिथोलियो। जिल्ला अदालतको फैसलापछि निहारिकाले २०७८ फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरिन्। उच्च अदालतमा मुद्दा सुनुवाइमा भइरहेको ढिलाइबाट न्याय पाउने छाँटकाँट नदेखेपछि उनी गत जेठ मसान्तमा काठमाडौं आइन्।

नाबालक बच्चाका साथ एक्लो तथा बहिष्कृत जीवन व्यतीत गरिरहेकी उनले काठमाडौंको माइतीघर मण्डलामा पाँचबुँदे माग राखेर ‘सत्याग्रह’ सुरु गरिन्।

उनका पाँचवटा मागमा पहिलो बच्चाको डिएनए टेस्ट, दोस्रो उच्च अदालतमा पेसी तोकी बच्चा र आमालाई सुरक्षित गरिदिनुपर्ने, तेस्रो मुद्दाको पुनः अनुसन्धान हुनुपर्ने, चौथो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृत र न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने र पाँचौं बच्चाको लालनपालन हेरचाह, स्वास्थ्योपचार, शिक्षाआदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्ने थिए।

माइतीघरमा अनशन बसिरहँदा त्यहाँबाट प्रहरीले हटाएपछि उनी वसन्तपुर डबली गएर अनशन बसिन्। राष्ट्रिय महिला आयोग, महिलाका लागि काम गर्ने विभिन्न संस्थामा पुग्दा पनि कतैबाट न्याय पाउने आशा नपलाएपछि सडकमा उत्रिएको उनले बताएकी थिइन्। त्यही अनशनकैबीच असार २ गते उच्च अदालत जनकपुरधामले पहिलो सुनुवाइ गर्दै प्रत्यर्थी शिवराजलाई झिकाउन आदेश गरेको थियो।

त्यसको दोस्रो दिन सरकारी पक्षसँग पाँचबुँदे सहमति भएपछि निहारिकाले अनशन तोडेकी थिइन्। गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडाएका थिए। यो सहमति भएको डेढ महिना नाँघ्दा पनि सरकारले सहमति कार्यान्वयन नगरेपछि निहारिकाले साउन २० गतेदेखि फेरि संघर्ष सुरु गरेकी छन्। यसै क्रममा सुरुकै दिन उनी सिंहदबार अगाडि अनशन बस्न पुगेकी थिइन्। सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई त्यहाँबाट प्रहरीले हटाएको थियो। उनी साउन २२ गते सर्वोच्च अदालतको गेटमा अनशन बस्न गइन्, त्यहाँबाट पनि प्रहरीले हटायो। उनी अन्य समय त्यहीं अनशन बस्दै आएकी थिइन्, जहाँ प्रहरीले पहरा पनि दिँदै आएको थियो।

यसरी एक सातादेखि अनशनमा रहेकी निहारिका शुक्रबार प्रहरीको आँखा छलेर सुटुक्क शीतलनिवास अघि पुगेकी थिइन्। आत्मदाहको योजनासहित हिँडेकी उनले दुई बोतलमा पेट्रोल र लाइटर समेत लगेकी थिइन्। यसरी निहारिका शीतलनिवासतिर गएको सूचना पाएपछि प्रहरी हाइअलर्टमा थियो। शीतलनिवास पुग्नासाथ निहारिकाले शरीरमा एक बोतल पेट्रोल खन्याइन् र अर्को खन्याउने तयारी गर्दा प्रहरीले उनलाई समातिहाल्यो। प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगेर राखेको छ। निहारिकाकी साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन्।
अर्को समाचार
निहारिका भन्छिन्: मेरो प्यास ‘जुस’ले मेटिदैन, ‘न्याय’ले मात्र मेटिन्छ
२९ साउन २०७९
•
४ मिनेट पाठ
निहारिका भन्छिन्: मेरो प्यास ‘जुस’ले मेटिदैन, ‘न्याय’ले मात्र मेटिन्छ
न्यायका लागि लड्दै निहारिका।
महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) जनकपुरधाममा डेरा बसेर होटल म्यानेजमेन्टको पढाइ गर्दै थिइन्। सँगै पढ्ने धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–३ की साथीको आग्रहमा उनको घर गईरहन्थिन्। घर आएको बेला साथीको दाई शिवराज श्रेष्ठले निहारिकालाई खानेकुरामा नशालु पदार्थ मिसाएर खवाएर आफूलाई बलात्कार गरेको निहारिकाको भनाइ छ।




०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन्।

‘मलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला उसले विभिन्न फोटो खिचेको रहेछ। कसैलाई बताए सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्ने धम्की दिएको थियो उनले भनिन्,‘ त्यसैले १४ दिनसम्म चुपचाप बसेँ।’

सम्पन्न परिवारकी कान्छी छोरी निहारिकाले १४ दिनपछि हिम्मत जुटाएर परिवारका सदस्यलाई आफू बलात्कृत भएको बताइन्। तर, परिवारले घटना बाहिर ल्याउन मानेन र उनी पुनः चुप बसिन् । ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो,’ उनले भनिन्, ‘मैले मानिन।’ परिवारले भनेको नमानेपछि उनी बहिस्कृत भइन् । उनी भन्छिन्, ‘परिवारबाट बहिस्कृत भएरै ०७७ भदौ ५ छोरालाई जन्म दिएँ।’

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छ,’ उनले भनिन्, ‘ अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने ?’ न्यायका लागि भए जती सबैको ढोका ढकढक्याएँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि राष्ट्रप्रमुखको महल अगाडी आत्मदाह गर्ने निर्णयमा पुग्न बाध्य भएँ, शिक्षण अस्पतालमा उपचाररत्त निहारिकाले नागरिकन्यूजसँग भनिन्,‘न्याय पाउन म मर्नुपर्ने हो?’

अहिलेपनि म आमरण अनसनमै छु। साउन २० गतेबाट मैले यो अनसन सुरु गरेकी हुँ। तर राज्यले न अनसन बस्न दिन्छन् न न्याय दिन्छन् उनी भन्छिन्,‘यस्तो अवस्थामा मसँग आत्मदाह गर्नुको विकल्प थिएन। मैले शीतल निवास अगाडी आत्मदाह गर्न खोज्दा प्रहरीले रोके। ‘अहिले राष्ट्रपतिले मेरो मुद्दामा चासो लिएको सुनेको छु’ उनले भनिन्,‘ मुद्दामा फैसला गर्ने धनुषाका तत्कालिन जिल्ला न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएको सुनेकी छ। उनीमाथि अनुसन्धान भइरहेको समेत जानकारी पाएकि छु, उनले भनिन्।’

पाँच बुदे माग

निहारिकाले न्यायका लागि पाँच बुँदे माग राखेकी छन्। पहिलो बच्चाको डिएनए टेस्ट। दोस्रो, उच्च अदालतमा पेशी तोकी बच्चा र आमालाई सुरक्षित गरिदिनुपर्ने। तेस्रो, मुद्दाको पुनः अनुसन्धान हुनुपर्ने। चौथो, फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने । पाँचौ, बच्चाको लालनपालन हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्ने सहमति पत्रमा उल्लेख छ।

निरन्तर संघर्ष

०७६ मा जाहेरी दर्तापछि शिवराज पक्राउ परे र अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भए। जाहेरी दर्ता भएको २ वर्षपछि (०७८ माघ २४) मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले सोनाली (निहारिका) बलात्कृत नभएको फैसला सुनायो।

यो फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटे। शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनशन बसिन्। प्रहरीको हस्तक्षेपपछि निहारिकाको अनशन बिथोलिएको थियो। जिल्ला अदालतको फैसलापछि निहारिकाले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन्।

त्यसपछि निहारिका न्यायका लागि निरन्तर कानुनी र अनसनमात्र सत्याग्रह गर्दै आएकी छन्। निहारिकाले शिवराज श्रेष्ठ भन्ने व्यक्तिको जबर्जस्ती करणीबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर गत जेठ २९ बाट काठमाडौंमा अनशन बसेकी थिइन्। काठमाडौैंको माइतीघरमा अनसन बस्दा प्रहरीले हटाइदिएपछि  वसन्तपुरमा अनशन बसेकी उनीसँग असार ३ गते गृहमन्त्री बालकृष्ण खाँणले सहमति गरेका थिए। माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री खाँणले जुस पिलाएर निहारिकाकाको अनशन तोडाएका थिए। सरकारसँग भएको सहमतिपत्रमा आरोपित भनिएका श्रेष्ठ र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनका छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनशनकर्तालाई आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने उल्लेख छ।  

तर, उक्त सहमति कार्यान्वयन नगरिएपछि निहारिकाले साउन २० गते सिंहदरबार दक्षिणढोकाअघि आमरण अनशन बस्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनले शुक्रबार शितल निवास अगाडी आत्मदाहको प्रयास गरेकी थिइन्।

‘गृहमन्त्रीले झुठ बोल्नु भएछ। उहाँले झुट पनि बोल्नु पर्दैन, मलाई जुस पनि खुवाईराख्नुपर्दैन’, उनले भनिन्,‘अब कसैले भनेर अनशन तोड्दिन। ‘मेरो प्यास ‘जुस’ले मेटिने होइन’ निहारिकाले भनिन्,‘म र मजस्ता कुमारी आमालाई न्याय मिले मात्र मेरो प्यास मेटिन्छ।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस