खेतीपाती सपार्न थारू गाउँमा ‘हरेरी पूजा’
२७ साउन २०७९
•
३ मिनेट पाठ
खेतीपाती सपार्न थारू गाउँमा ‘हरेरी पूजा’
खेतीपाती सकेर अहिले थारू समुदाय ‘हरेरी पूजा’मा व्यस्त छन्। खेतीपातीमा कुनै किसिमको रोगव्याधि नलागोस् र बालीनाली सप्रियोस् भनेर किसानहरू अहिले हरेरी पूजामा व्यस्त रहेका छन्। बर्खे खेती सकाएर बालीको सुरक्षाका लागि थारू समुदाय आदिम कालदेखि नै हरेरी पूजा गर्दै आएका हुन्। 




हरेरी  पूजामा थारू समुदायका किसानले गाउँको साझा देउता ‘भुइँया भवानी’ को पूजा गर्ने गर्छन्। गाउँका सबैले धान रोपी सकेपछि साउन महिनामा सामूहिकरूपमा हरेरी पूजा गर्छन्। थारू गाउँमा यो पूजा गरेपछि खेतीपातीमा कुनै किसिमको रोग व्याधि नलाग्ने, खेती हरियो भइरहने र बढी अन्न फल्ने जनविश्वास छ। सोही अनुसार थारू गाउँमा हरेरी पूजा भइरहेका छन्।

धनगढी उपमहानगरपालिकाको जाइँ गाउँमा पनि थारू समुदायले भव्यताका साथ हरेरी पूजा गर्न थालेका छन्। उनीहरु शुक्रबार राति जाग्राम बसेर शनिबार बिहान हरेरी पूजा गर्न थालेका छन्। हरेरी पूजा विधि सकेपछि चार दिन उनीहरूले हरेरी संस्कृति जगेर्ना गर्न ‘हरेरी महोत्सव’को आयोजना गर्न थालेका छन्। पहिलो दिन गाउँमा केसौकी गर्ने, मरुवा वा देउथानमा पूजा गर्ने र साँझ पूजाको लागि गुइँठाको आगोमा गुरुवाले हाम्फाल्ने, मन्त्रोचारण गर्ने गरिन्छ। यसरी गर्दा अग्निले नछोए राम्रो शुभ वर्ष हुने विश्वास छ।  पूजाको भोलिपल्ट पूजारीले दिएको  खरिभन अर्थात दूध र आगो लिएर खेतबारीको गराको पानीमा उक्त खरिभन मिसाउँदा खेती सप्रने र यसले बाली जोगाउँछ भन्ने विश्वास रहेको जाइँ गाउँका भलमन्सा कूलवीर चौधरी बताउँछन्।      

प्राचीनकालमा महादेवले आफ्नो खेती हेरेर घर आउनै विर्सिन्थे। घरमा पार्वती खानाका लागि पर्खदा पर्खदै थाकेर एकदिन महादेवलाई घर नआउनको कारण सोध्दा राम्रो खेती देखेर महादेवले घर आउन मन नलागेको बताएपछि पार्वतीले धानमा कीरा लगाएको किंवदन्ती सुनाउँदै गाउँका अगुवा धनबहादुर चौधरीले भने,‘महादेव निराश भएपछि पुनः पार्वतीले दूध पानीमा हालेर तन्त्रमन्त्र गरेर महादेवलाई खेतबारीमा छर्न पठाइन्। पार्वतीको त्यही शक्तिले धानखेती पुनः पहिलेकै जस्तो भयो। त्यही किंवदन्ती अनुसार थारू समुदायले पनि हरेरी पूजामा दूधसहितको अभिषेकलाई खेतबारीमा छर्ने र हरेरी पूजा मनाउने गर्दै आएका छन्।’  

थारूको मौलिक तथा परम्परागत हरेरी पूजालाई संरक्षित गर्दै जाइँ गाउँमा हरेरी पूजापछि चार दिनसम्म हरेरी महोत्सवको आयोजना गर्न थालिएको थारू वुद्धिजीवी विनय चौधरीले भने,‘थारूहरूको मौलिक संस्कृतिअनुसार यसपालि पनि धनगढीको जाइँ गाउँमा हरेरी पूजापछि ‘हरेरी महोत्सव’को आयोजना गर्न थालेका छौँ।’ हरेरी महोत्सवमा थारू भेषभूषा तथा संस्कृति प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरेर चार दिनसम्म हरेरी महोत्सव उल्लासमय तरिकाले मनाइने उनले बताए। 

हरेरी पूजा नभएसम्म थारू गाउँमा मादल बजाउन पाइँदैन। यो पूजापछि मात्र थारू गाउँमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको बताउँदै उनले भने,‘हरेरी पूजापछि मात्रै थारू गाउँमा नाचगानको सुरुवात हुने भएकाले सोही अनुसार हामीले महोत्सव आयोजना गरी सांस्कृतिक कार्यक्रमको सुरुवात गरेका छौँ। यहीँदेखि थारू गाउँमा यसवर्षको नाचगानको सुरुवाती खोलेका छौँ।’ हरेरी पूजापछि हुने हरेरी महोत्सवमा चार दिनसम्म थारू संस्कृति झल्कने नाचगान हुने बताउँदै थारू समाजसेवी रामप्रसाद चौधरीले भने,‘हामीले महोत्सवमा थारू कलाकारहरू निम्त्याएर उनीहरुले प्रस्तुति दिनेछन्।’ महोत्सवमा थारू सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत हुने उनले बताए। 

हरेरी पूजा तथा महोत्सवका बारेमा जानकारी दिँदै जाइँ गाउँका भलमन्सा तथा थारू अगुवाहरू। तस्बिरः पुष्पराज जोशी÷नागरिक
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस