गोरखा नगरपालिका ८ आलेगाउँका २० वर्षीय अनिश आले असार ३० गते मृत भेटिए। सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिकातर्फ जाने नयाँबस्ती टोलको सडक छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपछि घटनास्थल पुगेको प्रहरीले आलेको मृत्यु भएको प्रमाणित गर्यो।
गोरखा अस्पतालमा पोष्टमार्टम भयो। टाउकोमा बाहिरपट्टीबाट सामान्य चोट देखिए पनि भित्री गहिरो चोटका कारण उनको मृत्यु भएको पोष्टर्माटम रिपोर्ट उदृत गर्दै प्रहरीले जनाएको छ।
शव भेटिएपछि उनको मृत्युको कारण थाहा पाउन प्रहरीले सुष्म अनुसन्धान थाल्यो। आलेको हत्या भएको हुन सक्ने आशंकापछि अनुसन्धानमा अघि बढेको प्रहरीले सात जनालाई पक्राउ गर्यो। अन्ततः अघिल्लो रात सँगै खानपिन गरेका साथीहरुबाट उनको हत्या भएको निष्कर्षसहित प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गर्यो। अदालतले सातै जनालाई पुर्पक्षका लागि सोमबार थुनामा पठाउन आदेश दिएको छ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका ८ का २० वर्षीय शिशिर थापा, पालुङटार ८ का १९ वर्षीय सचिनबाबु कोईराला, पालुङटार २ का १९ वर्षीय सुलभ राना मगर, धार्चे ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट ४ का २१ वर्षीय बिष्णु बिक, बन्दिपुर गापा ६ घर भई गोरखा सदरमुकाम बस्ने प्रथम गुरुङ, दाङ घर भई गोरखामा मजदुरी गर्दै आएका नरेश बुढा मगर रहेका छन्।
४२ वर्षीय नरेश बुढामगर बाहेक अन्य सबै असार २९ गते दिउँसोदेखि सँगै थिए। करिब १ बजे अन्य सात जनाको भेट भएको थियो। ती मध्ये चार जनाले ज्याला मजदुरी गर्थे। उनीहरुबीच मजदुरी गरेका साथीको यसअघि काम गरेको लिन बाँकी पैसा उठाउन जाने सहमति भयो। ज्याला बापतको चार हजार बुझेपछि उनीहरु लागूऔषधको खोजीमा लागे।
गोरखा नगरपालिका ९ लक्ष्मिबजारस्थित एक मेडिकलबाट रुघाखोकी, ज्वरो, शरीर दुखेको औषधि खरिद गरे। फरक फरक औषधिलाई लागूऔषधको रुपमा उनीहरुले एकै पटक प्रयोग गरे। सँगै हरियो गाँजालाई पनि लागूऔषधको रुपमा युवाहरुले प्रयोग गरे। साँझ करिब ६ बजेतिर उनीहरु गोरखा नगरपालिका ६ स्थित हार्डवेयरको स्टोरमा आईपुगे। त्यहाँ काम गर्ने ४२ वर्षीय नरेश बुढाले यसअघि पनि युवाहरुलाई गाँजा खाने ठाउँको रुपमा त्यहाँ बस्न दिने गर्थे। त्यो दिन पनि सात जना युवाहरु साँझ त्यहाँ पुगे।
गाँजा र लागूऔषधले लठ्ठ भएका उनीहरुले नगरपालिका चोक नजिकै रहेको एउटा होटलमा लोकल मदिरा पिए। युवाहरुले बास दिने नरेश बुढालाई पनि मदिरा सेवनका लागि बोलाए। आठ जनाले सामुयिक मदिरा सेवन गरे। प्रहरीका अनुसार कोही पनि होसमा थिएनन्। मदिरा सेवन गरेर होटलबाट निस्किएपछि कोही हातमा चप्पल बोकेर, एक अर्कोलाई हिर्काउँदै, बोक्दै दिउँसो बसेको ठाउँ (निर्माण सामग्रीको स्टोर) तर्फ लागे।
‘हामी कोही पनि होसमा थिएनौँ, औषधि, गाँजा र रक्सीले केही थाहा भएन’ पूर्पक्षका लागि थुनामा गएकाहरुको बयान उदृत गर्दै प्रहरीले भन्यो, ‘त्यतिबेला घटना भएको देखिन्छ।’ मदिरा र लागूऔषधले उन्मात युवाहरुबीच हातपातको अवस्था सिर्जना भयो। त्यसपछि घटनाबारे आरोपितहरु सबै अनविज्ञ रहेको बताउँछन्। ७ जना स्टोरमा गएर सुते। बिहान अनिशको शव साथीहरु सुतेको नजिकै नालीमा भेटियो। लागूऔषध, मदिरा अपराधको कारण बन्यो।
मृत्युको मुख्य कारक प्रहरीले लागुऔषध प्रयोगलाई लिएको छ। ‘रुघाखोकी, ज्वरोको औषधि चिकित्सकको पूर्जी बिना किनबेच गर्छौँ’ प्रहरी निरीक्षक सोमदास ढकालले भने ‘तर लागूऔषधको रुपमा दुब्र्यशनीले प्रयोग गर्ने भएकाले चिकित्सकको अनुमती बिना औषधि बिक्री बन्द गर्नुपर्छ।’ लागू पदार्थले उत्तेजना बढाउने हुँदा मानसिक असन्तुलन पैदा गर्छ। त्यतिबेला धेरै अपराधिक घटना हुने गरेको छ।
यस घटनामा युवा उमेरका संलग्न भएकाले उनीहरुको बानी व्यावहारबारे परिवारका सदस्य चनाखो हुनुपर्छ। ‘बालबालिका कहाँ गईरहेको छ, कस्तो व्यवहार देखाईरहेको छ, साथीसंगत कस्तो छ भन्नेबारेमा पनि परिवारका सदस्यले ख्याल गर्नुपर्छ’ गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले भने। लागूऔषधको रुपमा प्रयोग हुने गाँजा फडानी गर्ने अभियान जिल्लाभर प्रहरीले चलाएको छ। गाँजालाई लागूऔषधका रुपमा प्रयोग गर्ने क्रम धेरै भएकाले अपराध न्यूनीकरण गर्न गाँजा र घरेलु मदिरा नियन्त्रण अभियान चलाइएको एसपी खनालले बताए।
एकान्तमा बस्ने, टोलाउने, पढाइ वा काममा ध्यान नदिने, अटेरी गर्ने, अनावस्यक पैसा माग्ने, फरक ब्यवहार देखाउने गरेमा बालवालिकालाई अविभाबकले बानी व्यवहार सुधार गर्न प्रयत्न गर्नुपर्ने सुझाव उनको छ। ‘यो मात्र होइन अधिकांस अपराध लागूऔषध र मदिराले भएको छ’ उनले भने। युवा उमेरमै लागूऔषध दुव्र्यशनीमा फस्नेको संख्या बढेको छ। प्रहरीले गोरखा भित्रने नाका आँबुखैरेनी र जिल्लाका विभिन्न ठाउँमा लागूऔषध प्रयोगकर्ताको खोजी र कारवाहीलाई तीव्र बनाएको एसपी खनालले बताए। ‘गोरखा बिक्रीकर्ता भन्दा पनि प्रयोगकर्ता धेरै देखिन्छ’ उनले भने।