विद्यालयस्तरबाटै 'पढ्दै र कमाउदै' एनआरएनए परियोजना
२३ साउन २०७९
•
२ मिनेट पाठ
विद्यालयस्तरबाटै 'पढ्दै र कमाउदै' एनआरएनए परियोजना
विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ। परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन लागिएको हो।




गैरआवासीय नेपाली संघको 'पढ्दै र कमाउदै' परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक सिमखडाले जानकारी दिए। उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ।

अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिमखडाले जानकारी दिए। परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ।

परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ। पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ। सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्याण्ड) छन्।

कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया, र सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा.बिनोद पौडेल टर्की छन्।

यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा.बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल छन्।
अर्को समाचार
एनआरएनए जापानमा निउरेको दाबी
२५ असार २०८०
•
२ मिनेट पाठ
एनआरएनए जापानमा निउरेको दाबी
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष नबिन निउरेले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।




निउरेले आइतबार जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

सन् २००५ मा जापान प्रवेश गरेका निउरे सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन्। सन् २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै अहिले एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष रहेका निउरेले 'पारदर्शिता, रुपान्तरण, प्रबिधिमैत्री एनआरए जापान,नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान' भन्ने नाराका साथ अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेका हुन्।

निउरेले ८ बुंदे घोषणापत्र जारी गर्दै जापानमा रहेका नेपालीहरुले भोगेका समस्या समाधानका लागि जापान सरकारसंग आवश्यक पहल कदमी लिने लगायतका महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेका छन्।

'हामी जापानमा रहेका नेपालीहरुका समस्या समाधानका लागि जापानको सरकार संग समन्यवय गरेर अगाढी बढ्ने नीति लिने छौ' टोकियोमा आयोजित पत्रकार सम्मलेनमा निउरेले भने, 'त्यसका साथै शिव मन्दिर सहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना गर्नेछौं।'

अहिलेको कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने पनि निउरेले जानकारी दिए। 'अहिलेको कार्यकालमा जापानका विभिन्न कम्पनीसंग गरेका सम्झौतालाई पनि निरन्तरता दिनेछौं'  निउरेद्वारा जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ।

'एनआरएनए जापानमा एक जना स्थाई कर्मचारी नियुक्त गरि जापानबासी नेपालीका समस्या समाधानमा समेत पहलकदमी लिइने छ' उनले भने।

एनआरएनए जापानलाइ स्मार्ट एनआरएनए बनाउनका लागि यस संग सम्बन्धित कार्यलाई ब्यबस्थित गर्ने, एनआरएनए जापानले प्रदान गर्ने सेवाका सम्पूर्णलाइ जानकारी दिने र आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाइ पारदर्शी र थप बैज्ञानिक बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ।

एनआरएनए जापानको ११ औं महाधिवेशन जुलाई २९ तारिखमा हुँदै छ।  

को हुन् निउरे ?

बाग्लुंगको गल्कोटमा जन्मिएका निउरे सन् २००५ देखी जापानमा बसोबास गर्दै आइरहेका छन्। सन् २०१२ देखी एनआरएनए अभियानमा जोडीएका उनलाई थोरै बोल्ने अनि धेरै काम गर्ने एनआरएनए अभियन्ताका रूपमा चिनीन्छ।

सरल र मिजासिला स्वभावका निउरे जापानका नेपाली युवाहरुमाझ अत्यन्तै लोकप्रिय छन्। जापानबासी नेपालीलाई मर्दा पर्दा सँधै अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएका उनी व्यवसायमा समेत त्यत्तिकै सफल युवा मानिन्छन्।

रेमिट्यान्स,रेस्टूरेण्ट व्ययसायका साथै कन्सलटिंग कम्पनी सञ्चालन गरिरहेका उनले ५० भन्दा बढी नेपाली तथा जापानीलाई प्रत्यक्ष रोजगारी दिएका छन्। नेपालमा समेत शैक्षिक एवम् बैंकिंग क्षेत्रमा लगानी गरेका उनी जापानको नेपाली समुदायको उदयमान युवा व्ययसायी हुन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस