चाैतीस वर्षपछि कोसीको बहाव फर्किंदा उठिबास: दुई हजार परिवार विस्थापित
१८ साउन २०७९
•
३ मिनेट पाठ
चाैतीस वर्षपछि कोसीको बहाव फर्किंदा उठिबास: दुई हजार परिवार विस्थापित
०४५ सालसम्म कोसी नदी उदयुपुरको बेल्का नगरपालिका ८ डुम्रीबोटेबाट बग्थ्यो। ०४५ पछि कोसी नदीको बहाव पूर्वतर्फ धकेलियो। नदी पछि सरेपछि बस्ती अघिल्तिर सर्दै बस्दै गयो। ३४ वर्षपछि बुधबार बिहान कोसी नदी पुरानै बहावमा फर्किँदा बस्तीका मानिसको उठिबास भएको छ।




कोसी नदी अचानक बस्ती पसेको भने होइन्। असारको वर्षाले कोसी नदीमा पानीको बहाव बढेपछि पश्चिम बस्तीतिरको अस्थायी बालुवाको बाँधतर्फ कटान गर्न थाल्यो। बाँध कटान तीव्र भएपछि स्थानीय सरकारदेखि केन्द्र सरकार नियन्त्रणका लागि प्रयास सुरु गरेको बेल्का नगरपालिकाका मेयर अशोक कार्की बताउँछन्। बेल्का नगरपालिका र सिँचाई विभागको संयुक्त लगानीमा सो ठाउँमा १५ दिन अघिमात्र १.५ मिटर उचाइँ र ६.५ मिटर चौडाईको ४५० मिटर लामो बाँध बाँधिएको थियो।

कोसीमा पानीको बहाव बढ्दै जाँदा उत्तर पूर्वपट्टीको डुम्रीबोटेको त्रीकुटी बाँधको कटान बढ्न थाल्यो। कटान नियन्त्रण गर्न ढुंगा, बालुवा भरिएको बोरा, झांडी लगायतले छेक्ने प्रयास भयो। तर, कटान रोकिएन। 

एक साताअघि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की समेत यस कटान क्षेत्रको स्थलगत निरिक्षण गरेर निन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएर फर्के। कोसी आयोजना भारतका प्रमुख मोरङ सुनसरी सिँचाई आयोजना प्रमुखले स्थलगत निरिक्षण गरी नियन्त्रणका प्रयास बढाउन भन्यो। नियन्त्रणका अनेकन प्रयत्न गर्दागर्दै पनि केही लागेन बेल्का नगरपालिकाका मेयर अशोक कार्कीले नागरिकसँग फोनमा भने,‘प्रकृतिका अगाडि मानिसको के जोर चल्थ्यो र ,कसैको केही लागेन् ! हेर्दा हेर्दै बाँध भत्केर कोसीको भंगालो बस्ती पस्यो उनले भने,‘अहिले कटान क्षेत्र बेल्का नगरपालिकाको वडा नम्बर ८ जलमग्न भएको छ। अहिलेको अवस्था हेर्दा यहाँ कोसीको भंगालो मात्र होइन्, कोसी नदी नै पसिसक्यो', उनले भने।

डुम्रीबोटेको त्रीकुटे बाँध भत्काएर पसेको कोसी नदी सुधबारे, रामनगर, भागलपुर हुँदै सप्तरीको भारदह पुग्छ मेयर कार्कीले भने,‘यो बहावलाई रोक्न मुस्किल छ।’ अहिले मौसम सफा भएकाले उद्धारका कार्य सजिलो भएको उनले बताए। अहिलेसम्म ८ सय परिवारलाई डुबानक्षेत्रबाट सुरक्षित स्थानमा सारिसक्यौ कार्कीले भने,‘अझै एक हजार परिवार डुबान क्षेत्रमै फसेका छन्। उहाँहरुलाई सुरक्षित स्थानम उद्धार गर्नका लागि एपिएफ, नेपाली प्रहरी, सेनालगायतका टोली खटिएका छन्।’

अहिले उदयपुरको बेल्का नगरपालिकाको २ नम्बर वडासम्म पानी पसिसकेको अवस्था छ। जता हेर्यो उतै पानीपानी छ। बस्ती जति सबै जलमग्न भएका छन्। ‘डुबानपीडितहरुलाई डुंगाबाट उद्धार गरी ट्याक्टरमार्फत विद्यालयसहितका अग्लो स्थानमा सुरक्षित गर्दैछौं’ उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने,‘पानीको बहाव बढ्दै गएकोले उद्धारकार्य असहज बनिरहेको छ। हामीले कोसी ब्यारेज कन्ट्रोल अफिसलाई ब्यारेजका ढोकाहरु खोलिदिन समन्वय गरिरेका छौं,' प्रजिअ यादवले भने।

कटान क्षेत्र बेल्का नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयकुमार राईका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन। हामी उद्दार प्रक्रियामा लागिरहेका छौं उनले भने,‘ पानी बढेको बढ्यै छ, रोकिएको छैन।’ पानी नरोकिदा जोखिम बढ्ने स्थिती कायम छ, उनले भने।  

स्थानीय र नेपाल सरकारका अलावा यसअघि भारत सरकारले यही स्थानमा त्रिखुट्टी लगाएर कोसीको पानी रोक्ने प्रयास गरेको थियो राईले भने,‘त्यसले पनि थाम्न नसकेपछि हामीले हिजोसम्म प्रयास गरिरहेका थियौं।’ कोसीको प्राकृतिक बहावलाई हामी मानवीय प्रयासले रोक्न सकेनौं उनले भने,‘ कोसीको बहाव नियन्त्रण भन्दा बाहिर जाँदा सैयौं मानव बस्ती बिस्थापित भएको छ।'

कोसी ब्यारेज कन्ट्रोल कार्यालयका अनुसार अहिले कोसी नदीमा २ लाख २२ हजार ७४० क्युसेक पानीको बहाव छ। ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खोलिएका छन्। कार्यालयकाअनुसार अहिलेसम्म कतैबाट थप ढोका खोल्न आदेश आएको छैन।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस