भक्तपुरको सल्लाघारीमा रुखले च्यापेर मृत्यु हुने तीन जनामध्ये एक जनाको नाम खुलेको छ। मृत्यु हुनेहरु मध्ये एक जना भक्तपुर नगरपालिका वडा नं. २ बस्ने २५ वर्षीय विशेष खर्बुजा रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा सूचना अधिकृत राजु पाण्डेका अनुसार घटना दिउँंसो सवा १२ बजे भएको थियो। भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख अचानक ढल्न जाँदा काठमाडौंदेखि कमलविनायकसम्म चल्ने बा.२ ख.३५८४ नं. को बस सल्लाघारीबाट दुधपाटीतर्फ आउँदै गरेको र दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा. ६१ प. ३९७८ नं. स्कुटरलाई च्यापेर दुर्घटना भएको उनले जनाए।
घटनामा परी १५ जना घाइते भएकोमा तीन जनाको मृत्यु भएको थियो। अन्य दुई जनाको नाम भने अहिलेसम्म खुल्न सकेको छैन। उनीहरु दुवै जना पुरुष भएको जनाएको छ। उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुलाई भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
घटनास्थलमा अनुसन्धानअधिकृतसहितको उद्धार टोली पुगी प्रारम्भिक अनुसान्धान कार्य गरी ढलेको रुख र किचिएको सवारी साधन हटाउने कार्य भइरहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।
जिल्ला टाफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले मिनीबास काठमाडौंबाट भक्तपुर दूधपाटी आउँंदै गरेको र स्कुटर भक्तपुरबाट काठमाडौं जाँंदै गरेको रहेको जनाए। उनका अनुसार गाडीमा सवै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए। पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए।