मधेस प्रदेश लागूऔषधको ‘अखडा’
०८ असार २०७९
•
३ मिनेट पाठ
मधेस प्रदेश लागूऔषधको ‘अखडा’
भारतबाट भित्र्याइएको ३ हजार ९ सय ८६ एम्पुल लागूऔषध सुईसहित भारत राजनगर थाना घर भई हाल लहान–५ मा बस्दै आएका २१ वर्षीय मोहम्मद अख्तर, भारत पिप्राहीका २७ वर्षीय धर्मेन्द्र ठाकुर र लहान–७ का  १८ वर्षीय गौतम ठाकुरलाई लागूऔषधसहित पक्राउ परेका छन्।




तीनै जनालाई लहान ५ र ७ स्थितबाट प्रहरीले आइतबार पक्राउ गर्‍यो। भारतबाट भित्र्याइएको १२ सय एम्पुल लागूऔषधसहित कलैया उपमहानगरपालिका–१ भवानीपुर का ४२ वर्षीय निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोलका ४० वर्षीय ओसी अहमद पक्राउ परे। उनीहरूको साथबाट फेनार्गन ४०० एम्पुल, डाइजिपाम ४०० एम्पुल र नुर्फिन ४०० एम्पुल बरामद गरिएको छ।

मधेस प्रदेशको सिरहा र बाराका प्रहरीले पछिल्लो समय लागूऔषधसहित पक्राउ गरेका यी व्यक्तिहरू उदाहरण मात्र हुन्। लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन्। तर, दिनानुदिन कारोबार बढिरहेको छ।

लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाबाट निश्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।

भारतीय शहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागूऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पुर्‍याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखन लगायत कारणले मधेस प्रदेश २ लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै शहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय लहान, गोलबजार, बर्दिवास, जनकपुर लगायत शहर हुँदै अन्यत्र ओसारपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको लागूऔषध नियन्त्रण अभियन्ताहरू बताउँछन्।

‘लहानमा प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ,’ स्थानीय सरोज यादव भन्छन्, ‘लहानमै धेरै कारोबारी पनि छन्। यसको अर्थ हाम्रो शहर ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको छ।’ उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जाल मार्फत भइरहेको यस्तो कारोबार दुईचार जना कारोबारी समातेको भरमा तोड्न कठिन छ।

लागूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजार बीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती शहरहरू हुने गरेका छन्। यस प्रदेशका केही जिल्लाका प्रहरीले केही समयको फरकमा कारोबारीहरू समात्न थालेको धेरै समय भइसकेको छ। तर, कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्–झन् बढ्दो छ।

यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको तयारी जवाफ दिंदै प्रहरी अधिकारीहरू उम्कदै आएका छन्। प्रदेश प्रहरी कार्याल जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा लागूऔषध अन्तर्गत दर्ता भएको ७१४ मुद्दामा नौ सय ९९ जना पक्राउ परेका थिए।

चालू आर्थिक वर्षको असार महिनाको ६ गतेसम्म लागूऔषध अन्तर्गत ७४७ मुद्दा दर्ता भएका छन्। जसमा एक हजार ३२ जना पक्राउ परिसकेका छन्। यो तथ्यांकले पनि लागुऔषधको कारोबारी बढ्दै गएको देखाउँछ। पक्राउ पर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ। गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागूऔषधको जालो फैलँदो छ।

सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका शहरोन्मुख गाउँमा पनि लागूऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागूऔषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्। लागूऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागूऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको शहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको शहरसम्म पुर्‍याउने र तेस्रो समूह काठमाडौं लगायत ठूला शहरसम्म लागूऔषध पुर्‍याउन गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस