जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा सिता आचार्य निर्विरोध निर्वाचित भएकी छिन्।
सदस्यहरुमा इन्द्र बहादुर रोका मगर, मिना सुनार, केवलप्रसाद घर्ति, सर्मिला पुन, सेरबहादुर पुन, जित कुमार विक, निलम सुनार निर्विरोध निर्वाचित भएका हुन्। त्यसैगरि उपप्रमुखमा भने कर्मलाल परियार कांग्रेसका टेकबहादुर बस्नेतलाई हराउँदै निर्वाचित भएका छन्।
समन्वय समितिमा निर्वाचित सबै माओवादी केन्द्रका उम्मेदवार हुन्। मुख्य निर्वाचन अधिकृत दिलिप राज पन्तका अनुसार उपाध्यक्षमा भएको निर्वाचनमा १९ मत खसेकोमा माओवादीका उम्मेदवारले १३ मत पाएका थिए भने कांग्रेसका उम्मेदवारले ५ मत पाएका छन्। उनका अनुसार १ मत बदर भएको थियो भने एक जना उपस्थित भएनन्।
जनप्रतिनिधिले नै मत बदर गरेपछि रोल्पामा चुनावी चर्चा चुलिएको छ। निर्वाचन प्रकृयामा सहभागी एक जनाका अनुसार छाप हान्नु पर्ने बाहेक अन्य ठाउँमा पनि हानेकोले उक्त मत बदर भएको हो।
मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायाधीश दिलिपराज पन्तका अनुसार निर्वाचनको सबै काम आजका मितिदेखि सकिएको छ।