म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीलाई जातीय छुवाछुतमुक्त वडा घोषणा गरिएको छ। शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो। वि.स २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पूरा भएपछि वडाध्यक्ष पदम पुनले औपचारिक कार्यक्रमका बीच भकिम्लीलाई घोषणा गरेका थिए।
प्रमुख अतिथि पुनले सबै जातजातिबीचको एकता र सहकार्यले समृद्ध वडा बनाउन सहज हुने बताए। ‘भकिम्लीलाई सबै जातजातिको सहकार्यबाट चलेको वडा बनाउनुपर्छ,‘ यहाँको एकताले सबैतिर सकारात्मक सन्देश प्रवाह गर्छ,’ अध्यक्ष पुनले भने। ५ वर्षसम्म छुवाछुतविरुद्धका अभियानमा गरिएका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिँदै घोषणालाई व्यवहारमा उतार्नुपर्ने अध्यक्ष पुनको भनाइ थियो।
सोही अवसरमा बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विकले जातिय छुवाछुत कानुन बमोजिम दण्डनीय भएतापनि अहिले पनि समुदायमा छुवाछुत भएको देख्नुपरेको बताइन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले घोषणाले जातिय छुवाछुतमुक्त अभियानमा लागेका अगुवाहरुलाई भकिम्लीसम्म आउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए।
वि.स २०७४ सालदेखि आन्तरिक दलितभित्रको छुवाछुतविरुद्धको अभियान, घरदैलो अभियान, जिविकापार्जनको लागि विभिन्न आयआर्जन हुने योजना, सहभोज तथा टोलटोलमा प्रतिबद्धता, प्रभावकारी भाषणकला तालिम, लगायतका विभिन्न कार्यक्रमहरू गरिएको प्रगतिशील दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले बताए। उनले भकिम्लीमा रहेको १ सय ५८ दलित घरधुरी मात्रै नभई सबै जातजातीबीचको सहकार्य हुने कार्यक्रमहरुलाई भविष्यमा पनि निरन्तरता दिने बताए।
घोषणा कार्यक्रममा अन्तरजातीय विवाह गर्नेलाई सम्मान, अभियानलाई सफल पार्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा निकायहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।