जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधको विक्री वितरण गर्ने एक महिलालाई पक्राउ गरेको छ। बागलुङको ढोरपाटन नगरपालिका-१ स्थीत बुर्तिबाङ बसपार्कमा रहेको निसी भल्कोट सन्दिप गेष्ट हाउसबाट १० केजी अफिम छोडेर भागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हाे।
वास्तविक नाम थर नखुलेको र आफ्नो सरिता घर्तीमगर बताउने उक्त महिलाले उक्त मात्रामा लागूऔषध आफू बस्ने होटेलको कोठामा २०७७ सालको मंसिर ४ गते छाडेर भागेकोमा खोजी गर्दै जाँदा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका-२ की निर्वाचित महिला वडा सदस्य ३३ वर्षीया राखिलाक घर्ती मगरले छाडेर भागेको भन्ने पत्ता लागेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी ईन्द्रबहादुर रानाले बताए।
उनलाई खोज्दै जाने क्रममा शनिबार जिल्ला प्रहरी कार्यालय रुकुमको सहयोगमा रुकुमकै सिस्ने गाउँपालिका वडा नम्बर ५ मा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। महिलालाई अदालतबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान अगाडि बढाईएको छ। लागूऔषधसंगै त्यसको विक्रीका लागि प्रयोग हुने विभिन्न सामग्री समेत बरामद गरिएको छ।