मधेस प्रदेशमा विवाहिता महिलाले पतिको दीर्घायूको कामना गर्दै बर–पिपलको रुखमुनि पूजाआजा गर्दै बटसावित्री(बरसाइत) पर्व मनाएका छन्।
जेष्ठ शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्षजस्तै यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि बिहानैदेखि विवाहिता महिलाको भीड लागेको छ। यस पर्वमा महिलाहरूले नयाँ साड़ी,लहठी पहिरिएर सम्पूर्ण श्रृंगारमा बरको रुखमुनि पूजा गर्ने चलन छ। यस पर्वलाई नारित्व रक्षा, सन्तान प्राप्तिको रूपमा लिइने गरिन्छ।
यस पर्वमा बरको वृक्ष महत्वपूर्ण हुन्छ। बरको वृक्षले वर्षौसम्म सर्वसाधारणलाई शितलताको छहारी दिने भएकाले पतिको दीर्घायूको लागि नारीहरु बरको पूजापाठ गर्छन्। बरको वृक्षमुनि पतिको दीर्घायूका लागि पूजा गर्नु यस पर्वको महत्वपूर्ण पक्ष हो। ब्रतालु महिलाहरु पूजा गरी कथा श्रवण गरी बरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन्। डेढ दशकदेखि बरसाइत ब्रत बस्दै आएकी लहान नगरपालिका–४ की सुनिती यादवले भनिन्, ‘यो ब्रत पतिको जीवनरक्षा र दीर्घायूका लागि बस्ने लोक परम्परा छ। ब्रतकथाको भावले पनि यही दर्शाउँछ,’ उनले भनिन्।
ब्रतालु महिलाहरु बिहानै नुहाई श्रृगारिएर नजिकको बर (बट) को वृक्षमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा बरको जरामा चढाएर सिँदुरले रगाउँछन्। प्रसाद चढाइसकेपछि ब्रतालुले बरको वृक्षमा सात फेरो पहेलो र रातो धागोले बेर्छन्। ब्रतालु यादवले भनिन्, ‘बरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ।’
सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने बरसाइत पर्व अहिले प्रायःसबै समुदायमा व्यापक बनिसकेको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...