तीन सय ११ मतदान केन्द्र रहेको गोरखामा सुरक्षाको दुष्टिकोणले १० वटा मात्रै समान्य रहेको छ। गोरखा नगरपालिकामा ६ वटा, शहीदलखनमा ३ र भिमसेन थापा गाउँपालिकाको एउटा केन्द्रलाई समान्यमा राखिएको छ।
यी बाहेक ६७ वटा केन्द्र अति संवेदनशिल र एक सय ३७ केन्द्र संवेदनशिलमा बर्गिकरण गरिएको छ। अति संवेदनशिल केन्द्र सबैभन्दा धेरै तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा ११ वटा छ। त्यहाँ सडक सञ्जाल नपुगेको, संचारको पनि राम्रो सम्पर्क नरहेको, भौगोलिक रुपमा बिकट रहेकाले अति संवेदनशिल केन्द धेरै भएको बताइएको छ।
पालुङटार नगरपालिकामा १० वटा, भिमसेन थापा गाउँपालिकामा ८ वटा, अजिरकोटमा ७, सिरानचोमा ७ वटा, बारपाक सुलिकोटमा ६, गोरखा नगरपालिकामा ६, आरुघाट ४, शहीदलखन ४, गण्डकी २, धार्चेमा दुई वटा केन्द्र अति संवेदनशिलको सुचीमा छ। त्यहाँ सुरक्षा ब्यवस्थापनलाई प्राथमिकता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
भौगोलिक बनावट, बिगतका निर्वाचनमा घटेका घटना, पाँच वर्षको अवधीमा दलहरुले गरेका गतिविधिलाई आधार बनाएर मतदान केन्द्र बर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। सुरक्षा संवेदनशिलतामा प्रशासनले विशेष ख्याल गरेको बताउँदै उनले भने ‘हामी सुरक्षा योजना बनाएर अघि बढेका छौँ, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली सबै ठाउँमा परिचालन गरेका छौँ, ढुक्क भएर मतदान गर्न सक्नुहुन्छ।’
सुरक्षको दृष्टिकोणले संवेदनशील ठाउँमा सेना र शसस्त्र प्रहरीको टुकडी पनि राखिएको छ। नेपाल प्रहरी सबै मतदान केन्द्रमा खटिनेछ भने सेना र शसस्त्र प्रहरीले गाडीमा घुम्तीगस्ती गर्ने प्रजिअ आचार्यले बताए।‘दुर्गम क्षेत्रमा पनि तल्लो भेगमा जस्तै गरी सुरक्षाकर्मी परिचालन गरिएको छ’ प्रजिअ आचार्यले भने।
यस्तै मतदान केन्द्रहरुमा सर्वदलिय बैठक राखिएको छ। मतदान अधिकृत र खटिएका कर्मचारीले मतदान केन्द्र आसपासमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर बैशाख ३० गते हुने मतदानलाई शान्तिपूर्ण, भयरहित बनाउने विषयमा बुधवार छलफल गरेका छन्।
सबै मतदान अधिकृतलाई मतदान केन्द्रमा सर्वदलिय बैठक राख्न निर्वाचन कार्यालयले प्रशिक्षणा दिएको थियो। मतदानको दिन शान्ति सुरक्षा कायम गर्न, मतदातालाई सहज रुपमा केन्द्र सम्म पुगेर मतदान गर्ने बतावरण बनाउन दलका प्रतिनिधि बिच छलफल गरिएको मतदान अधिकृतहरुले बताएका छन्।
मतदान केन्द्रको ब्यवस्थापन कसरी गर्ने, उम्मेदवारका प्रतिनिधि कति जना बस्ने, मतदानको सजिलाका लागि के गर्ने भन्ने बारेमा छलफल गरिएको छ। निर्वाचन कार्यालयले तालिम दिएर उनीहरुलाई मतदान केन्द्रमा गर्नुपर्ने कामका बारेमा सिकाएर पठाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए।