छाङरु र तिंकरवासी भन्छन्ः गोरेटो बनाइदिनेलाई भोट
२६ वैशाख २०७९
•
४ मिनेट पाठ
छाङरु र तिंकरवासी भन्छन्ः  गोरेटो बनाइदिनेलाई भोट
दार्चुलाको व्यास गाउँपालिकाको तिंकर क्षेत्र। फाइल तस्बिरः नागरिक
भारतको कब्जामा रहेको नेपाली भूमि कालापानीनजिकैको बस्ती तिंकरका दानसिंह तिंकरीलाई अब निर्वाचित भएर आउने वडाध्यक्षले छाङरु र आफ्नो गाउँसम्म पुग्ने गोरेटो बनाइदिए हुन्थ्यो भन्ने लागेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकरमा नेपालकै भूमि भएर जाने बाटो नभएका कारण स्थानीयलाई समस्या हुने गरेको छ। भारतीय बाटोबाट आउजाउ गर्नु त्यहाँका बासिन्दाको बाध्यता हो।




‘हामीलाई नेपालकै बाटो भएर आफ्नो गाउँ र जिल्ला सदरमुकाम आउजाउ गर्ने बाटो चाहिएको छ,’ छाङरुका वासुदेव सिंह ऐतवालले भने, ‘छाङरु र तिंकरमा मंसिरदेखि वैशाखसम्म जाडो हुन्छ। त्यतिबेला हामी त्यो ठाउँ छाडेर भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम खलंगामा बसाइँ सर्छौं र वैशाखपछि कात्तिकसम्म फर्कन्छौं।’ ६ महिना खलंगा र ६ महिना छाङरु–तिंकर आउजाउ गर्न भारतीय भूमि प्रयोग गर्नुपर्छ, नेपालतर्फ बाटो नै छैन। सुरक्षितसाथ आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने गोरेटो बनाइदिने उम्मेदवारलाई यसपालिको स्थानीय चुनावमा भोट हाल्ने उनले बताए।

छाङरु र तिंकरमा शौका जातिको बसोबास छ। ६ महिना अत्यधिक जाडो हुने भएकाले त्यहाँका स्थानीय सदरमुकाम खलंगामा बसाइँ सर्छन्। वैशाखमा बसाइँ सरेर कात्तिकमा मात्र फर्कने उनीहरू स्थानीय तहको निर्वाचनकै लागि भेडाबाख्रा, गाईबस्तु लिएर सपरिवार फर्कन थालेका छन्। उनीहरूले छाङरु र तिंकर फर्कन भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि भारतीय प्रशासनको अनुमतिपत्र लिनुपर्ने हुन्छ। ‘आफ्नै गाउँघर जान पनि भारतीय बाटो हिँड्नुपर्ने हुन्छ,’ ऐतवालले भने, ‘त्यही भएर पनि यसपालि हामी नेपालकै बाटो भएर सदरमुकाम जोड्ने गोरेटो बाटो जसले बनाइदिन्छ, उसैलाई भोट हाल्छौं।’

स्वदेशी बाटोबाटै सदरमुकाम खलंगा आउजाउ गर्न चाहने वडावासीको मागप्रति आफूहरू गम्भीर रहेको त्यहाँका उम्मेदवारले बताएका छन्। स्थानीयको आग्रहअनुसार नै आपूmले पनि सदरमुकामदेखि छाङरु र तिंकर जोड्ने गोरेटो बनाउने योजना बनाएको कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार शंकरसिंह ऐतवालले बताए। ‘यहाँको पहिलो आवश्यकता भनेकै सदरमुकाम आउजाउ गर्न आफ्नै भूमि भएर हिँड्न पाउने बाटो बनाउने हो।

त्यही भएर बाह्रै महिना चल्ने गोरेटो बाटोको परिकल्पना गरेको छु,’ उनले भने, ‘मैले वडाध्यक्षमा जिते भने बाटोका साथै स्वास्थ्य चौकीमा पर्याप्त औषधि र माध्यमिक तहको विद्यालय सञ्चालन पहिलो प्राथमिकतामा राखेको छु।’ दुवै गाउँमा आधारभूत तहसम्म मात्रै विद्यालय छन्। त्यसभन्दा माथिल्लो तहमा पढाउनुपर्दा बाहिर पठाउनुपर्छ।

ऐतवालजस्तै एमालेबाट वडाध्यक्षका उम्मेदवार अशोकसिंह बोहराले पनि बाह्रै महिना गाउँबाट सदरमुकाम खलंगा ओहोरदोहोर गर्न सकिने बाटो बनाउने योजना रहेको सुनाए। उनले भने, ‘यसअघि पनि बाटो थियो तर कम बजेटका कारण राम्रो हुन सकेको थिएन। अब त्यो बाटोलाई सधैंभरि चल्ने बनाउँछु।’ हरेक वर्षात्मा पहिरो र हिउँदमा हिमपहिरोले तिंकर र छाङरुको गोरेटो अवरुद्ध हुँदै आएको छ।

जसका कारण स्थानीयले भारतीय बाटो भएर सदरमुकामा आउजाउ गर्नुपरेको हो। छाङरु र तिंकर वडा नम्बर १ मा पर्छन्। त्यही वडामा पर्ने गुन्जी, नावी र कुटी गाउँ भारतको नियन्त्रणमा छन्। ती गाउँ नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ स्थानीय तहको निर्वाचन हुन सक्ने अवस्था छैन। त्यही भएर वडा १ मा पर्ने छाङरु र तिंकरमा मात्रै दुईवटा मतदान केन्द्र राखिएको छ।

छाङरुमा ३ सय ७५ जना र तिंकरमा २ सय ३१ जना गरी ६ सय ६ जना मतदाता छन्। निर्वाचन आयोगले छाङरुको कैलाशपति आधारभूत विद्यालय र तिंकरको मोती महिला संघ आधारभूत विद्यालयमा मतदान केन्द्र राखेको छ। त्यहाँ कांग्रेस र एमालेले मात्रै वडाध्यक्षका लागि मनोनयन दर्ता गराएको व्याँस गाउँपालिका निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कोशलेधर ज्ञवालीले बताए। उनले भने, ‘छाङरु र तिंकरको वडाध्यक्षका लागि दुई पार्टीमा मात्रै प्रतिस्पर्धा छ।’  

हेलिकोप्टरमार्फत निर्वाचन सामग्री ओसारिने

छाङरु र तिंकरका बासिन्दा विगत ६ महिनादेखि सदरमुकाम खलंगामा बस्दै आएका भए पनि स्थानीय तहको निर्वाचनमा भाग लिन आफ्नै ठाउँ फर्कन थालेका छन्। उनीहरू भारतीय बाटो हुँदै छाङरु र तिंकरमा भेडाबाख्रा, गाईबस्तुसहित फर्कन थालेका हुन्। तर सोही गाउँमा मतपत्रसहितका निर्वाचन सामग्री लिएर भारतीय बाटो जान नपाइने हुँदा हेलिकोप्टरमार्फत ओसारिने निर्वाचन अधिकृत ज्ञवालीले बताए।

‘मतपत्रसहित निर्वाचनका अन्य सामग्री लिएर भारतीय बाटोबाट जान पाइँदैन, त्यसैले हेलिकोप्टरमार्फत छाङरु र तिंकरमा पठाइनेछ,’ उनले भने। त्यसका लागि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार भइसकेको छ। सम्भवतः सोमबार वा मंगलबारसम्म मतदानका लागि आवश्यक सामग्रीसहित कर्मचारी ओसारिने उनले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस