गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ। गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलमा जानकारी गराए।
राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले वैशाख पूर्णिमादेखि ११ दिनसम्म रोट महोत्सव गरेर रोट अर्पण गर्दै आएको छ। गोरखा दरवारमा चल्ने रोट महोत्सव विगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन। दुई वर्षसम्म नित्य पूजा अन्तर्गत रोट चढाइएको थियो। अहिले भने कोरोनाको त्रास कम भएकाले भक्तजनको उल्लेख्य उपस्थिती रहने केन्द्रका अध्यक्ष अर्यालले बताए।
१७ औँ र १८ औँ रोट महोत्सवमा भक्तजनले रोट चढाउन पाएनन्। कोभिडका बेला गोरखाका स्थानीयको सहयोगमा रोट महोत्सव सफल भएको थियो। ‘अब पनि रोट महोत्सव सफल बनाउन हामीलाई सबैको साथ सहयोग चाहिएको छ,’ अध्यक्ष अर्यालले भने। यो पटक २० देखि २५ हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा आयोजकको छ। महोत्सव गर्न लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाईने केन्द्रले जनाएको छ।
गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए।
रोट महोत्सवले गोरखाको धार्मिक पर्यटनको विकासमा पनि मद्धत पुग्ने जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्टले बताए। उनले जेष्ठ नागरिक जिल्ला संघ गोरखाबाट रोट महोत्सवका लागि २५ हजार सहयोग गर्ने घोषणा पनि गरेका छन्। गोरखनाथ मन्दिरका मुख्य पुजारी प्रदिपनाथ योगीले रोट महोत्सव गोरखाको उत्सव भएको बताउँदै भने, ‘यसले मानिसमा आध्यात्मिक चिन्तको विकास समेत गराएको छ।’
रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क ब्यवस्था समेत गरेको छ। देशका बिभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको केन्द्रकी साधिका विन्देश्वरी बरालले बताइन्।
गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ। पहिलो दिन जेठ २ गते बाजागाजासहित गोरखा बजारबाट गोरखनाथ मन्दिर सम्म रथयात्रा गरिनेछ। रोट महोत्सवको सबै दिन नियमित पूजाको साथै गोरखा दरवार परिसरमा भजन कृतनको कार्यक्रम पनि संचालन गरिने शक्ति केन्द्रको सम्पर्क कार्यालय गोरखाका नबिन श्रेष्ठले बताए।
गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ। बिभिन्न ५२ थरीका शक्तिवर्द्धकका मसला मिसाएर रोट बनाईन्छ। रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ। नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन्।