प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार दिउँसो दुई बजेतिर वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटल एण्ड लजबाट एक थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको हो।
‘होटलमा चितुवाको छालाको कारोबार भइरहेको सुचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो,’ प्रहरी प्रवक्ता घर्तीले भने, ‘कारोबारमा अन्यको पनि संलग्नता देखिएको छ, अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई पत्राचार गरेका छौं।’
पक्राउ परेकाहरुले दैलेखबाट विक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन्। चितुवाको छाला कारोवारमा संलग्न मुख्य व्यक्तिहरु पक्राउ परेका छैनन्। पक्राउ परेका तीनै जना भरिया हुन्। ‘हामीलाई दैलेखबाट सुर्खेतसम्म पुर्याउने जिम्मेवारी थियो,’ पक्राउ परेका दलबहादुरले भने, ‘सम्वन्धीत मानिससम्म नपुर्याउँदै प्रहरीले पक्राउ गर्यो।’ पक्राउ परेकाहरुले बुधबार दिउँसो चितुवाको छाला दैलेखबाट वीरेन्द्रनगर पुर्याएको बताएका छन्।