सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिमका तीन जिल्लासँग जोडिएको छ। कर्णाली प्रदेशको राजधानीको जिल्ला सुर्खेत र सुदूरपश्चिमको राजधानी कैलालीलाई कर्णाली नदीले छुट्याएको छ। सुदूरपश्चिम र कर्णालीको सम्बन्धलाई कर्णाली राजमार्गले टुटायो। कर्णाली र सुदूरपश्चिम फेरि जोडिन लागेका छन्।
कर्णाली र सुदूरपश्चिम जोड्ने कर्णाली नदीमाथि दुई वटा पुल सञ्चालनको अन्तिम चरणमा छन्। चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र मोहन्यालको सोल्टा तथा पञ्चपुरी नगरपालिका–११ को कुइनेदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ को कुइने जोड्ने दुई वटा पुल नयाँ वर्षसँगै सञ्चालनमा आउँदैछन्।
कर्णाली राजमार्ग सञ्चालन हुनुअघिसम्म पश्चिम सुर्खेत र दैलेखसहित कालिकोट, जुम्ला, मुगु र सुदूरपश्चिमका अछाम र बाजुराका नागरिकहरु नुनदेखि सुनसम्म ल्याउन कैलालीको चिसापानी र बर्दियाको राजापुरसम्म पुग्ने कर्णालीतिरैतिरको बाटोमा अहिले पुल सञ्चालनमा आउन लागेका हुन्।
पुल सञ्चालनसँगै दुई वटा प्रदेश मात्रै जोडिने छैनन्, समग्र कर्णाली र सुदूरपश्चिमका नागरिकहरुको जीवनस्तरमा पनि परिवर्तन आउने छ। कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य तीन वटा नाका छन्। रत्नराजमार्ग हुँदै महेन्द्र राजमार्ग पुग्न सुर्खेतको बबई नाका र दाङ–सल्यान सडक अन्र्तगतको कपुरकोट नाकाबाट मात्रै कर्णाली प्रदेश हुन्छ।
अब कुइनेमा पुल सञ्चालनसँगै सुदूरपश्चिमबाट कर्णाली भित्रिन छोटो हुन्छ। यो कर्णालीका लागि मात्रै होइन्, सुदूरपश्चिमका पहाडी जिल्लाहरुका लागि पनि छोटो मार्ग हुन्छ। ‘कुइने पुलले सुदूरपश्चिम र कर्णाली जोडिने मात्रै होइन्, दुबै प्रदेशका नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन र समृद्धिको मार्गमा अघि बढाउन मद्दत गर्छ,’ पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले भने, ‘कर्णाली राजमार्ग सञ्चालनमा आएपछि छुटेको कर्णाली तिरैतिरको यात्रालाई पनि पुनः सुचारु गर्छ।’
दैलेखसहित साविकका कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगुका साथै सुदूरपश्चिमका बाजुरा र अछामका नागरिकहरु कर्णालीको तिरैतिर भएर कर्णाली चिसापानी निस्कन्थे। त्यहीँबाट यातायातका साधनमार्फत कालापहाड र संघीय राजधानीको यात्रा गर्थे। २०६४ सालमा सुर्खेत हुँदै जुम्लासम्म सडक पुगेपछि कर्णाली तिरैतिरको यात्रामा पूर्णविराम लाग्यो।
‘पहिले भेडा, खच्चड र पिठ्यूमा भारी बोकेर ओहोर–दोहोर गर्ने गोरेटो बाटोमै अहिले सडक बनेका छन्। कैलाली र सुर्खेतमा सडक सञ्चालनमा रहेपनि कर्णालीमाथि पुल नहुँदा पश्चिम सुर्खेतका नागरिकहरु कैलाली पुग्नका लागि पनि प्रदेश राजधानी वीरेन्द्रनगर हुँदै बर्दिया–बाँके फेरि बर्दिया हुँदै कैलाली पुग्नुपर्ने बाध्यता थियो।
‘पुल सञ्चालनमा आएसँगै यो क्षेत्रमा समृद्धि र विकासको ढोका खोल्ने अपेक्षा हामीले लिएका छौं,’ कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरि ढकालले भने, ‘घुमाउरो यात्रा गरेर कैलाली र बर्दिया पुग्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेभयो।’ कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन् । अहिले बाँकेको जमुनाह कर्णालीको भारत प्रवेश गर्ने मुख्य नाका हो। सुदूरपश्चिमसँग जोडिएसँगै भारतसँगको दूरी पनि कम हुन्छ।
कर्णालीलाई बाँकेको जमुनाह भन्दा कैलालीको सत्ती नाका दूरीका हिसाबले नजिक पर्छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाट अछाम र बाजुरा जानका लागि अब घुमाउरो बाटोको प्रयोग गर्नुपर्ने छैन्। कैलाली र कञ्चनपुरबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु जानका लागि चिसापनी–सुर्खेत हुँदै कर्णाली राजमार्गमा जोडिन नजिक हुन्छ।
५५० मिटर लामो चिप्लेघाटको पुलको काम ९० प्रतिशत सकिएको छ भने ३५० मिटर लामो कुइनेघाटको पुलको काम ९५ प्रतिशत सम्पन्न भएको छ। दुवै पुल निर्माणको जिम्मा लिएको अनक–लुम्बिनी जेभीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले नयाँ वर्षसँगै पुल सञ्चालनमा ल्याउने गरेर काम भइरहेको बताए। ‘दुई वटै पुलको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘सकभर नयाँ वर्षभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य हाम्रो छ।’
अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्छ। पुल निर्माण भए चौकुनेदेखि कर्णाली चिसापानीको दुरी बढीमा ११ किलो मिटरको हुनेछ। कुइने पुल २०७१/०७२ मा सम्झौता भइ २०७६ मा सक्नुपर्ने थियो।
साइट इन्चार्ज श्रेष्ठले पुलको डिजाइन पास हुनै दुई वर्ष लागेको र कोरोनाका कारण काममा पनि केही ढिलाइ भएको बताए। यो पुल ३२ करोडको लागतमा निर्माण भइरहेको छ। चिप्लेको पुल निर्माणको सम्झौता २०७४ मा भएको थियो। २०७८ मा सक्ने लक्ष्य रहेको सो पुलको लागत ६० करोड छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...