मोटरसाइकल दुर्घटनामा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित अमुवा खोलाको पुलमा ठोक्किएर पाँच मिटर तल मोटरसाइकलसहित दुई जना खस्दा घटनास्थलमै दुवै जनाको मृत्यु भएको हो।
सर्लाहीको गौरीशंकरबाट बयलबासतिर जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अमुवा खोलाको पुलको दाहिनेतिर ठोक्किएर तल खसेको थियो। दुर्घटनामा महोत्तरी जिल्लाको औरही नगरपालिका १ का ३२ वर्षीय चन्दनकुमार साह तथा सर्लाही जिल्लाको कविलासी नगरपालिका २ का २५ वर्षीय राम विश्वास मन्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवैको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सर्लाहीमा पठाइएको छ। दुर्घटनाको मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत जटाशंकर यादवले जानकारी गराएका छन्।