समृद्धिको यात्रातर्फ गुर्भाकोट
१० फागुन २०७८
•
७ मिनेट पाठ
समृद्धिको यात्रातर्फ गुर्भाकोट
गुर्भाकोट नगरपालिका–३ को धारापानीमा पुगेका जीपहरु। तस्बिर: नगेन्द्र/नागरिक
गुर्भाकोट नगरपालिका–३ धारापानी पाँच वर्षअघिसम्म सिंगो गाउँ विकास समिति थियो। अधिकांस भूभाग छिमेकी जिल्ला सल्यानसँग जोडिएको यो ठाउँ आधारभूत सुविधाबाट बञ्चित थियो। सडक थिएन्, घण्टौं हिँडेर डोकोमा दैनिक उपभोग्य बस्तु ओसार्नुपर्ने बाध्यता थियो। गाउँमा कोही विरामी हुँदा अझ ठूलो समस्या हुन्थ्यो। आधारभूत स्वास्थ्य चौकीसमेत गाउँमा थिएन्। उच्च मूल्यका कृषिको उर्वर भूमि भएपनि ढुवानी समस्याले खेतीपाती कम हुन्थ्यो।  




अहिले धारापानीको अवस्था फेरिएको छ। गाउँमा सडक पुगेको छ। स्वास्थ्य चौकी स्थापना भएको छ। शहरी स्वास्थ्य क्लिनिक सञ्चालन छन्। विद्युतले गाउँ झिलीमिली छन्। गाउँ छोडेर नजिकका शहरमा गएकाहरु फेरि गाउँ फर्कन थालेका छन्। गाउँमै उच्च मूल्यका कृषि खेती गरेर लाखौं कमाउन थालेका छन्। गुर्भाकोट कर्णाली प्रदेशकै दोस्रो ठूलो नगरपालिका हो। स्थानीय सरकार गठन भएसँगै गुर्भाकोटले समृद्धिको यात्रा तय गर्न थालेको हो।  

‘जनताको सुख–दुःखको सरकार भएकाले जनताका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नेतर्फ हामीले ध्यान केन्द्रीत ग¥यौं,’ मेयर हस्त पुनले भने, ‘सडक, विद्युत, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थियौं, अहिले राम्रो नतिजा आइरहेको छ।’

धारापानीका भिमबहादुर बुढा ६४ वर्षका भए। उनले जीवनको उर्वर समय पिठ्युमा भारी बोकेरै विताए। स्थानीय सरकारमा आफूले चुनेका जनप्रतिनिधि आएसँगै आफ्नो गाउँको विकास भएको उनी बताउँछन्। ‘हामीले वर्षौदेखि पिठ्यूमा भारी बोकेर जीवनको गुजारा चलायौं,’ उनले भने, ‘हामीले चुनेको जनप्रतिनिधि पालिकामा आएसँगै सडकको पहुँच पुगेको छ, भारी बोक्नुपर्ने बाध्यता हटेको छ।’

चार वर्षअघि संघीय सरकारले धारापानी र त्योसँग सीमा जोडिएको सल्यानसम्म सडक पु¥याउन बजेट छुट्यायो। ठेक्का प्रक्रिया पनि पूरा भयो। निर्माण कम्पनीले काम नगर्दा धारापानी सडक सञ्जालसँग जोडिएन्। संघीय सरकारको बजेटबाट सडक निर्माण नहुने देखिएपछि गुर्भाकोट नगरपालिकाले आफै सडक निर्माण थाल्यो। ‘छ महिनामै हामीले धारापानीमा सडक सञ्जाल पु¥यायौं,’ मेयर हस्त पुनले भने, ‘धारापानीबासीको वर्षौदेखिको सपना पूरा गर्न स्थानीय सरकार सफल भएको छ।’ अहिले धारापानीका सबै गाउँसम्म सडक पुगेको छ। बोटेचौरदेखि धारापानीसम्मको दूरी १२ किलोमिटर हो।

गुर्भाकोट नगरपालिका–११ को मर्मागाड गाउँ पनि धारापानीको जस्तै थियो। २०७४ को स्थानीय तहको निर्वाचन भएको एक वर्ष नपुग्दै गाउँमै सडक पुग्यो। त्यसपछि मर्मागाडका मानिसले आफ्नो गाउँको उत्पादन र बजारबाट ल्याउनुपर्ने ठूलो परिमाणको सामान भेरी पारिबाट ल्याउनुपरेन।

‘यहाँका सानातिना आयोजनादेखि घर बनाउन चाहिने सामान पारिबाटै ल्याउनुपथ्र्यो, अहिले त्यो अवस्था छैन,’ स्थानीय लिलबहादुर विकले भने, ‘यहाँ सामान ल्याउनुपरे र यहाँको उत्पादन वा केही लैजानुपर्‍यो भने सिँधै लिन सकिएको छ।’ मर्मागाडमा सडक मात्रै होइन्, सिंचाई पनि थिएन्। सिंचाई कुलो थियो, मर्मत गर्ने पैसा थिएन्। जनप्रतिनिधि आएको पहिलो नगरसभाबाटै कुलो मर्मतका लागि ५० लाख रुपैयाँ छुट्याइयो। ‘चुनावी अभियानका क्रममा यहाँका जनताले सडक भन्दा पनि कुलो मर्मतको काम गर्नु भएको थियो,’ मेयर पुनले भने, ‘हामीले पहिलो वर्षमै सिंचाई कोलोसँगै सडक पनि मर्मागाड पुर्‍यायौं।’

गुर्भाकोट नगरपालिकामा १४ वडा छन्। नगरपालिकाभित्रका सबै वस्तीहरुमा बाटो पुगेको छ। केही बस्तीमा बाहै्र महिना सवारी चल्न सक्छन् भने कतिपयमा भने बर्षातको समयमा चल्दैनन्। बर्खामा सवारी चल्न नसक्ने त्यस्ता बाटोहरुलाई स्तरोन्नति गर्ने काम भईरहेको पुनले बताए। तर, वडादेखि पालिकासम्मका सडक भने नियमित सवारी साधन चल्नेगरी बनाईएको छ। ‘बस्तीमध्ये कतिपय ठाउँमा ग्राभेल गरिसकिएको छ, कतिपय ठाउँमा भएका कच्ची बाटोलाई सुधार गर्दै जाने क्रम चलिरहेको छ,’ मेयर पुनले भने, ‘वडादेखि पालिकाको कार्यालयमा जोड्ने बाटोहरुमा बाह्रै महिना सवारी साधन चल्न सक्छन्, केही भौगोलिक समस्या भएका ठाउँहरुमा पहिरो तथा विपद् आएको समयमा मात्र अवरुद्ध हुने कुरा फरक हो।’

 विद्यालयको कक्षा कोठामा महिनावारी हुने किशोरीहरुका रेष्ट गर्नका लागि तयार पारिएका बेडहरु।
नगरपालिकामा जनप्रतिनिधि आउनु अघिसम्म अधिकांस क्षेत्रमा विद्युतीकरण थिएन्। पाँच वर्ष पुग्नै लाग्दा सबै बस्तीमा विद्युत पुगेको छ। सामुदायिक विद्युतिकरण कार्यक्रममार्फत सबै बस्तीमा विद्युत पुर्‍याइएको उपमेयर मैना विकले जानकारी दिइन्। ‘नेपाल विद्युत प्राधीकरणले बस्ती बाक्लो भएको वा बजार भएको ठाउँमा मात्र विद्युत विस्तार गर्ने गरेको छ,’ उनले भनिन्, ‘हामीले सामुदायिक विद्युतीकरणमार्फत गुर्भाकोटका हरेक बस्तीहरुमा बिजुली पुर्‍याएका छौं।’

‘बेडरेष्ट’ले छात्रा नियमित

गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन्। बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो। पेट दुख्थ्यो। आराम गर्ने ठाउँ थिएन्। स्कुल छुटाउने रहर कस्को पो हुन्छ र! विद्यालयमा अध्ययरत निशाजस्तै दुई सयबढी किशोरी महिनावारी समस्याका कारण बाध्यताले अनियमित हुन्थे। यसको प्रत्यक्ष असर उनीहरुको पढाईमा पर्दथ्यो। अहिले महिनावारी समस्याकै कारण कुनै पनि किशोरीले विद्यालयमा अनियमित हुनु पर्दैन्। विद्यालयले महिनावारी भएका किशोरीहरुका लागि ‘बेडरेष्ट’ कक्ष निर्माण गरेको छ।  

‘गाह्रो हुँदा केही बेर आराम गरेर फेरि कक्षा कोठामा फर्किन्छौं,’ कक्षा १० कि छात्रा निशाले भनिन्, ‘महिनावारी समस्याकै कारण किशोरीले विद्यालयमा अनियमित हुनुपर्ने बाध्यता हटेको छ।’ आनन्द माविमा किशोरीहरुका लागि चार वटा पलङ र बेड राखिएका छन्। बेडरेष्ट कक्ष स्थापनासँगै महिनावारी भएका किशोरीहरु विद्यालयमा नियमित हुन थालेका छन्।

विद्यालयका प्रधानाध्यापक धनपति ढकालले बेडरेष्ट कक्ष स्थापनासँगै कुनै पनि किशोरीहरु महिनावारी भएकै कारण कक्षा छोडेर घर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। ‘६ देखि १२ कक्षासम्म दुई सयबढी किशोरीहरु छन्। महिनावारी हुँदा प्रायः किशोरीहरु विद्यालय आउँथेनन्, आएका पनि हाजिर लगाएर फर्किन्थे,’ प्रधानाध्यापक ढकालले भने, ‘अहिले महिनावारीकै कारण कुनै पनि किशोरीले विद्यालय छोड्ने गरेका छैनन्। सबै किशोरीहरु नियमित विद्यालय आउँछन्।’

सूर्यज्योति मावि मेहलकुनाकी प्रमिला पाध्यावती कक्षा नौमा अध्ययन गर्छिन्। उनी महिनावारी हुँदा जहिल्यै तीन दिन स्कुलमा अनियमित हुन्थिन्। महिनावारी हुँदा स्कुलमा आराम गर्ने ठाउँ थिएन्। अहिले उनी नियमित विद्यालयमा हाजिर हुन्छिन्। विद्यालयमा महिनावारी भएका किशोरीहरुका लागि रेष्टरुमको व्यवस्था गरिएको छ। ‘महिनावारीकै कारण कुनै पनि किशोरी विद्यालयमा अनियमित हुँदैनौं,’ उनले भनिन्, ‘विद्यालयमै महिनावारी हुँदा आराम गर्ने व्यवस्था हुँदा सहज भएको छ।’

गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका २१ वटा माविमा बेडरेष्ट कार्यक्रम लागू गरेको छ। जनप्रतिनिधि निर्वाचित भएसँगै सबै विद्यालयमा किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको नगरपालिकाले किशोरीहरुलाई विद्यालयमा नियमित गर्नका लागि बेडरेष्ट कार्यक्रम लागू गरेको हो।  

गुर्भाकोट नगरपालिकाका उपप्रमुख विकले बेडरेष्ट कार्यक्रम लागू भएसँगै किशोरीहरुको महिनावारीका कारण विद्यालय छोड्ने र नआउने दर पूर्णरुपमा घटेको बताइन्। ‘किशोरीहरुका लागि बेडरेष्ट कार्यक्रम यहाँ प्रभावकारी बनेको छ,’ उनले भनिन्, ‘महिनावारीकै कारण यहाँका कुनै पनि किशोरी विद्यालय छोड्ने वा महिनावारी नहुँदा विद्यालय नआउने दर पूर्णरुपमा घटेको छ।’

जेष्ठ नागरिक सम्मान तथा दिवा सेवा

गुर्भाकोट नगरपालिकाले जेष्ठ नागरिकहरुको सम्मानका लागि हरेक वर्ष वडा–वडामा कार्यक्रम गर्छ। न्यानो कपडा र निःशुल्क स्वास्थ्य शिविर चलाउँछ। जेष्ठ नागरिकको सम्मानका लागि प्रत्येक वडामा दिवा सेवा कार्यक्रम सञ्चालन गरिएका छन्। ‘विहान १० बजेदेखि बेलुका चार बजेसम्म बृद्धबृद्धाहरु दिवा सेवास्थलमा जम्मा हुनुहुन्छ, आफ्ना अनुभव, भोगाईहरु बाँड्नुहुन्छ,’ उनले भनिन्, ‘हेर्दा सामान्य देखिएपनि यो कार्यक्रम धेरै प्रभावकारी भएको पाएका छौं।’ उनले आफ्नो उमेर मिल्नेहरुसँग भेटघाट हुनुका साथै उहाँहरुका गुनासा सुन्ने र त्यसलाई समाधान गर्ने साझा चौतारीका रुपमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई लिइएको बताइन्।  

गुर्भाकोट–१३ का वडाध्यक्ष मधु गुरुङले जेष्ठ नागरिकको सम्मानमा पालिकाले महत्वपूर्ण कामहरु गरेको बताए। अधिकांस वडामा दिवा सेवा कार्यक्रमका लागि भवन पनि बनेका छन्,’ उनले भने, ‘त्यहाँ आउने, बस्ने र कुराकानी गर्ने गर्दा पनि जेष्ठ नागरिकहरु धेरै रमाउनु र खुसी हुनुहुन्छ।’
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस