जिल्ला प्रशासन कार्यालय सुनसरीले तीन दिनका लागि सेवा बन्द गरेको छ। कोरोनाले गर्दा कर्मचारी बिरामी भएको र नागरिकता तथा प्रतिलिपि शाखामा कम्प्युटरको सर्भर बिग्रिएको कारण केही दिनदेखि सेवा अवरुद्ध भएकोले सेवा बुधबारदेखि शुक्रबारसम्म सेवा बन्द गरिएको जनाइएको छ।
प्रशासन कार्यालयले राहदानी तथा प्रशासन शाखाका कर्मचारीहरूको कोभिड एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको र ३० प्रतिशतभन्दा बढी कर्मचारी बिरामी भएको कारण सेवा बन्द गर्नुपरेको जनाएको छ। प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सेवा बन्द हुने जनाएको छ।