म्याग्दी जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण आवतजावत बन्द भएको छ। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा जमेको हिउँ र निरन्तर भइरहेको हिमपातले लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग पूर्णरुपमा ठप्प भएको हो। हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्क विच्छेद भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।
‘बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेको छ’, अध्यक्ष छन्त्यालले भने, ‘चट्टानजस्तै हिउँ नपग्लिँदा आवतजावतमा समस्या भएको छ।’ उनका अनुसार गएको पुष १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुषको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्गमा समस्या भएपनि तत्काल खाद्यान्न, औषधि लगायतको आपतकालीन आवश्यकताको अभाव नभएको पनि सिकिस्त बिरामी भएमा हेलिकप्टरबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
हेलिकप्टर चार्टरमा डेढ लाखदेखि २ लाखसम्म खर्च गर्नुपर्छ हिमपातले गाउँभित्र समेत स्थानीय घोडाखच्चर र गाइबस्तुको आवतजावत बन्द भएको छ। गूर्जाको जनकल्याण माबिमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो भने वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ। गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं २ लुलाङको सिमाना पर्ने देउरालीमा करिव तीन फिट हिमपात भएको छ। देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो।
अनुकूल मौसम नभएसम्म हिउँलाई काट्दै आपतकालीन ट्र्याक बनाउन समेत सम्भव नभएको बताइएको छ। ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाइ छ। गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीन महिनालाई पुग्ने खाद्यान्न अगाडि नै ढुवानी गर्ने गरेका छन्। हिमपातले मंसिरदेखि माघ महिनासम्म बालबालिका, वृद्धवृद्धालाई सास्ती हुने गरेको छ। यसैबीच हिमपहिरोले गूर्जाको सुकेलोट्नेमा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको शव अझै फेला परेको छैन।