सर्लाहीमा सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारीबथानस्थित मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर भएका दुई युवकको उपचारको क्रममा मृत्यु भएको हो।
ईश्वरपुर नगरपालिका १२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेल चढेको प्रदेश २-०३-००४ प ९५३९ नम्बरको मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि लालबन्दीस्थित गढीमाई अस्पतालमा लगिएकोमा अस्पतालले मगरलाई मृत घोषित गरेको थियो।
यसै गरी दाहिने तिघ्रा भाँच्चिएर टाउकोमा पनि गम्भीर चोट लागेका निमेललाई उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा पठाउँदा अस्पतालले निमेललाई पनि मृत घोषणा गरेको प्रहरीको भनाइ छ। दुर्घटनामा परेको मोटरसाइकल सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।