लम्कीचुहा नगरपालिका १ का २२ बर्षिय भुपेन्द्र बडुवालको गत मंगलवार राती फिल्मी शैलीमा हत्या गरियो । तर एक साता हुदाँ पनि प्रहरीले भुपेन्द्रको हत्याको रहस्य फेला पार्न सकेको छैन । घरबाट वोलाएर घेरा हाली लखेटी लेखेटी बिभत्स तरिकाले भुपेन्द्र हत्याको घटनामा उव्जेका प्रश्नहरु अझै अनुत्तरित रहेका छन । भुपेन्द्र हत्याको घटनालाई प्रहरीले गंभिर रुपमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी उपरिक्षक बिश्व अधिकारीले बताएका छन । घटनाको कारण अझै खुल्न नसकेको उनी बताउछन ।‘किन हत्या गर्यो ?, कस्ले हत्या गर्यो ?, घटनाका पछाडी व्यक्तीगत कुरा वा सामुहिक के कुरा थियो ? कसैको योजनामा हत्या गरिएको हो कि ? यि कुनै कुरा पनि अझै खुल्न सकेका छैनन्’प्रहरी उपरिक्षक अधिकारीले भने ।
संगठित गिरोहको लडाई हो वा व्यक्तीगत लडाई भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । ईलाका प्रहरी कार्यालय टिकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको यो घटनाको अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) को प्राविधिक टोली पनि सोमवार आईपुगेको छ । सुक्ष्म रुपमा प्राविधिक पक्षको अनुसन्धानको लागी प्रहरी निरिक्षकको नेतृत्वमा केन्द्रिय अनुसन्धान व्युरो सिआईवीको प्राविधिक टोली आईपुगेको उनले बताए । अपराधमा संलग्न संगठित गिरोहले योजनाबद्ध रुपमा घटना घटाएको आकलन गरेर प्रहरीले गंभिर रुपमा यो घटनाको अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले बताएका छन ।
टीकापुर,लम्की क्षेत्रका गुण्डा युवाहरु संगठित रुपमा अपराधमा क्रियाशिल रहेको रहस्य खुलेको छ । यि गुण्डाहरुको समुहको कनेक्सन काठमाण्डौका गुण्डाहरु सँग जोडिएको बुझिएको छ ।
घटना यस्तो थियो
भुपेन्द्र मंगलवार राती खाना खाएर घरमै थिए । उनको साथी टीकापुरका कपिल श्रेष्ठले अफ्ठ्यारोमा परेको भनेर सहयोगको लागी लगातार फोन गरेर उनलाई वोलाए । २७ पटक उनले फोन गरेको कल रेकर्ड रहेको छ । साथीले चलाएको मोटरसाईकल पछाडी वसेर करिव १४ किलोमिटर दुरीमा रहेको टिकापुर स्थित कपिलले वोलाएको केरावारी भन्ने ठाउँमा उनी पुगे । त्याहाँ ८, १० मोटरसाईकल देखेपछि संभावित खतरा आकलन गरी भागेर सिद्धार्थ होटेल नजिक आफन्तको घर तर्फ जादै थिए । योजनाबद्ध रुपमा घेरा हालेको युवा समुहले गेट भित्र पुग्न नापाउदै लखेटी लखेटी क्रुर ढंगले छोराको हत्या गरेको उनका वुवा डम्वर बडुवालले बताए । २०, २५ जनाको समुहमा रहेका युवाहरुले लख्टदै बिभत्स ढंगले हत्या गरेको उनले बताए । गुण्डा समुहका मेन नाईके नविन रावल र लोकजन शाहीले दशै अघि एक रिसोर्टमा वोलाएर हतियार देखाएर आफ्नो समुहमा लाग्न भुपेन्द्रलाई धम्की समेत दिएको उनको भनाई छ । यो समुहले केहि दिन अघि कमल शाहीलाई पनि हत्या गर्ने योजनाले खुकुरी प्रहार गरेको थियो । पुरै हात काटिएपनि उनको ज्यान जोगिएको थियो ।‘यिनीहरुले धेरै अपराधका घटना घटाईसकेका छन, तर पनि प्रहरीले कारवाही नगर्दा यिनीहरुको मनोवल बढेको छ’उनले भने । लम्कीका नविन रावल र टीकापुरका जयन्द्र शाहीका दुई समुहहरु संगठित रुपमा क्रियाशिल रहेको जानकार बताउछन । यि दुई समुहका युवाहरुले खुल्लम खुला हतियार वोक्ने गरेका छन । दुवै समुहमा गरेर करिव ५०, ६० युवाहरु संगठित भएर अपराधिक गतिबिधीमा सक्रिय रहेको श्रोतले बताएको छ । यिनले धम्काएर चन्दा, फिरौती र ठेकापट्टामा कमिशन माग्ने गरेको उनी बताउछन । संगठित रुपमा अपराधिक समुह सक्रिय भएपनि टीकापुर, लम्की क्षेत्रका वासिन्दा त्रसित बनेका छन ।
मुख्य योजनाकार लगायतका एक दर्जन अझै फरार
भुपेन्द्रको हत्या गर्ने समुहका मुख्य योजनाकार लगायत एक दर्जन युवा अझै फरार रहेका छन । भुपेद्रको हत्या गर्ने समुहका मुख्य योजनाकार लगायत एक दर्जन युवा अझै फरार रहेका छन । ‘छोराको हत्यामा २५ जना जतिको संलग्नता रहेको छ, १६ जनाको नाममा किटानी उजुरी दिईसकिएको छ, थप ६ जनाको नाम थाह भएको छ, २५ दिनभित्र अरुको नाममा पनि किटानी दिने तयारी गरेको छुँ’बडुवालले भने । घटनामा संलग्नको आरोपमा खुकुरी प्रहार गर्ने भनिएका आर्यन देवकोटा सहित प्रहरीले ९ जना पक्राउ गरेको छ । फरार अन्यको खोजी भैरहेको प्रहरीले बताएको छ ।