दुर्गम क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम 'बरदान' सावित
२६ कार्तिक २०७८
•
३ मिनेट पाठ
दुर्गम क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम 'बरदान' सावित
दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका आर्थिक विपन्न गर्भवती र सुत्केरी महिलाहरुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्धार कार्यक्रमको प्रभावकारीता विषयक महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा सदरमुकाम दुनैमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन्।




नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली क्षेत्रका महिलाको गर्भवती तथा सुत्केरी अवस्थाको कारणवाट अकालमा हुने सम्भाव्य मृत्युबाट बचाउन महिलाहरुलाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन नवजात शिशुलाई सुरक्षित मातृत्व सेवा उपलब्ध गारउनुका साथै महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन गर्ने काममा कार्यक्रमको प्रभावकारीता रहेको बताएका हुन्।

सुविधा सम्पन्न प्रसूति सेवाको अभावमा हुने अकाल मृत्युवाट गर्भवती तथा सुत्केरी महिला तथा नवजात शिशुको ज्यान बचाउने कार्यमा कार्यक्रम बरदान सावित भएको बताउँदै सरकारले प्रदेश अन्तरगत रहने गरी हवाई एम्बुलेन्सको व्यवस्था गरेमा कार्यक्रम थप प्रभावकारी हुने काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले बताए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी मातृमृत्युदर बालमृत्युदर घटाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताईन्। 

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सचिव खतिवडाले डोल्पा ताप्लेजुङ संखुवासभा भोजपुर खोटाङ सोलुखुम्बु ओखलढुङ्गा मनाङ मुस्ताङ रुकुम पुर्व रुकुम पश्चिम जाजरकोट कालिकोट मुगु हुम्ला बझाङ बाजुरा अछाम र दार्चुलामा गरी १९ओटा जिल्लामा पूर्णरुपमा र अन्य जिल्लामा आंशिक रुपमा गरी ४८ ओटा जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको बताईन्।

कार्यक्रम लागू भएपछि पहिलो पटक डोल्पाबाटै गर्भवती महिलाको हवाई उद्धार गरिएको र हाल सम्म डोल्पाका २३ ओटा महिलाको उद्धार गरिएको पनि सचिव खतिवडाले जानकारी दिईन्। सुविधा सम्पन्न प्रसूतिसेवाको उपलब्ध गराउनुका साथै घर फर्कदा यातायात खर्च पोषण खानाको लागि नगद २० हजार समेत उपलब्ध गराइदै आएको छ। 

मन्त्रालयले आगमी दिनमा नेपाली सेनालाई जिम्मा दिएर नाईट हवाई सेवाको ब्यवस्थापनमा लाग्ने कि भन्ने कुरामा छलफल भईरहेको बताउँदै लक्षित समुदाय सम्म पहुँच पुगोस भनेर प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न बर्थिङ केन्द्रको स्थापना हुनु पर्ने प्राथमिकता रहेको तर यी सबै एकैचोटी सम्भव नभएकाले बैकल्पिकरुपमा महिला उत्थान कार्यक्रमलाई अहिले अर्को व्यवस्था नहुन्जेलसम्मको लागि प्रभावकारी बनाउन खोजिएको सचिव खतिवडाको भनाई थियो।

प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले जोखिमा रहेका गर्भवती महिला तथा सुत्केरीको उद्दार कार्यमा कुनै पनि कसुर बाँकी नराखिएको र आफुकहाँ खवर प्राप्त हुना वित्तिकै मौखिक खबरका आधारमै हवाई उद्दारको सम्बन्धित निकायमा सिफारिस गर्ने गरिएको बताए। स्वास्थ्य संस्था सम्बन्धित पालिकाको सिफारिस सहितको कागजातको आवश्यकता पर्ने भएपनि पहिले उद्धार त्यसपछि प्रकृयागत कागजात भन्ने मान्यताबाट काम भइरहेकाले प्रकृयागत रुपमा ढिलाई भएर अकालमा गर्भवती तथा सुत्केरी महिलाले अकालमा ज्यान गुमाउने हुन कि भन्ने शंका नगर्न पनि प्रजिअ अधिकारीले जनप्रतिनिधिलाई आग्रह गरे।

महिला उद्धार कार्यक्रमको गलत प्रयोग नहोस भन्नका लागि भने प्रकृयागत रुपमा चाहिने कागजात भने सम्बन्धित पक्षले उपचार समयअवधीभर प्रशासनलाई पठाउनै पर्ने पनि प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीको भनाई थियो।कार्यक्रममा विभिन्न स्थातनीय तहका जनप्रतिनिधि नागरिक समाज कार्यालयका प्रमुख र सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो।
अर्को समाचार
दुई सुत्केरीको उद्धार
२५ माघ २०८०
•
३ मिनेट पाठ
दुई सुत्केरीको उद्धार
गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै घरमै ज्यान गुमाउनुपरेको थियो।




पछिल्लो केही वर्षयता कर्णालीमा मातृशिशु मृत्युदर घट्दै गएको छ। बुधबार मात्रै एकै दिन दुई जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार मात्र पलाँता गाउँपालिका–६ की ३५ वर्षीय रिउली रोकाया सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार गरिएको छ।

हिजो दिउसोदेखी सुत्केरी व्यथाले च्यापेको रिउलीलाई आफन्तले हिजो बेलुकी ७ बजे नेटा स्वास्थ्य चौकी पुर्‍याएका थिए। गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको अस्पताल स्रोतले बताएको छ।

सुत्केरी महिलाको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए।
जिल्लाका अन्य पालिकाको तुलनामा विकट पालिका भए पनि यहाँका नागरिकलाई रोग र भोकका कारण मृत्यु हुन नदिने अध्यक्ष रोकायाले बताए।

यस्तै, कालिकोटकै पचालझरना गाउँपालिका–९ की ३० वर्षिया औंशी तिरुवाको पनी हेलिकप्टरमार्फत उद्धार गरिएको छ। स्वास्थ्य चौकी राम्नाकोटमा प्रसूती गराउन बिहान ७ बजे पुगेकी तिरुवाको पेटको बच्चा जन्मन समस्या देखिएपछि उनलाई उद्धार गरीएको  बताइएको छ।

उनलाई प्रसूतीका लागि जिल्ला सदरमुकाम ल्याउन दूरी, समय र सडकको अवस्था कठिन रहेको कारणले गर्दा पालिकामा सुत्केरी गराउन नसकिने भएपछि तत्काल प्रदेश अस्पताल, सुर्खेत पठाउन पचाल झरना गाउँपालिकाले पहल गरेको पचालझरना गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरिएका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।

ज्यान जोगाउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रम

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दै गएको छ। त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ।

सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ। प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रमअन्तर्गत कालीकोटमा आव २०७९/८० मा १३, चालु आवको साउनदेखि माघसम्म १३ वटा हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको बताए। २६ जनामा १३ जना २० वर्षमुनिका रहेका छन्। जसले बालविवाह गरेको प्रमाणित हुन्छ।

गर्भवती र सुत्केरीले प्रसव अवस्थाका कारण ज्यान गुमाउनु परेकोमा हाल त्यो संख्या घटेको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ। स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ।
महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रूपयाँ खर्च सरकारले व्यहोर्दै आएको छ। राष्ट्रपति उत्थान कार्यक्रम समन्वय इकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ।

गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम विशेष गरी दुर्गममा प्रभावकारी देखिएको छ। सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दै आएको स्थानीय नागरिकको भनाइ छ ।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस