सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो
१८ असार २०८०
•
२ मिनेट पाठ
सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको  गुनासो
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गरेकी छिन्।




सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्।

सांसद न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पनि बजेटले ध्यान दिन नसकेको दावी गरिन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आर्थिक वर्षको पूँजीगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेकोमा आपत्ति जनाउँदै यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्।

सांसद न्यौपानेले भनिन्, ‘संघीयतालाई सरकारले किन उपेक्षा गरिरहेको छ? त्यसैले त आज संघीयताप्रति धेरै वितृष्णा बढिरहेको छ। सरकारका यस्तै हर्कतले गर्दा यस्तो भएको हो। सरकारले यस्तो हर्कतले नै जनतामा संघीयताप्रति वितृष्णा बढिरहेको छ। चालु आर्थिक वर्षमा महिला, बालबालिका ज्येष्ठ नागरिकको क्षेत्रमा जति बजेट विनियोजन भयो। ४० प्रतिशत पनि खर्च गर्न सकिराखेका छैनन्। त्यसमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत पूँजीगत तर्फ १० दशमलव ९ प्रतिशत मात्रै खर्च भएको छ। यस्तो किन हुने गर्छ? किन यति मात्रै खर्च भयो। म मन्त्रीजीलाई यस बारेमा प्रष्ट पारिदिन पनि आग्रह गर्न चाहन्छु। त्यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छ। बजेट पनि विनियोजन गरिएको छ। तर यो कार्यक्रम अन्तरगत पर्याप्त बजेट विनियोजना गरिएको छैन। त्यसैले म फेरी पनि जोड दिएर भन्न चाहन्छु–महिलाहरुलाई आत्मनिर्भर बनून भन्नेतर्फ यो सरकारले ध्यान दिएको छैन।’

सांसद न्यौपानेले सरकारकै कारण संघीयतामाथि वितृष्णा बढाउने काम भईरहेको आरोप समेत लगाइन्।   
अर्को समाचार
दुई सुत्केरीको उद्धार
२५ माघ २०८०
•
३ मिनेट पाठ
दुई सुत्केरीको उद्धार
गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै घरमै ज्यान गुमाउनुपरेको थियो।




पछिल्लो केही वर्षयता कर्णालीमा मातृशिशु मृत्युदर घट्दै गएको छ। बुधबार मात्रै एकै दिन दुई जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार मात्र पलाँता गाउँपालिका–६ की ३५ वर्षीय रिउली रोकाया सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार गरिएको छ।

हिजो दिउसोदेखी सुत्केरी व्यथाले च्यापेको रिउलीलाई आफन्तले हिजो बेलुकी ७ बजे नेटा स्वास्थ्य चौकी पुर्‍याएका थिए। गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको अस्पताल स्रोतले बताएको छ।

सुत्केरी महिलाको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए।
जिल्लाका अन्य पालिकाको तुलनामा विकट पालिका भए पनि यहाँका नागरिकलाई रोग र भोकका कारण मृत्यु हुन नदिने अध्यक्ष रोकायाले बताए।

यस्तै, कालिकोटकै पचालझरना गाउँपालिका–९ की ३० वर्षिया औंशी तिरुवाको पनी हेलिकप्टरमार्फत उद्धार गरिएको छ। स्वास्थ्य चौकी राम्नाकोटमा प्रसूती गराउन बिहान ७ बजे पुगेकी तिरुवाको पेटको बच्चा जन्मन समस्या देखिएपछि उनलाई उद्धार गरीएको  बताइएको छ।

उनलाई प्रसूतीका लागि जिल्ला सदरमुकाम ल्याउन दूरी, समय र सडकको अवस्था कठिन रहेको कारणले गर्दा पालिकामा सुत्केरी गराउन नसकिने भएपछि तत्काल प्रदेश अस्पताल, सुर्खेत पठाउन पचाल झरना गाउँपालिकाले पहल गरेको पचालझरना गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरिएका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।

ज्यान जोगाउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रम

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दै गएको छ। त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ।

सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ। प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रमअन्तर्गत कालीकोटमा आव २०७९/८० मा १३, चालु आवको साउनदेखि माघसम्म १३ वटा हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको बताए। २६ जनामा १३ जना २० वर्षमुनिका रहेका छन्। जसले बालविवाह गरेको प्रमाणित हुन्छ।

गर्भवती र सुत्केरीले प्रसव अवस्थाका कारण ज्यान गुमाउनु परेकोमा हाल त्यो संख्या घटेको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ। स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ।
महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रूपयाँ खर्च सरकारले व्यहोर्दै आएको छ। राष्ट्रपति उत्थान कार्यक्रम समन्वय इकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ।

गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम विशेष गरी दुर्गममा प्रभावकारी देखिएको छ। सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दै आएको स्थानीय नागरिकको भनाइ छ ।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस