सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यानको जैतपानीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।
बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थाानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए। दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।
उनका अनुसार बसमा रहेका अन्य १७/१८ जना घाईते भएका छन्। मृतकहरुको सनाखत भैसकेको छैन। बस सडकदेखि झण्डै एक सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए।