मेची राजमार्ग अवरुद्ध
०३ कार्तिक २०७८
•
१ मिनेट पाठ
मेची राजमार्ग अवरुद्ध
दर्जनौं ठाउँमा पहिरो जाँदा मेची क्षेत्रको लाइफलाइन मानिएको मेची राजमार्ग अवरुद्ध छ। पहिरोले राजमार्ग नै बगाउँदा र माथिबाट झरेको पहिरोले बाटो थुन्दा सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ।




सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर केही साता यता अवरुद्ध मेची राजमार्ग अब पूरै छिनेको छ। करिब २० मिटर सडक नै पहिरोले झरेपछि अवरुद्ध राजमार्ग गएराति पूरै बगेको स्थानीय ईश्वरी तामाङले बताए।

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युम पाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको थियो। बाँकी भाग पनि चिरैचिरा परेको थियो। बाढी–पहिरोले जिल्लामा ठूलो धनजनको क्षति गरे पनि विवरण आउनेक्रम जारी रहेको एसपी एसपी श्रेष्ठले बताए। पहिरोले दर्जनौं ग्रामीण सडक अवरुद्ध छन्। बालीनालीमा क्षति पुगेको छ। इलामलगायत पहाडी जिल्लामा गएरातिदेखि विद्युत् सेवासमेत अवरुद्ध  छ।  
अर्को समाचार
पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध
२७ कार्तिक २०७३
•
३ मिनेट पाठ
पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध
स्थानीय तह पुनसंचरनाको विराेधमा पाँचथर सदरमुकाम फिदिममा गरिएको प्रर्दशन।
पाँचथर–स्थानीय तहको पुनः संचरनामा असन्तुष्टि जनाउँदै जिल्लास्थित विभिन्न गाविसका बासिन्दाले मेची राजमार्ग अवरुद्ध गरेका छन्। मेची राजमार्गको पाँचथर छिर्ने राँके बजारमा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध गराएका हुन्। शुक्रबार फिदिममा बृहद प्रर्दशन गर्दै यातायात अवरुद्ध गर्ने चेतनावनी दिइएको थियो। झापा, इलाम लगायतवबाट छुटेका यातायतका साधन राँके र फिदिम, ताप्लेजुङबाट छुटेका यातायातका साधन पौवाभञ्याङमा अवरुद्ध गरिएको छ।




शनिबार दिउँसो यातायात अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन्। फाल्गुनन्द गाँउपालिका बनाउनु पर्ने तथा रानीटारको टुक्र्यााइएको वडालाई फिदिम नगरपालिकामा समेट्नु पर्ने माग राख्दै यातायात अवरुद्ध गर्दा जनजीवन कष्टकर बनेको छ। आन्दोलनमा उत्रिएका पौवासारतपा, आङ्सराङ, इम्बुङ, फाक्तेप र रानीटारका असन्तुष्टले सडक अवरुद्ध गराएका हुन्। दिउँसोदेखि भएको अवरुद्ध साझ ५ बजेसम्म जारी रहने फाल्गुनन्द गाँउपालिका आन्दोलन समितिका सचिव विनोद आङदेम्बेले जानकारी दिए।

चार गाविसका वासिन्दाले फाल्गुनन्द गाँउपालिका कायम गर्नु पर्ने माग गरेका छन्। यस्तै रानीटार वडा न. ९ लाई टुक्र्याइएकाले फिदिम नगरपालिकामा समावेश गराउनु पर्ने माग राखेका छन्। उनीहरुले शुक्रबार सदरमुकाम फिदिममा संयुक्त प्रर्दशन गरेका थिए। माग पूरा नभएसम्म आन्दोलन जारी रहने रानीटारका–९ का भक्त राईले बताए। पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई जाने मुख्य नाकाको रुपमा रहको राँकेमा सडक अवरुद्धहुँदा यात्रु मारमा परेका छन्। आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले गन्तव्यतर्फ हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका छन्। 

फिदिम आउने खानेपानी तथा विद्युत समेत अवरुद्ध गर्ने चेतावनी उनीहरुले  दिएका छन्। स्थानीय तह पुनः संरचनाको विषयलाई लिएर जिल्लाका विभिन्न ठाँउवाट आसन्तुष्टि बढिरहेको छ। यहाँका राजनीतिक दल तथा प्राविधिक सुझाव समितिले आठ स्थानीय तह बनाउने दुईवटा खाका प्रस्ताव गरेका थिए। राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा दुइवटा खाका प्रस्ताव गरिएको थियो।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस