पहिरोले मेची राजमार्ग अवरुद्ध
१२ असोज २०८१
•
१ मिनेट पाठ
पहिरोले मेची राजमार्ग अवरुद्ध
पहिरोले अवरुद्ध बनेको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड। तस्बिर: नेपाल प्रहरी।
बुधबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले पहिरो जाँदा मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएको छ।




इलाम नगरपालिकाको माइखोलास्थित राजदुवाली–गोलाखर्क खण्डमा पहिरो र माथिल्लोपट्टिको पर्खाल झरेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यो खण्ड लामो समयदेखि जोखिमयुक्त छ। करोडौं रुपैयाँ खर्च भएपनि मर्मत दीर्घकालीन हुन नसेकेको यही ठाउँमा पुनः जोखिम बढेको हो।

माथिबाट झर्ने पहिरो र राजमार्ग चुँडिएर जाने समस्या भएपछि प्रशासनले गए राति १० बजेदेखि अघि बिहान ३ बजेसम्म यो खण्ड भएर सवारीका साधन चल्न रोक लगाएको थियो। तर, बिहानै साढे ३ बजेतिर माथिपट्टिको पर्खाल राजमार्गमै झरेपछि सवारीका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। योसँगै जिल्लाका दर्जनौं सडक पहिरोले अवरुद्ध भएका छन्।

राजमार्ग अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापा आउ–जाउ गर्ने सवारीका साधन ठप्प भएका छन्। करिब तीन किलोमिटरका दर्जन ठाउँमा यो राजमार्ग धस्सिएको छ।

यो खण्डको विकल्प खोज्न चौतर्फी दबाब बढेपनि काम हुन सकेको छैन। उपयुक्त विकल्प अभावमा मेची राजमार्गको यो खण्डमा सवारीका साधनले करिब दशकयता सास्ती खेपिरहेका छन्।
अर्को समाचार
मेची राजमार्ग अवरुद्ध
०३ कार्तिक २०७८
•
१ मिनेट पाठ
मेची राजमार्ग अवरुद्ध
दर्जनौं ठाउँमा पहिरो जाँदा मेची क्षेत्रको लाइफलाइन मानिएको मेची राजमार्ग अवरुद्ध छ। पहिरोले राजमार्ग नै बगाउँदा र माथिबाट झरेको पहिरोले बाटो थुन्दा सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ।




सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर केही साता यता अवरुद्ध मेची राजमार्ग अब पूरै छिनेको छ। करिब २० मिटर सडक नै पहिरोले झरेपछि अवरुद्ध राजमार्ग गएराति पूरै बगेको स्थानीय ईश्वरी तामाङले बताए।

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युम पाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको थियो। बाँकी भाग पनि चिरैचिरा परेको थियो। बाढी–पहिरोले जिल्लामा ठूलो धनजनको क्षति गरे पनि विवरण आउनेक्रम जारी रहेको एसपी एसपी श्रेष्ठले बताए। पहिरोले दर्जनौं ग्रामीण सडक अवरुद्ध छन्। बालीनालीमा क्षति पुगेको छ। इलामलगायत पहाडी जिल्लामा गएरातिदेखि विद्युत् सेवासमेत अवरुद्ध  छ।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस