जग्गा हडप्नेको उग्रताले निम्तिएको दुर्घटना
२६ असोज २०७८
•
५ मिनेट पाठ
जग्गा हडप्नेको उग्रताले निम्तिएको दुर्घटना
रूपन्देहीस्थित तिनाउँ नदीको उकास क्षेत्र मोतीपुरको केही भाग सुकुमबासीले भोगचलन गर्न थाले। त्यहाँको झन्डै डेढ सय बिघा जमिन सुकुमबासीको नाममा भोगचलन भइरहेको छ। त्योसमेत नदी उकास क्षेत्रको थप जमिन गरी ८ सय १३ बिघा ऐलानी जग्गामा सरकारले २०७२ चैत १ गते औद्योगिक क्षेत्र बनाउने निर्णय गर्‍यो। तर त्यहाँको जग्गा भोगचलन गर्दै आएकाले विरोध जनाए।




गत फागुन २८ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई त्यहाँका स्थानीयले फर्काइदिएका थिए। मन्त्रीद्वय औद्योगिक क्षेत्र शिलान्यासका लागि भन्दै मोतीपुर पुगेका थिए। स्थानीयले बिथोलिदिएका कारण कार्यक्रम हुन पाएको थिएन। ‘त्यहाँ बसिरहेका नागरिकसँग उनीहरूको व्यवस्थापनका विषयमा धेरै पटक सरोकारवाला पक्षसँग छलफल भएको पनि हो,’ रूपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष माधव पौडेलले भने, ‘उनीहरूको उचित व्यवस्थापन गर्ने भन्नेमा सरकार पक्ष थियो। सहमति भइसकेको भने थिएन।’

२०७२ फागुनमा सरकारले ५ वर्षसम्म औद्योगिक क्षेत्र निर्माण गरिसक्ने जनाएको थियो तर ६ वर्ष पुग्दा पनि निर्माणको काम हुन सकेन। ‘औद्योगिक क्षेत्रको डिपिआरको काम भएको थियो, त्यसभन्दा थप काम हुन सकेन,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रूपन्देहीका प्रमुख निमेष अधिकारीले भने, ‘स्थानीयको असहमतिले पनि कामले गति लिन नसकेको हो।’ २०७२ मा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णयमुताबिक त्यो जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पास गरिएको थियो।

प्रहरीका अनुसार पाल्पा, बागलुङ, कपिलवस्तु, रोल्पा, कञ्चनपुरलगायतका जिल्लाका नागरिक अतिक्रमणका लागि पुगेका छन्। उनीहरू दिनभर टहरा बनाएर बस्ने र बेलुका घर फर्कने गरेको प्रहरी बताउँछ। ‘गाडी रिजर्भ गरेर पनि मान्छेहरू त्यहाँ जग्गा रोक्न पुगेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘कतिपय तीनतले घर भएका मानिसले भाडामा मान्छे प्रयोग गरेर समेत जग्गा अतिक्रमणमा खटाएको पाइयो।’
त्यहाँ बस्दै आएका नागरिकको समस्या समाधान नहुँदै थप जमिन पनि क्रमशः अतिक्रमण हुन थाल्यो। फलतः त्यहाँ बनाइएका टहरा हटाउने क्रममा भएको झडपमा आइतबार चारजनाले ज्यान गुमाउनुपर्‍यो भने थुप्रै घाइते भए। गत वैशाखदेखि त्यहाँको अरू थप जग्गामा नयाँ मान्छेले टहरा हाल्न सुरु गरेका थिए भने स्थानीय प्रशासनले पनि हटाउँदै आएको थियो। ‘पहिले बसेको बस्तीबाहेकको थप जग्गा पनि नयाँ मान्छेले कब्जा गर्न थाले,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रूपन्देहीका प्रमुख अधिकारीले भने, ‘त्यो बेला पनि प्रशासनले पटकपटक टहरा हटाएको थियो।’ कोरोना दोस्रो लहर सुरु भएपछि जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण जग्गा अतिक्रमण बन्द भयो।

‘निषेधाज्ञा हटेपछि फेरि अतिक्रमण सुरु भयो’, अधिकारीले भने। भदौ २३ गतेदेखि अतिक्रमणकारी मोतीपुरको नदी उकास क्षेत्रमा सक्रिय बन्न थाले। ‘हरेक दिन प्रहरी पुगेर टहरा हटाउँछ, अर्को दिन फेरि उस्तै टहरा बनिसकेका हुन्छन्,’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरू जसरी पनि त्यहाँको जमिन कब्जा गरेरै छोड्ने मनसायमा रहेछन्।’

अतिक्रमणकारी सक्रिय भएपछि स्थानीय प्रशासनले उक्त जमिनको सुरक्षा सशस्त्र प्रहरीले गर्ने भन्ने निर्णय १५ असोजमा गरेको थियो। त्यसपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाइरहेको थियो। ‘सशस्त्र प्रहरी अस्थायी शिविर खडा गरेरै त्यहाँ बस्ने भन्ने निर्णय भएको थियो,’ ती प्रहरी अधिकारीले भने।

२३ भदौदेखिको अतिक्रमणकारी र प्रहरीबीचको जुहारीले आइतबार भने ठूलो रूप लियो। दसैंअगाडि नै उक्त जमिन खाली गराउन मनसायमा स्थानीय प्रशासन थियो। सोअनुसार आइतबार बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो। ‘बिहान प्रहरी गएर टहरा हटायो,’ ती प्रहरी अधिकारीले भने, ‘पछि उनीहरू उग्र बनेर प्रहरीसँग भिड्न आइपुगे।’ उनका अनुसार सुरुमा प्रहरी संयमित थियो। आफूहरूमाथि ढुंगामुडा प्रहार हुन थालेपछि प्रहरीले सुरुमा ५३ सेल अश्रुग्यास प्रहार गरेको थियो। तर पनि स्थिति सामान्य बनेन। ‘प्रहरीमाथि नै पेट्रोल बम प्रहार भयो,’ ती अधिकारीले भने, ‘अनि प्रहरीले गोली चलाउनुपरेको हो।’ भदौ २३ यता त्यहाँ जग्गा अतिक्रमण गर्न खोज्नेको संख्या दिनहुँ बढिरहेको थियो। आइतबार ठूलो संख्यामा जम्मा भएका उनीहरू प्रहरीले टहरा फालिदिएपछि जाइलागेका थिए।

को हुन् अतिक्रमणकारी?

२०२२ सालदेखि बसोबास गर्दै आएको त्यहाँको पुरानो बस्तीले उक्त नदी उकास क्षेत्रको १ सय ३३ बिघा जमिन उपभोग गर्दै आएको छ। उनीहरूले उक्त जग्गा किनबेचसमेत गर्दै आएका छन्। तत्कालीन केपी ओली नेतृत्वको सरकारले सुकुमबासी समस्या समाधान आयोग बनाएपछि त्यहाँ बस्दै आएका स्थानीयले उक्त क्षेत्रमा आफन्तलाई बसाल्न चाहे। ‘पहिलेदेखि बस्दै आएकाले आफन्तलाई सुकुमबासी समस्या समाधान आयोगले जग्गा दिन्छ, कब्जा गर्न आऊ भनेको देखिन्छ,’ प्रहरी अधिकारीले भने, ‘बिस्तारै सुरु भएको अतिक्रमणले ठूलो रूप लिन थाल्यो।’

पछिल्लो पटक अतिक्रमण गर्ने खोज्नेहरू बढीजसो बाहिरबाट आएका छन्। आइतबार मृत्यु भएका चारजनामध्ये पूर्वी नवलपरासीका एकजना र अर्का एकजना कपिलवस्तुका छन्। एकजना रूपन्देहीकै रहेको र अर्का एकजनाको भने सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार पाल्पा, बागलुङ, कपिलवस्तु, रोल्पा, कञ्चनपुरलगायतका जिल्लाका नागरिक अतिक्रमणका लागि पुगेका छन्। उनीहरू दिनभर टहरा बनाएर बस्ने र बेलुका घर फर्कने गरेको प्रहरी बताउँछ। ‘गाडी रिजर्भ गरेर पनि मान्छेहरू त्यहाँ जग्गा रोक्न पुगेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘कतिपय तीनतले घर भएका मानिसले भाडामा मान्छे प्रयोग गरेर समेत जग्गा अतिक्रमणमा खटाएको पाइयो।’  

सोमबार शान्त रह्यो मोतीपुर

आइतबार रणभूमि बनेको मोतीपुर सोमबार भने शान्त रह्यो। स्थानीय प्रशासनले उक्त क्षेत्रमा कफ्र्यु लगाएकाले अतिक्रमण गर्न खोज्नेको उपस्थिति शून्य बनेको प्रहरी बताउँछ। मोतीपुरमा सुरक्षास्थिति थप मजबुत बनाइएको छ। यसैबीच लुम्बिनी प्रदेश सरकारले गोली लागि मृत्यु भएकाका परिवारलाई प्रतिमृतक एक लाख रूपैयाँ दिने भएको छ। घटनाका विषयमा स्थानीय प्रशासन तथा सुरक्षा अधिकारीसँग मुख्यमन्त्री कुलप्रसाद केसीले गरेको छलफलमा मृतकका परिवारलाई एकएक लाख रूपैयाँ दिने निर्णय भएको हो।

दुवैतर्फका घाइतेको उपचारको व्यवस्थापन पनि प्रदेश सरकारले नै गर्ने भएको छ। मुख्यमन्त्री केसीले मोतीपुरमा जग्गा अतिक्रण गरेका वास्तविक सुकुमबासीको पहिचानका लागि समिति गठन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।
अर्को समाचार
रुपन्देही गोली काण्डः अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी
२६ असोज २०७८
•
३ मिनेट पाठ
रुपन्देही गोली काण्डः अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी
रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।




बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको छ। मन्त्रालयका उपसचिव तथा सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। गृहले जग्गा अतिक्रमण गर्न नदिन रूपन्देही जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

‘पूर्वको झापादेखि सुदूरपश्चिमको कैलालीसम्मका व्यक्तिलाई सरकारले जग्गा दिन्छ भन्ने भ्रम फैलाएर ल्याएको देखियो। वास्तविक जग्गा नभएकाभन्दा पनि सर्वसाधारणलाई प्रलोभनमा पारेर जग्गा कब्जा गर्न समूह सक्रिय रहेको देखियो,’ सुरक्षा बैठकपछि मन्त्रालयका एक अधिकारीले भने। उनका अनुसार सुकुमबासीको नाममा बाहिरका मानिससमेत आएकाले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको हो।

अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। ‘सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने अवस्था आएको छ। मोतीपुर औद्योगिक क्षेत्रलाई सुरक्षित राख्नुपर्नेछ’, मन्त्रालय स्रोतले भन्यो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए। आइतबार झडपका क्रममा अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि अतिक्रमणकारीले दर्जनौं पेट्रोल बम प्रहार गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले जवाफी कारबाही गर्दै गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका थिए।

‘निर्धारित विधि र कानुनी प्रकृयाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जोकोहीलाई कानुनी कारबाही गरिन्छ। कसैको बहकाउमा परी यस किसिमको गैरकानुनी कारबाहीमा संलग्न नहुन आग्रह गरिन्छ’, बैठकपछि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिअनुसार एकपटकका लागि सरकारले आवाद कमोत गर्दै आएको सरकारी वा ऐलानी जग्गा रहेको स्थानमा वा नेपाल सरकारले उपयुक्त ठहर्‍याएको अन्य कुनै सरकारी जग्गा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी उपलब्ध गराउने कानुनी व्यवस्था रहेको उल्लेख छ। सरकारले गत भदौ २९ गते गरेको निर्णयअनुसार भूमिहीन नेपालीको समस्या समाधानको लागि राष्ट्रिय भूमि आयोग गठन गरेको स्मरण गराउँदै मन्त्रालयले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले कार्य गरिरहेको जनाएको छ।

त्यसैगरी उनीहरूको व्यवस्थापन गर्न कानुनी व्यवस्था गरी प्रक्रिया अगाडि बढाइएकोमा कोही छुटेको भए स्थानीय तहमा अझै नाम दर्ता गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सुरक्षा समितिको बैठकमा अतिक्रमित जग्गाबाट जसरी पनि नागरिकलाई हटाउने र त्यहाँको जमिन सुरक्षित गर्ने निर्णय भएको थियो।

चार सुरक्षाकर्मी काठमाडौं ल्याइयो

आइतबार अतिक्रमणकारी र प्रहरीबीच भएको झडपमा घाइतेमध्ये स्वास्थ्य अवस्था गम्भीर भएका ४ सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। नेपाल प्रहरीका जवान जयकुमार थारु र गेहराज पुन मगर तथा सशस्त्र प्रहरीका सहायक हबलदार खुसीराम चौधरी र हबलदार तिलक धामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ। सो घटनामा नेपाल प्रहरीका ३० जना प्रहरी घाइते भएका थिए। उनीहरूको अहिले काठमाडौं, बुटवललगायतका अस्पतालमा उपचार भइरहेको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस