गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
२२ असोज २०७८
•
२ मिनेट पाठ
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
नेपाल र भारतको सीमानाका गौर–बैरगनिया बोर्डर खुल्ला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो।




कोरोनाको कहर बढेपछि २०७६ को चैतमा नै बन्द भएको सीमानाका १८ महिनापछि २०७८ असोजदेखि संचालनमा आएको हो। नाका संचालनमा आएपछि सीमावर्ती स्थानीय बासीलाई सहज हुन गएको छ। दुई देशका सीमावर्ती नागरिकका बीच बेटीरोटीको सम्बन्ध रहेकाले आफन्त वा नातेदार कहाँ भेटघाट गर्न, कोसेलीपात पुर्‍याउन तथा साथीभाइलाई भेट्न आवागमनमा सहज भएपछि स्थानीय खुसी भएका छन्। सीमावर्ती क्षेत्रका बजारहरु एक अर्का देशमाथि निर्भर रहेको अवस्थामा सीमानाका खुलेपछि सीमावर्ती बजारहरुमा चहलपहल बढेको छ।

सीमानाका संचालनमा आएपछि सीमाभन्दा कम्तीमा बीस किलोमिटर भित्रका दुवै देशका नागरिकलाई सीमावर्ती बजारमा किनमेल गर्न सजिलो भएको छ। दशैँजस्तो चाडको समयमा सीमानाका बन्द हुँदा नेपाल र भारतका सीमावर्ती बजारमा खासै चहलपहल हुन सकेको थिएन। नेपाली तथा भारतीय सीमावर्ती बजारमा ग्राहकको अभाव भएको गुनासो कैयौँ महिनादेखि स्थानीय बेपारीहरुले गर्दै आएका थिए।

एक हप्ता अघि नै दुई देशका सीमावर्ती मुख्य बजारमा पैदल आवागमनको लागि नाका खुल्ला गरिएको भए पनि पैदल आउजाउ गर्न निकै कठिन भएको थियो। दुई देशका स्थानीयबासीको माग अनुसार बुधबार दिउँसोदेखि निजी सबारी साधनले पनि आवागमन गर्न पाउने गरी सीमानाका खुल्ला भएपछि दुई देशका नागरिक आवागमन गर्न थालेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव राय यादवले जानकारी गराएका छन्।

चार चक्काको भन्सार काट्न थालिएको र तीन दिनभित्रको पिसिआर निगेटिभ हुनुका साथै खोपको मात्रा पूरा गरेको प्रमाण पेस गरेमा सजिलै प्रवेश अनुमति दिन थालिएको छ। यद्यपि मोटरसाइकललाई भने आवागमनमा कुनै रोकतोक नरहेको देखिन्छ। बुधबार दिउँसोदेखि सीमानाका भएर आवागमन सहज भए पनि दुवै देशको प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।  

चाडपर्वको समय भएकोले दुवैतिर आवतजावत गर्नेमाथि कडा निगरानी राखिएको देखिएको छ। भारतमा प्रवेश गर्दा र नेपालमा पनि प्रवेश गर्दा सुरक्षाकर्मीले सोधखोज गर्नुका साथै सामानको पनि जाँच गर्ने गरेका छन्। दुवैतिर भन्सारमा पर्याप्त सुरक्षाकर्मी परिचालित गरिएको देखिएको छ।

आवागमन सहज भएपछि दुवैतिरका बेपारी र सर्वसाधारण खुसी भएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन्। दुवै देशका नागरिकबीच जनस्तरमा व्यक्तिगत तथा पारिवारिक सम्बन्ध रहेकोले प्रक्रिया पुर्‍याएर निजी सबारी साधन आवागमन गर्न दिने वातावरणले सर्वसाधारण पनि हर्षित भएको अध्यक्ष जयसवालको भनाइ छ।
अर्को समाचार
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
२४ असोज २०७८
•
२ मिनेट पाठ
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिनापछि सञ्चालनमा आएको हो। नाका सञ्चालनमा आएपछि सीमावर्ती स्थानीयवासीलाई सहज भएको छ।




दुई देशका सीमावर्ती नागरिकबीच बेटीरोटीको सम्बन्ध रहेकाले आफन्त वा नातेदार कहाँ भेटघाट गर्न, कोसेलीपात पुर्‍याउन तथा साथीभाइलाई भेट्न आवागमनमा सहज हुँदा स्थानीय खुसी भएका छन्। सीमावर्ती क्षेत्रका बजारहरू एक अर्का देशमाथि निर्भर रहेको अवस्थामा सीमानाका खुलेपछि सीमावर्ती बजारहरूमा चहलपहल बढेको छ।

सीमानाका सञ्चालनमा आएपछि सीमाभन्दा कम्तीमा २० किलोमिटर भित्रका दुवै देशका नागरिकलाई सीमावर्ती बजारमा किनमेल गर्न सजिलो भएको छ। दसैंजस्तो चाडको समयमा सीमानाका बन्द हुँदा नेपाल र भारतका सीमावर्ती बजारमा खासै चहलपहल हुन सकेको थिएन। नेपाली तथा भारतीय सीमावर्ती बजारमा ग्राहकको अभाव भएको गुनासो कैयौँ महिनादेखि स्थानीय व्यवसायीहरूले गर्दै आएका थिए।

एक हप्ताअघि नै दुई देशका सीमावर्ती मुख्य बजारमा पैदल आवागमनको लागि नाका खुला गरिएको भए पनि पैदल आउजाउ गर्न निकै कठिन भएको थियो। दुई देशका स्थानीयवासीको माग अनुसार बुधबार दिउँसोदेखि निजी सवारी साधनले पनि आवागमन गर्न पाउने गरी सीमानाका खुल्ला भएपछि दुई देशका नागरिक आवागमन गर्न थालेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव राय यादवले जानकारी गराएका छन्।

चार चक्काको भन्सार काट्न थालिएको र तीन दिनभित्रको पिसिआर निगेटिभ हुनुका साथै खोपको मात्रा पूरा गरेको प्रमाण पेस गरेमा सजिलै प्रवेश अनुमति दिन थालिएको छ। तर मोटरसाइकललाई भने आवागमनमा कुनै रोकतोक नरहेको देखिन्छ। बुधबार दिउँसोदेखि सीमानाका भएर आवागमन सहज भए पनि दुवै देशको प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वको समय भएकोले दुवैतिर आवतजावत गर्नेमाथि कडा निगरानी राखिएको देखिएको छ।

भारतमा प्रवेश गर्दा र नेपालमा पनि प्रवेश गर्दा सुरक्षाकर्मीले सोधखोज गर्नुका साथै सामानको पनि जाँच गर्ने गरेका छन्। दुवैतिर भन्सारमा पर्याप्त सुरक्षाकर्मी परिचालित गरिएको देखिएको छ। आवागमन सहज भएपछि दुवैतिरका व्यापारी र सर्वसाधारण खुसी भएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन्। 

दुवै देशका नागरिकबीच जनस्तरमा व्यक्तिगत तथा पारिवारिक सम्बन्ध रहेकोले प्रक्रिया पुर्‍याएर निजी सवारी साधन आवागमन गर्न दिने वातावरणले सर्वसाधारण पनि खुसी भएको अध्यक्ष जयसवालको भनाइ छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस