कोभिड प्रभावितलाई राहत
१८ असोज २०७८
•
२ मिनेट पाठ
कोभिड प्रभावितलाई राहत
जुम्लाको पातारासी गाउँपालिकाका कोभिड प्रभावितलाई राहत वितरण गरिएको छ। पातारासीका ४० प्रभावित घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो।  




प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल, दुई लिटर तेल,एक पोका नुनर र एक केजी चिनी प्रदान गरिएको थियो। कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए।  

कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको हो।

गाउँपालिकाले कोभिड प्रभावितको सूचीमा राखेका परिवारलाई राहत प्रदान गरिएको हो। गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले राहत वितरण गर्दै थोरै भएपनि कोभिड प्रभावितको परिवारमा यो राहतले मलहम पट्टीको काम गर्ने बताइन्।  

उनले भनिन्,‘कोरोना सामूहिक समस्या थियो। कुनै एक व्यक्तिले गर्दैमा रोकिने अवस्था थिएन। यो बीचमा धेरै परिवार प्रभावित बने। तर अति विपन्न परिवार छानेर राहत दिएको हो।’

सबैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने,अपाङ्गता भएका व्यक्ति, एकल महिला छानेर राहत दिइएको हो। उनीहरुलाई यो राहत सामग्रीले ठूलो राहत मिल्ने अपेक्षा रहेको उपाध्यक्ष महताराले बताइन्।  

पेसन नेपालका अध्यक्ष किशोर न्यौपानेले प्रभावितको सूची गाउँपालिकासंग समन्वय गरेर राहत उपलब्ध गराएको बताए। उनले भने,‘कोरोना महामारीका कारण सबै प्रभावित बने। तर सबैभन्दा बढी प्रभावित छनौट गरेर राहत दिइएको छ।’

कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो। त्यो बेला ज्यालामजदुरीका काम हुन सकेनन्। घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो। उनले भने,‘अहिले हातमुख जोड्न पनि कठिन भएको छ। यो अवस्थामा दिइएको खाद्यान्न सामग्रीले निकै ठूलो महत्व राखेको छ।’

कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले भने,‘यो राहतले एक महिनासम्म गुजारा चल्ने बताए। उनले भने,‘कोरोनाले कतै चल्न दिएन। आमदानीको स्रोत नै बन्द भए। अन्नबालीमा रोग किराको संक्रमण पनि देखियो। ठिक यही समयमा दिइएको राहतले ठूलो काम गर्ने छ। ’कोरोना प्रभावितलाई केन्द्रित गरेर राहत बाँडेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन्।  

राहत वितरणका क्रममा उपस्थित प्रभावितलाई घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो।
अर्को समाचार
कोभिड प्रभावितलाई पाँच अर्ब वितरण गरिँदै
२० मंसिर २०७८
•
४ मिनेट पाठ
कोभिड प्रभावितलाई पाँच अर्ब वितरण गरिँदै
कोभिड–१९ बाट प्रभावित भई रोजगारी र आयआर्जन गुमाएका अति विपन्न परिवारलाई सरकारले करिब पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। असंगठित क्षेत्रमा कार्यरत करिब पाँच लाख परिवारलाई प्रतिपरिवार १० हजार रूपैयाँका दरले नगद वितरण गर्न लागेको हो।




आर्थिक वर्ष २०७८/७९ को बजेटमा भएको व्यवस्था अनुसार रकम वितरणको प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले जनाएको छ। अनुदान रकम वितरण गर्न सरकारले स्थानीय तहमार्फत लाभग्राहीको आवेदन संकलन गरिसकेको छ।

विपन्नलाई वितरण गरिने रकम स्थानीय तहमा पठाइसकेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए। ‘कोभिड प्रभावितलाई नगद वितरण गर्न स्थानीय तहमार्फत आवेदन माग भइसकेको छ,’ शाक्यले नागरिकसँग भने, ‘स्थानीय तहले आवेदनलाई स्क्रिनिङ गर्ने काम गरिरहेका छन् ।’ आवेदन संकलन भइसकेकोले अर्को साताबाट प्रभावितले रकम पाउने शाक्यले बताए। ‘करिब पाँच अर्ब रूपैयाँ स्थानीय तहमा पुगेको छ,’ प्रवक्ता शाक्यले भने, ‘आवेदकबाट लाभग्राहीको अन्तिम सूची तयार भएपछि वितरण सुरु हुन्छ ।’

कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ बमोजिम रकम वितरण गर्न लागेको हो। कार्यविधिको मापदण्डभित्र पर्ने परिवारको कुनै एक सदस्यलाई स्थानीय तहको वडा कार्यालयमार्फत रकम वितरण गर्न लागिएको हो।

रकम वितरण गर्न सरकारले मापदण्ड तयार गरेको छ। सोही मापदण्डको आधारमा रकम वितरण गर्ने तयारी छ। सरकारले दिने नगद प्राप्त गर्न विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको र रोजगारीको अर्को अवसर प्राप्त नगरी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार हुनुपर्नेछ। त्यसैगरी, खुला सडक, फुटपाथ वा चौर, खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा, मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटक भरियाले अनुदान पाउनेछन्।

कोभिड–१९ संक्रमण्को कारणबाट एकाघर परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालक स्याहार गर्ने परिवार पनि अनुदानका लागि योग्य रहने अर्थ मन्त्रालयले जनाएको छ।

कोभिड संक्रमणकै बीचमा राहत वितरण गर्नुपर्ने आवाज उठे पनि सरकारले ढिला गरी अहिले रकम वितरण गर्न लागेको छ। अस्थायी बसोबास गर्दै आएका निवदकको हकमा एकाघर परिवारको सदस्य बाहेक छिमेकमा बस्दै आएका अन्य कुनै नेपाली नागरिक बहालमा बस्दै आएको घरधनीले अस्थायी बसोबास गर्दै आएको व्यहोरा सनाखत गर्नुपर्ने व्यवस्था छ।

निवेदन दिँदाको समयमा निवेदकको एकाघर परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघ–संस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरेको व्यक्ति नगद राहत पाउन अयोग्य हुनेछन्।

परिवारको कुनै सदस्यले सकारबाट उपलब्ध हुने अन्य सामाजिक ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपांग बापतको भत्ता वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेका व्यक्तिले पनि यो सुविधा पाउने छैनन्।

सरकारले कोभिड प्रभावित नागरिक मात्र नभएर उद्योगी, व्यवसायीलाई पनि बैंकमार्फत राहत दिएको छ। कोभिड प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम–व्यवसायलाई पुनरकर्जामार्फत सहयोग गरेको हो।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि तयार गरेर सहुलियत दरमा पुनरकर्जा प्रदान गरेको छ। राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई यसअघि मौद्रिक नीतिमार्फत पनि राहत दिएको थियो। कोभिडले थलिएको अर्थतन्त्र पुनरुत्थान कार्यक्रम ल्याएको थियो। बैंकको साँवा तथा ब्याज तिर्ने समय अवधि थपदेखि हर्जाना नलाग्नेसम्म व्यवस्था गरेको थियो।

कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सघाउँदै आएको छ। १ करोडभन्दा कम ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था गरेको थियो।

यसले उद्यमीलाई कर्जासम्मको पहुँच सहज पुग्न सघाउ पुगेको थियो। पुनर्कर्जा, पुनःसंरचना तथा पुनर्तालिकीकरण लगायत सुविधा दिएको छ। उद्योगी–व्यवसायीलाई ऋण, कर्जा तिर्ने समय थप गरेको छ।

अतिप्रभावित उद्योगलाई एक वर्षका लागि ब्याज फ्रिज, सिसिडी रेसियो खारेज, तरलता वृद्धि गर्ने रणनीति लिएको छ। महिला उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराउने, ऋणको सीमा १५ लाखबाट २० लाख पु¥याउने, साना कृषकलाई कर्जा दिने कार्यक्रम पनि छन्।

कोभिड प्रभावित होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवालगायत बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको हकमा वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने र यस्तो रकममा थप हर्जाना र पेनाल ब्याज नलाग्ने व्यवस्था छ।

कोभिड–१९ बाट अतिप्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरी २०७८ पुस मसान्तसम्ममा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्थाको लागि निर्देशन जारी गरिएको छ।

पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने व्यवस्थाले पर्यटनको पुनरुत्थानमा सहयोग पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गरेका ऋणीहरूमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस