फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत
१८ भदौ २०७८
•
४ मिनेट पाठ
फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत
जनप्रतिनिधिसँग समन्वय नहुँदा फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) टिक्न सकेका छैनन्। जनप्रतिनिधिले कर्मचारी र कर्मचारीले जनप्रतिनिधिको टाउकाेमा दोष थोपर्दा फाकफोकथुममा ४ वर्षको अवधिमा ६ प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन्।




संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त  प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही  प्रमुख प्रशासकीय अधिकृतले २ वर्ष काम गरेका छन् भने कोही ३ महिनै सरुवा भएर गएका छन्। यहाँका जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अभाव बेला–बेला सार्वजनिक रूपमै प्रकट हुनेगरेको छ। गाउँपालिका अध्यक्ष र  प्रमुख प्रशासकीय अधिकृतबीच सार्वजनिक समारोहमा समेत विवाद भएका घटनाले यहाँको समन्वय अभाव सहजै अनुमान गर्न सकिन्छ।  

२०७४ जेठमा स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आउँदा फाकफोकथुममा डिल्लीराम सुवेदी प्रप्रअ थिए। उनले २ वर्ष काम गरेपछि जनार्दन कट्टेल  प्रमुख प्रशासकीय अधिकृतका रूपमा आए। कट्टेल ६ महिनापछि नै सरुवा भए। कट्टेलको सरुवापछि गाउँपालिका २ सातासम्म प्रप्रअविहीन बन्यो। त्यसपछि आएका रेखनाथ दाहाल साढे ९ महिनापछि सरुवा भए। फेरि डेढ महिना प्रप्रअविहीन बनेको फाकफोकथुममा उमेश घिमिरे सरुवा भइ आए। ५ महिना र केही दिन बितेपछि घिमिरे पनि सरुवा भए। घिमिरेको सरुवापछि गाउँपालिका २ महिनाभन्दा बढी प्रप्रअविहीन बन्यो। त्यसपछि आए पुरुषोत्तम घिमिरे। गत वैशाख १६ मा सरुवा आएका घिमिरे गत साउन ५ मा ३ महिनै नपुगी सरुवा भए। पुरुषोत्तमपछि गाउँपालिकाकै स्वास्थ्य शाखाका शिवनाथ यादव प्रप्रअका रूपमा तोकिएका छन्।  

छोटो अवधि अडिएका  प्रमुख प्रशासकीय अधिकृतमध्ये पनि धेरैजसो सेवाअवधिबीचमा लामो समय बिदामा बसेकाले कामकाज प्रभावित भइरहेको गाउँपालिका बताउँछ। यतिसम्म कि, गत असार मसान्तमै पारित गर्नुपर्ने चालू वर्षको बजेट, नीति तथा कार्यक्रम गाउँसभा बस्न नसकेर डेढ महिना बितिसक्दा पनि पारित भएको छैन। बजेट, पारित नहुनुको दोष पनि जनप्रतिनिधिले कर्मचारीलाई र कर्मचारीले जनप्रतिनिधिलाई दिइरहेका छन्। जनप्रतिनिधिबीचकै विवाद पनि समय–समयमा गाउँपालिका र जिल्लासम्म चर्चाको विषय बन्नेगरेको छ।  

यहाँ सरुवा भइ आएर ज्यादै छोटो समयमात्र टिकेका  प्रमुख प्रशासकीय अधिकृतहरू आफूलाई गाउँपालिकामा काम गर्ने ‘वातावरण’ नै नभएको गुनासो गर्छन्। कतिपय अवस्थामा नियम–कानुन कुल्चिनुपर्ने दबाब र भौतिक रूपमा समेत धाकधम्की, आक्रमणसमेतको जोखिम मोल्नुपरेको प्रप्रअको भनाइ छ। ‘विधि र प्रक्रिया पुर्‍याएर गर्नुपर्ने काममा प्रक्रिया नै नपुर्‍याइ जबर्जस्ती पेल्न खोजिएपछि काम गर्नसक्ने कुरा भएन,’ सरुवा भइसकेका एक प्रप्रअ भन्छन्, ‘कतिपय अवस्थामा भौतिक आक्रमणसमेत हुनेगरेपछि ज्यान त जोगाउनैपर्‍यो।’  

सरुवा भएर गइसकेका अर्का प्रप्रअले पनि विभिन्न योजना र सामग्री खरिदको बिल भुक्तानीमा प्रक्रिया मिच्न नसकेपछि खटपट सुरु भएको बताए। ‘कर्मचारी विधि पुर्‍याउन खोज्ने, जनप्रतिनिधि जसरी पनि भुक्तानी चाहिँ गरिहाल्न दबाब दिने भएपछि कुरा मिलेन,’ उनले भने, ‘कानुनसम्मत काम गर्न समस्या भएपछि त्यहाँबाट जोगिने उपाय त खोज्नुपर्‍यो नि !’ जनप्रतिनिधिबीचकै विवादले पनि कतिपय काम गर्न निकै समस्या हुनेगरेको कर्मचारीको भनाइ छ। समयमा गाउँसभाले बजेट पारित नगर्दा खर्च गर्न समस्या हुनेगरेको कर्मचारी बताउँछन्।  

आर्थिक वर्ष २०७६/०७७ को हिसाब–किताबमा फाकफोकथुम गाउँपालिकाको बेरुजु पनि जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी छ। ८२ करोड २९ लाख ३७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६.८१ प्रतिशत (५ करोड ६० लाख ६० हजार) रुपैयाँ बेरुजु रकम रहेको महालेखा परीक्षण कार्यालयको तथ्यांकमा उल्लेख छ।  

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले कर्मचारीलाई सकेसम्म वातावरण मिलाइदिएपनि प्रप्रअहरूले नै गाउँपालिका बस्न नरुचाएको बताए। ‘मन्त्रालयले नै हाम्रो गाउँपालिकामा किन कर्मचारी नै पठाइदिँदैन भन्ने खोज्नुपर्ने भएको छ,’ उनले भने, ‘यहाँ आएका प्रप्रअलाई त गाउँपालिकाले ज्वाईंजत्तिकै सेवा–सुविधा दिएर राखेको छ तर किन बस्न नचाहेका हुन् भन्ने चाहिँ उनीहरूलाई नै सोध्नुपर्छ।’ अध्यक्ष श्रेष्ठले गाउँपालिकामा लामो समयसम्म रिक्त रहेपनि संघीय मन्त्रालयले प्रप्रअ पठाउनै ढिलो गरिदिँदा काममा समस्या आउनेगरेको बताए।  

अध्यक्ष श्रेष्ठले कर्मचारीकै कारणले गाउँसभासमेत बस्न ढिलाइ भइरहेको बताए। उनले जनप्रतिनिधिले गरेको निर्णय कर्मचारीले कार्यान्वयन नै नगरिदिएको गुनासोसमेत गरे। ‘कर्मचारीले अनियमितता गर्नुहुँदैन, कुर्सीमा बसेपछि काम त गर्नुपर्‍यो नि !’ उनले भने, ‘जागिर खान आउने अनि कामै नगर्ने, सदरमुकाम बस्ने, विभिन्न निहुँ गरेर बिदामा बस्ने गरेपछि कसरी काम हुन्छ?’  

अध्यक्ष श्रेष्ठले प्रप्रअ नभएकै कारण गतवर्षका योजनाको करिब ४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी नै रहेको जनाए। ‘समयमा लेखापरीक्षण नगराउने समस्या देखिएको छ। योजनाबाहेकका क्षेत्रको रकम भुक्तान गर्न प्रपञ्च गर्न लागेको बुझेपछि कतिपय भुक्तानी मैले नै रोकिदिएको छु,’ अध्यक्ष श्रेष्ठले भने, ‘लेखा शाखाले टिप्पणी उठाइसकेको बिल–भरपाईको समेत हाकिमले चेक नकाटिदिएर भुक्तानी रोकिएको छ।’ उनले बेरुजुको रकम ठूलो देखिएपनि असुल गर्नेभन्दा सैद्धान्तिक बेरुजु बढी भएको दाबी गरे। १९ कर्मचारीको दरबन्दी स्वीकृत रहेको फाकफोकथुममा १२ को पदपूर्ति भएको छ। ३ कर्मचारी करारमा कार्यरत छन्।  
अर्को समाचार
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
२९ माघ २०८०
•
२ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
फाइल तस्वीर
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा तलबसँगै नगरपालिकाका कामहरूसमेत प्रभावित भएका हुन्।




लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरपालिकाका कामहरू भइरहेका छन्। जसका कारण निर्णय लिनुपर्ने महत्त्वपूर्ण कामहरू प्रभावित हुने गरेका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीलाई तोकिएको थियो।

फेरि बिचमा दानबहादुर एडी प्रमुख प्रशासकीय अधिकृतका रूपमा एक दिन हाजिर भएका थिए। एक महिना पुग्दासमेत एक दिन हाजिर भएर फर्केका एडी पुनः नगरपालिकामा फर्केर आएका छैनन्।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयमार्फत एडी अन्तै सरुवाको तयारीमा रहेका छन्। आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्दा विकास योजना लगायतका कामहरूको भुक्तानी, कर्मचारीको तलबलगायतका काममा बर्सेनि समस्या झेल्ने गरेको पाइएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कर्मचारी भेट्नै मुस्किल हुने गरेको स्थानीय गणेश शाहीले बताए।

नगरबाट दसैंपछिबाट तलब निकासा नभएको आठबिस नगरपालिका–८ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डरेन्द्रबहादुर चन्दले बताएका छन्। ‘तीन महिनाको अन्तरमा तलब आउनुपर्नेमा दसैंपछि एक पटक पनि तलब आएको छैन्।’

प्रधानाध्यापक चन्दले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब खान नपाइएको हो।’

तलबका लागि आठबिसमा शिक्षक महासंघले विज्ञप्ति निकालेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई बुझाएका छन्।

तलब समयमा नपाउँदा निकै सकस हुने गरेको शिक्षकहरूको दुखेसो छ। नगरमा ५९ विद्यालयमा ४०२ शिक्षक कार्यरत छन्। ५९ विद्यालयका कुनै पनि शिक्षकले दसैंयता तलब खान नपाएको आठबिस नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेमराज खनालले बताए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठबिस नगरपालिकामा कार्यरत कर्मचारीले पनि लामो समयदेखि तलबभत्ता खान नपाएको स्वास्थ शाखा प्रमुख देवबहादुर तिमिल्सेनाले बताए।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस