महाकालीमा जयसिंह बेपत्ता प्रकरण: छानबिन प्रतिवेदन गोलमटोल
१६ भदौ २०७८
•
३ मिनेट पाठ
महाकालीमा जयसिंह बेपत्ता प्रकरण: छानबिन प्रतिवेदन गोलमटोल
दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले तुइन खुस्काएको किटान गरिएको छैन।




पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै पनि समितिले घटनास्थलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जबानको उपस्थिति रहेको मात्रै उल्लेख गर्दै गोलमटोल प्रतिवेदन बुझाएको छ। ‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ। 

विज्ञप्तिमा घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन काटेको वा नकाटेको भन्नेबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन। घटनाबारे छानबिन गर्न गठित समितिले एक महिनासम्म पनि प्रतिवेदन बुझाउन आलटाल गरेको भन्दै आलोचना भएको थियो। पटकपटक म्याद थपेको समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो। घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नताबारे प्रतिवेदन मौन छ। 

‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने’, विज्ञप्तिमा लेखिएको छ। 

प्रत्यक्षदर्शीले एसएसबीका जबानले तुइन खुस्काइदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएको बयान दिएका थिए। बयानका आधारमा प्रतिवेदनमा घटनामा एसएसबीका जवानहरूको संलग्नता भएको किटान गर्नुको साटो उपस्थिति भनेर गोलमटोल पारिएको छ। प्रतिवेदनमा भारतीय भूमिमा भएको घटनाले कतिपय सन्दर्भमा अनुसन्धानमा जटिलता रहेको उल्लेख गरिएको हो। एक महिनापछि बुझाइएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको स्रोतको दाबी छ। गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। प्रतिवेदनमा छानबिनमा भारतीय पक्षले असहयोग गरेको भन्नेचाहिँ उल्लेख गरिएको छ।

‘छानबिन समितिलाई भारतीय पक्षले सहयोग गरेन, तुइनको लट्ठा काटेको भन्ने स्पष्ट देखिएन तर प्रत्यक्षदर्शीहरूले एसएसबीका जबानले लट्ठा चुँडाएको बताएका छन्, उनीहरूको बयान जस्ताको तस्तै राखिएको छ’, स्रोतले भन्यो। भारतीय पक्षले असहयोग गरेकै कारण प्रतिवेदन भनेजस्तो बनाउन नसकिएको समितिका एक सदस्यले बताए। ती सदस्यका अनुसार यस विषयमा भारतीय पक्षले कुरै गर्न चाहेन। स्थलगत अनुगमन, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बयान लिएर समितिले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा ड्रोन उडाएर जयसिंहको खोजी गर्न भारतीय पक्षले असहयोग गरेको र आवश्यक सोधपुछ गर्दा पनि मौन बसेकाले प्रमाण जुटाउन कठिन भएको उल्लेख छ।  

नेपाली पक्षको दाबीलाई भारतीय पक्षले अस्वीकार गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको थियो।प्रत्यक्षदर्शीले छानबिन समितिका सदस्यसँग एसएसबीका जवानले तुइन चुँडाएर भागेको बताएका थिए। घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानलाई प्रतिवेदनमा जस्ताको तस्तै राखिएको छ। 

भारतीय पक्षले तुइन खुस्काएकै कारण जयसिंह नदीमा खसेर बेपत्ता भएकोमा छानबिन समितिका सदस्य स्पष्ट भए पनि प्रतिवेदनमा भने प्रमाण अभावमा एसएसबीका जवानको उपस्थितिमात्र लेख्नुपर्ने बाध्यता भएको एक सदस्यले बताए। प्रतिवेदनमा यस्ता घटना धेरैपटक दोहोरिएकाले तुइन विस्थापन र पक्की पुल बनाएर आउजाउ सहज बनाउन, सदरमुकाम जान नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्न सुझाव दिइएको छ।

भदौ १० गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले महाकालीमा बेपत्ता जयसिंह धामीको बारेमा यथाशीघ्र सत्य तथ्य पत्ता लगाएर घटनाको यथार्थ विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। सरकारले पीडित परिवारलाई क्षतिपूर्तिस्वरूप १० लाख रूपैयाँ दिएको छ।
अर्को समाचार
धामीको घटनालाई सरकार थामथुम गर्दैछ : नेकपा(एमाले)
१७ भदौ २०७८
•
१ मिनेट पाठ
धामीको घटनालाई सरकार थामथुम गर्दैछ : नेकपा(एमाले)
नेकपा(एमाले) ले महाकाली नदीमा बेपत्ता जयसिंह धामीको घटनालाई सरकारले थामथुम गर्न खोजेको आरोप लगाएको छ। पार्टीले प्रेस विज्ञप्तिमार्फत् सो घटनालाई सरकारले थामथुम गर्ने प्रयास गरेको जनाएको हो।  




बिहीबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ। यस विषयमा छानविन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।’ भनिएको छ।

पार्टीले आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको जनाएको छ।

पार्टीले नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस