एसएसबीको शृंखलाबद्ध ज्यादती कहिलेसम्म ?
१९ साउन २०७८
•
४ मिनेट पाठ
एसएसबीको शृंखलाबद्ध ज्यादती कहिलेसम्म ?
गत शुक्रबार महाकाली नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भए। उनी भेटिने नभेटिने कुनै टुंगो छैन। परिवारले भने कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिसकेको छ। यता घटनाको सत्यतथ्य पत्ता लाउन नेपाल सरकारले छानबिन समिति बनाएको छ । समितिले के रिपोर्ट दिन्छ, हेर्न बाँकी छ। सो घटनाबारे अहिलेसम्म सरकारले आधिकारिक रूपमा कुनै धारणा राखेको छैन।




एसएसबीले नेपाली नागरिकको ज्यान लिएको वा नेपालीमाथि ज्यादती गरेको यो नै पहिलो घटना भने होइन। २०७३ फागुनमा कञ्चनपुरको सीमाक्षेत्र पुनर्वासमा कल्भर्ट निर्माणबारे भएको विवादमा पनि एसएसबीले गोली चलाउँदा गोविन्द गौतमको ज्यान गएको थियो। २०४० भदौ ३० मा करिब एक दर्जन भारतीय प्रहरीले अवैध रूपमा नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरी दुईजनालाई गोली हानी हत्या गरेका थिए। सो आक्रमणमा परी केही घाइते पनि भए। त्यसको भोलिपल्ट ठूलो संख्यामा आएका भारतीय सुरक्षाकर्मीले नेपालीको बस्तीमा पसेर सरसमान लुटेको त्यतिबेला प्रकाशित नेपाली अखबारहरूले लेखेका छन्। सो घटनाबारे नेपाल सरकारले भारत सरकारसमक्ष कडा विरोध जनाएको थियो। २०४४ मंसिर २८ गते भारतीय प्रहरीको जत्थाले गोरखाल्यान्डका आन्दोलनकारीलाई कारबाही गर्ने बहानामा इलामको सीमावर्ती गाउँ माने भन्ज्याङमा लुटपाट गरी कैयौं घरमा आगजनी गरेको थियो।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने यस्ता ज्यादतीका घटना अझै रोकिएको छैन। यस्तो कहिलेसम्म रहने हो, त्यसको पनि कुनै टुंगो छैन। २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी गरिरहेका बेला एसएसबीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा नेपाली पक्षले जंगली जनावर नियन्त्रणका लागि लगाएको तारबार उखेलेर फालिदिएको थियो।  

२०७५ साउनमा कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी नागरिकका गुनासा सुन्न जिल्लाको हसुलिया पुग्दा त्यहाँका स्थानीयको मुख्य गुनासो भनेकै भारतीय सुरक्षा निकायले गर्ने दुव्र्यवहारबारे थियो। गत वर्ष बाराको विश्रामपुरमा खेतमा काम गर्न गएका नेपालीमाथि एसएसबीले कुटपिट गरेको थियो। हालैका वर्षहरूमा पूर्वी पहाडी जिल्ला इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा घुम्न जाने पर्यटकमाथि पनि एसएसबीले ज्यादती गर्ने, नेपाली भूभागमा समेत संरचना बनाउन नदिने गरेको थियो। रोजगारीका सिलसिलामा भारत पुगेर फर्किने क्रममा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट लुटिने नेपालीको त कुनै लेखाजोखा नै छैन।

भारतीय एसएसबीको लोगोमा चारतिर फर्किएको सिंहमुनि ‘सत्यमेव जयते’ लेखिएको छ। उक्त लोगोमा थप लेखिएको छ, ‘सेवा, सुरक्षा, बन्धुत्व’। सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको व्यवहार हेर्दा उनीहरूले शिरमा लगाइरहेको लोगोमा उल्लेख भएका शब्दहरूले उनीहरू स्वयंलाई नै गिज्याइरहेको अनुभूति हुन्छ। एउटा स्वतन्त्र देशका नागरिकमाथि अर्काे देशका सुरक्षाकर्मीबाट निरन्तर भइरहेको दुव्र्यवहार र ज्यादतीले उनीहरूको प्रतीक चिह्नमा उल्लेख गरिएको ‘सत्यमेव जयते’ र लोगोमा उल्लेख गरिएको ‘सेवा, सुरक्षा र बन्धुत्व’लाई कतै पनि प्रतिनिधत्व गर्दैन। बरु प्रतीक चिह्नमा रहेको सिंहको जस्तो व्यवहार र भारतीय सुरक्षा निकायबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था मात्र होइन, बन्धुत्वको विपरीत दुस्मनको जस्तो व्यवहार सीमाक्षेत्रका नेपाली नागरिकहरूले सहनुपरिरहेको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा सार्वजनिक गर्ने समयमा संसद्लाई सम्बोधन गर्दै ‘भारतले सत्यमेव जयतेमा विश्वास गर्छ कि सिंहमेव जयतेमा ?’ भनेर आफूले प्रश्न गर्ने बताएका थिए। उनको सो भनाइ त्यतिबेला निकै आलोचित पनि बनेको थियो। तर व्यवहार त भारतीय सुरक्षाकर्मीले अर्काे देशका नागरिकसँग गर्ने व्यवहारमा सत्यमेव जयते होइन सिंहमेव जयते झल्किन्छ। दार्चुलामा जयसिंहको ज्यान जाने गरी भएको घटनाले त्यो कुरा संकेत मात्र गर्दैन, भारतीय सुरक्षाकर्मीले कतिसम्म मानवताविरोध अपराध गर्न सक्छन् भन्ने पुष्टि पनि गर्छ।

अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू दार्चुलालगायत सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि हुने गरेका दुव्र्यवहार ज्यादतीभन्दा पनि एक देशले अर्काे देशका नागरिकसँग कस्तो व्यवहार गर्छ भन्ने संकेत भएको तर्क गर्छन्। ‘यो एसएसबीको कुरा मात्र होइन, एक देशले अर्काे देशका नागरिकसँग कस्तो व्यवहार गर्छ भन्ने कुरा पनि हो,’ पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार मधुरमण आचार्यले भने। यस्ता कुराको खुलेर विरोध गर्नुपर्ने र सामान्य तहमा भन्दा पनि उच्चस्तरीय राजनीतिक तहमा त्यस्ता विषयबारे छलफल गरेर टुंग्याउनुपर्ने सुझाव उनको छ।

सुशील कोइरालाले आफू प्रधानमन्त्री हुँदा भारतीय पक्षबाट नेपालीमाथि भएको दुव्र्यवहारबारे प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न उठाएपछि भारत सरकारबाट एसएसबीलाई सीमा वारपार गर्ने नेपालीमाथि ससम्मान व्यवहार गर्न निर्देशन दिइएको आचार्यले जानकारी दिए। सरकारको निर्देशनपछि एसएसबीले सीमा क्षेत्रमा मोदी र कोइरालाले हात मिलाएका ठूल्ठूला पोस्टरहरूसमेत टाँसेका थिए।

दार्चुलामा एसएसबीका कारण जयसिंह महाकालीमा बेपत्ता भएको चार दिन हुँदा समेत यस विषयमा सरकारले औपचारिक रूपमा भारतसँग कुनै संवाद गरेको छैन। सरोकारवाला निकाय परराष्ट्र मन्त्रालयले भारतसँग संवाद गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको रिपोर्ट कुरिरहेको जनाएको छ। ‘हामीले छानबिन समितिको रिपोर्ट आएपछि मात्र प्रतिक्रिया जनाउन मिल्छ। एउटा मुलुकले अर्काे मुलुकसँग जनाउने प्रतिक्रिया सत्यतथ्यमा आधारित हुनुपर्छ । यो एउटा देश बोल्ने कुरा हो । त्यसैले हामीले छानबिन समितिको रिपोर्ट आएपछि मात्र प्रतिक्रिया जनाउँछौँ,’ पराराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने।
अर्को समाचार
सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली
१० चैत्र २०८०
•
२ मिनेट पाठ
सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली
असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।




कैलाली र कञ्चनपुरका रानाथारू समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ गरी आउनेको होली भिन्न छ। पछिल्लो समय पहाडी जिल्ला बैतडी, अछाम, दार्चुला र डडेल्धुराबाट तराईमा बसाइँ सरेर आउनेले पनि आ–आफ्नो ढङ्गले होली मनाउन थालेका छन्।

यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेल्धुराको रुपाली होली भिन्न छ। त्यसैगरी, दार्चुला र बैतडीबाट बसाइँ सरी आएकाले होली भिन्न तरिकारले मनाउने गरेका छन्।

हाल कञ्चनपुरमा अछामी होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न भिन्न तरिकाले मनाउने गरिएको छ। अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाइएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुपबहादुर रावलले जानकारी दिए।

‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ’, उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँ सरी जो जहाँ छौँ, त्यही होली मनाउने गरेका छौँ।’

त्यसैगरी, डडेल्धुराको रुपालबाट बसाइँ सरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकारले होली मनाउने गरेका छन्। ‘रुपालवासीको होली गाउने खेल्ने तरिका अन्य समुदायको भन्दा भिन्न छ’ ,स्थानीय डम्बरदत्त भट्टले भने, ‘अहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ।’

दार्चुलाबाट कञ्चनपुर बसाइँ सरी आएकाको पनि भिन्न होली छ। पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने गरेको मालिकार्जुन सेवा समितिका सचिव ओमकारप्रसाद विष्टले बताए।

‘हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ, हाम्रो होलीमा रङ्ग दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन गर्छौं।’ उनले दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरमा आएदेखि नै यहाँ मौलिक रुपमा होली पर्व मनाउन थालेको बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस